​मन्त्री कडा, अरु अर्थोकमै तगडा

असल शासन प्रतिनिधि

​मन्त्री कडा, अरु अर्थोकमै तगडा

काठमाण्डौं/हाकिमको नियत खराब होइन तर कहिलेकाहीँ नियति खराब हुँदा अस्ति बबरमहलमा गाईजात्रा देखियो, कर्मचारी हत्तु भए ।

हजारको लोभ गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट नासु रंगेहात समातिएकै दिन त्यहीँका हाकिम एक सेवाग्राहीसहित घण्टौं कोठाभित्र थुनिए । स्याल कराउनु र बाख्रा हराउनु भनेजस्तो, कोठाभित्र थुनिनुको पछाडि भने कुनै खराब नियत थिएन, प्राविधिक त्रुटिबाहेक । तर, अर्थ लगाउन माहिर नेपाली न हुन्, भए, नभएका अनुमान गर्ने नै भए ।

विभागका नासु पुरुषोत्तम पोखरेल सहजकर्ता केदारप्रसाद न्यौपानेसँग हजार रुपैयाँ लिँदै थिए । पँुजी वृद्धि तथा शाखा विस्तारका लागि एक हजार रिसवत दिने न्यौपाने र पोखरेल रंगेहात अख्तियारको फन्दामा परे । लगत्तै अर्को लफडा मच्चियो, हाकिमको कार्यकक्षमा । स्मार्ट उपभोक्तावादी प्रस्तावना पत्रसहित छिरेकी थिइन् त्यहाँका हाकिम योगेन्द गौचनको कार्यकक्षमा तर संयोग यस्तो परिदियो कि ढोका बाहिरबाट लक भइदिँदा घण्टौं त्यहाँका कर्मचारीले सास्ती भोग्नुपर्यो ।

दसंै लागेसँगै झोले उपभोक्तावादीको धन्दा शुरु हुन्छ बजार अनुगमनको नाममा, विभिन्न सरकारी निकायबाट अनुदान कुम्ल्याउने र आफ्नो गोजी भर्ने । दसैं नजिकिएसँगै त्यही धन्दाका लागि वाणिज्य तथा आपूर्ति विभागमा प्रस्तावना पत्रसहित त्यहाँका महानिर्देशकलाई भेट्न पुगेकी थिइन् विमला खनाल । उनी तिनै विवादित पात्र हुन्, ज्योति बानियाँहरूको संस्थाबाट लखेटिएर कञ्ज्युमर आई नामक संस्था चलाउँदै गरेकी । श्रीमान् , श्रीमती नै उपभोक्तावादी । ज्योति बानियाँको संस्थामा हुँदा बानियाँले दुःख गरी–गरी फटाहा र उपभोक्ता ठग्नेविरुद्ध मुद्दा तयार पारेको गोप्य कागजात श्रीमान् रञ्जनसमक्ष पु¥याएर अदालतमा नागरिक न्यायिक उपभोक्ता मञ्चको नामबाट मुद्दा दायर हुन थालेपछि त्यहाँबाट निष्कासनमा परेकी । अहिले रञ्जनको नागरिक न्यायिक उपभोक्ता मञ्च नामक संस्था बन्द छ । उनी श्रीमतीकै संस्थाका महासचिव बनेका छन् । बानियाँहरूको उपभोक्ता हित संरक्षण मञ्चबाट निष्कासनमा परेपछि कन्जुमर आई नामक संस्थाको अध्यक्ष बनेर धन्दा चलाउँदै छिन् । श्रीमान् , श्रीमतीकै उपभोक्तावादी फसल राम्रै फस्टाएको पनि छ । अघिल्लो पटक बजार अनुगमन तथा सचेतनामूलक कार्यक्रमका नाममा मन्त्रालयबाट केही लाख, हाल सूचना आयोगतिर लखेटिएका कुमार दाहाल महानिर्देशक हुँदा फस्ल्याङ फुस्लुङ पारेर ४ लाख झार्न सफल भएकी थिइन् ।

अस्ति शुक्रबार बबरमहलस्थित यिनै विमला योगेन्द्रको कार्यकक्षमा छिरिन् तर भित्रबाट बाहिर निस्किएका अर्काे सेवाग्राहीले ढोका तान्दा आफैं लक भइदियो । त्यही कारण समस्या सिर्जना भयो । त्यहाँका कर्मचारीलाई सास्ती आइलाग्यो । घण्टौंको प्रयासपछि बल्ल बाहिरबाट लक खोलियो । उनका श्रीमान् रञ्जन खनाल केही दिनअघि वाणिज्य तथा आपूर्ति विभागको टोलीसँग बजार अनुगमन गर्न कालिमाटीको फलफूल बजारतिर गए । बेलुका त्यहीँका व्यापारीसँग बसेर गफ जोतिरहेका थिए । विभागका कर्मचारी बेलुका घर फर्कंदै गर्दा विभागको गाडी देख्नेबित्तिकै त्यहाँबाट सुइँकुच्चा ठोकेका उनले त्यसपछि अहिलेसम्म विभागमा अनुहार देखाएका छैनन् । श्रीमान् एउटा उपभोक्तावादी संस्थाको महासचिव, श्रीमती सोही संस्थाको अध्यक्ष भएर काम चलाइरहेका उनीहरूले कञ्ज्युमर आई डटकम नामक अनलाइनसमेत शुरु गरिसकेका छन् । उता, अर्काे उपभोक्तावादी शत्रुघन देव भाडा तिर्न नसकेर समाजकल्याण परिषद्ले कालोसूचीमा परेका छन् । छन त क्रान्तिकारी मन्त्री मातृका यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । तर, यस्ता झोले उपभोक्तावादी बनेर धन्दा चलाउने दर्जनौं संस्थाका खेलाडीलाई अझै साइजमा ल्याउन सकेका छैनन् । – जनआस्थाबाट

  • १ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech