बिद्यार्थी आन्दोलन थप पेचिलो बन्दै, दुई पटकको वार्ता निष्कर्ष विहिन

असल शासन प्रतिनिधि

असल शासन डटकम । भाद्र २५ गते । नेपालगन्ज ।
खर्च सार्वजनिक गर्नुपर्ने माग गर्दै महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा चलिरहेको बिद्यार्थी आन्दोलन तुहाउने खेल भईरहेको बताईन्छ ।
झण्डै एक दुई हप्ता अगाडी देखि आन्दोलनमा उत्रीएका बिद्यार्थी सँगठनहरुले थालेको आन्दोलन थप कडा बन्दै गर्दा क्याम्पस प्रशासनले आन्दोलनरत बिद्यार्थी सँगठनलाई वार्ताको नाममा भित्र–भित्रै रिझाउन लागेको आरोप बिद्यार्थीहरुले लगाएका छन् । प्राप्त जानकारी अनुसार क्याम्पस प्रशासनले आन्दोलनरत बिद्यार्थीहरुसँग वार्ता गर्न भन्दै क्याम्पस कै प्राध्यापक कृष्ण प्रसाद लम्साल, हरि प्रसाद तिमिल्सिना, प्रकाश लामिछाने, नारायण आचार्य र अर्जुन पोखरेल सहितको ५ सदस्सिय बार्ता समिति गठन गरेको थियो । गठित समितिले आनदोलनरत बिद्यार्थीसँग दुई पटक बैठक बसिसकेको भएपनि त्यसले निष्कर्षमा पुग्न नसकेको श्रोत बताउछ । बैठकमा बोलाउने तर माग भन्दा पनि क्याम्पसको कमजोरी लुकाउन चाहने र ढाकछोपमै मिलाउन खाजेपछि दुई पटकको वार्तामा कुनै पनि निष्कर्ष विनानै टुंगिएको वार्तामा सहभागि एक बिद्यार्थी नेताले असल शासन डटकमलाई बताए । क्याम्पस प्रशासनले बिद्यार्थीहरुको आन्दोलन चर्कदै गर्दा त्यसलाई मत्थर गर्न समिति गठन गरेर आन्दोलन तुहाउन खोजेको बिद्यार्थी नेताहरुको आरोप छ । एक बिद्यार्थी नेताले भने–वार्तामा बिद्यार्थी सँगठनहरुले अगाडी ल्याएका मागहरुलाई सम्बोधन गर्नु भन्दा पनि अगुवा गरिरहेका बिद्यार्थीहरुलाई रिझाउने काम भईरहेको छ कसरी वार्ता सफल होला । विगतका दिनहरुमा समेत बिद्यार्थी सँगठनबाट यस्ता आन्दोलनहरु हुदा क्याम्पस प्रमुखको अगुवाईमा विभिन्न संकायका प्रमुखहरु रहनेगरी समिति गठन गरिन्थ्यो तर यो पटक फरक ढंगले समिति गठन भएको बताईन्छ । अहिलेको समितिले कुनै पनि प्रकारको निर्णय आफै गर्न नसक्ने स्वयम बिद्यार्थी नेताहरु दावी गर्छन् । प्राप्त जानकारी अनुसार भाद्र २६ गते पुन तेस्रो पटक बैठक गर्ने कुरा भएको बताईन्छ । तेस्रो चरणको बैठकमा संगठनले उठाएका मागहरु सम्बोधन नभए वार्ता भंग गरि थप सशक्त रुपमा प्रश्तुत हुने बिद्यार्थी नेताहरुले बताएका छन् । थप आन्दोलनको कार्यक्रम कस्तो हुने भन्ने बारे भोली मात्रै सार्वजनिक गरिने उनीहरुको भनाई थियो ।
त्रिभुवन बिश्व विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न सँकाय अन्तरगतका कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, सेमेस्टर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरी त्रिभुवन विश्व विद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कोषको वितरण सार्वजनिक गर्नुपर्ने, सेमेष्टर कार्यक्रमहरुको आयब्यय सार्वजनिक गर्नुपर्ने र कर्मचारी अभावका कारण विद्यार्थीहरुका नियमित कार्यक्रमहरु प्रभावित हुँदै आएकाले आवश्यक कर्मचारीको व्यवस्था गनुपर्ने लगायतका माग सहित भाद्र ५ गते देखि क्याम्पसमा आन्दोलन भईरहेको छ ।

  • २५ भाद्र २०७६, बुधबार प्रकाशित

  • Nabintech