नरैनापुरको शैक्षिक सुधारका लागि सम्बाद

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कार्तिक १८ गते–बाँके नरैनापुर गाउँपालिकाको शैक्षिक सुधारका लागि सम्वाद समूह बाँकेले सम्वाद तथा सहजीकरणको प्रक्रिया शुभारम्भ गरेको छ ।

नरैनापुरमा सुशासन र शिक्षाको अवस्था अध्यन पश्चात सम्वादको आवश्यक्ता ठहर गरेको सम्वाद समूह बाँकेले आइतबार नरैनापुरमा शिक्षा सम्वद्ध सरोकारवालासँग समन्वयात्मक वैठक गरि आवश्यक सहजीकरणको तयारी गरेको हो । यस अघि केही विद्यालयमा सम्वाद कार्यक्रम गरिसकेको सम्वादले सरोकारबीच समन्वय र सम्वाद बढाएर शैक्षिक विकासमा पहल गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत, शिक्षा प्रमुख, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, मौलना समेतको उपस्थितीमा भएको छलफलमा आपसी समन्वय, सम्वाद र सहकार्यमा जोड दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत दल बहादुर बस्नेतले शैक्षिक सुधारका लागि समाज सुहाउँदो योजना र वजेट ल्याएर सार्थक कार्यान्वयन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । शिक्षामा गाउँपालिकाले लगानी बढाएपनि सो को सही कार्यान्वयन गर्ने दायित्व सरोकार पक्षको पनि हो –उहाँको सुझावयुक्त तर्क थियो ।

चालू आर्थिक वर्ष ०७५/०७६ का लागि शिक्षामा १ करोड १५ लाख वजेट विनियोजन गरेको गाउँपालिकाले यसपाली ३ करोड ६९ लाख बजेट ल्याएर शिक्षालाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाका शिक्षा इकाई शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले गाउँपालिकाको शिक्षा निती निर्माणमा जोड दिदै वजेट कार्यान्वयनमा पनि समस्या रहेको यथार्थता पोख्नु भयो । शैक्षिक विकासको प्रमुख दायित्व स्थानीय सरकारको भएपनि सरोकार पक्ष पनि जिम्मेवार बन्नु पर्ने कुरामा जोड दिदै शिक्षक महासंघ नरैनापुरका अध्यक्ष शशीराम बुढाथोकीले सम्वाद प्रक्रियामार्फत पनि सार्थक उपलव्धी प्राप्ती हुने विश्वास व्यक्त गर्नु भयो । मदरसा जमुनाहाका प्रधानाध्यापक अव्दुल खालिक खाँले सरकारले नीतिगत सुधारका साथै सेवा सुविधा बढाउनु पर्ने माग गर्नु भयो ।

सम्वाद समूह नरैनापुरका सह सहजकर्ता मकबुल मुकेरीद्धारा सहजीरण गरिएको कार्यक्रममा आदर्शमाविका प्रधानाध्यापक अमीरका प्रसाद यादव, जय किसान माविका शिक्षक तिरथराम मौर्य, महेन्द्र माविका प्रधानाध्यापक सन्तोष कुमार तिवारी, पुर्व प्रधानाध्यापक पेशकार सिंह, नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमुनीका शिक्षक राजीतराम यादव, लगायतले शैक्षिक सधारमा गर्न सकिने पहलका विषयमा आवश्यक सुझाव दिनु भयो । शिक्षाको आगामी रणनीती तय गर्न, सरोकार पक्षलाई थप मद्यत पु¥याउन, शैक्षिक सुधारमा साझा प्रतिवद्धता र कार्यान्वयन गर्न गराउन सम्वाद प्रक्रिया शुरु गरिएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलगाईले जानकारी दिनु भयो ।

नरैनापुर गाउँपालिकामा हाल २१ वटा सरकारी विद्यालय रहेका छन् । ३ मावि, १ निमावि, १४ प्रावि र एकदेखि ३ सम्मका ३ प्रावि रहेका छन् । यस्तै २२ वटा मदरसा छन् । २०६८ को जनगणना अनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको छ । नरैनापुर गाउँपालिकाका अनुसार– नरैनापुरमा अझैं झण्डै सात हजार ६ सय नागरिकले राम्रोसँग पढ्न र लेख्न जान्दैनन् । विद्यालय जाने उमेरका दुई हजार बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

  • १९ कार्तिक २०७६, मंगलवार प्रकाशित

  • Nabintech