कोरोना महामारीमा भ्रष्टाचारको खतरा, सामुहिक खवरदारी गर्न आह्वान

असल शासन प्रतिनिधि

कोरोना महामारीमा भ्रष्टाचारको खतरा, सामुहिक खवरदारी गर्न आह्वान

नेपालगञ्ज/भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले कोरोना भाईरस (COVID-19) महामारीको समयमा सुशासन बिषयक अनलाईन छलफल आईतबार गरेको छ । असल शासन अभियन्ता केदार खड्काको बिशेष सहभागितामा सो छलफल सम्पन्न गरेको हो ।

सुशासनका लागि क्रियाशिल तीन दर्न बढि युवाहरुको सहभागिता रहेको सो छलफलले सबैको ध्यान महामारी नियन्त्रणमा गएको परिप्रेक्षमा भ्रष्टाचार बढ्न सक्ने भएकाले भ्रष्टाचार बिरुद्ध निरन्तर खबरदारि गर्ने, सिमा विवाद निकै सम्बेदनशिल बिषय भएकाले सिमा रक्षाका लागि संबेदनशिलता र धैर्यता पूर्बक दवाव सिर्जना गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता बिरुद्ध सामाजिक सञ्जाल मार्फत आवाज प्रवाह गर्ने, भ्रष्टाचारका घटना सार्वजनिक गर्ने, सार्वजनिक सेवालाई ईन्टरनेटका माध्यमबाट प्रवाह गर्नका लागि वकालत गर्ने, सामाजिक संजालहरु मार्फत सकारात्मक सन्देस प्रवाह गर्ने, लक डाउनले सबै क्षेत्रलाई प्रभावित पारेकाले लक डाउनको स्वरुप परिवर्तन गर्न सरकारसँग माग गर्ने, कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना अपनाउने, परीक्षणको दायरा फराकिलो बनाउनुका साथै उपचारलाई प्रभावकारी बनाउन वकालत गर्ने निष्कर्ष निकालेको छ ।

गैसस महासंघ बाँकेका सचिव आशिष बर्मा र बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको छलफल कार्यक्रममा बोल्दै असल शासन अभियन्ता केदार खडकाले माहामारीको समयमा भ्रष्टाचारीहरुले कुकर्म गर्ने सम्भावना बढि रहने बताउँदै सबै सचेत रहन आग्रह गरे ।

उनी यो बिषम परिस्थितीमा आफु बाँच्ने र अरुलाई बचाउने अभियानमा लाग्नु पर्ने उल्लेख गर्दै कोरोना संक्रमण नियन्त्रणका नाममा हुने अनियमितता, भ्रष्टाचार बिरुद्ध सचेत रहँदै निरन्तर खवरदारी गर्नु पर्ने बताए । उनले स्वास्थ्य सामाग्री खरिद लगाएतका प्रकृयामा सरकार चुकेको उल्लेख गर्दै राहत बितरण, क्यारेन्टिन व्यवस्थापन, उपचार लगाएतका बिषयहरुमा व्यापक रुपमा जनगुनासो रहेको उल्लेख गरे । उनले यहि समयमा भ्रष्टाचार निबारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान ऐन संसोधनका लागि सदनमा बिद्येयक पेश भएको उल्लेख गर्दै नागरिक समाजका तर्फबाट आवश्यक सुझावहरु पेश गरेको बताए । जव सम्म नीतिगत भ्रष्टाचार रोकिदैन तब सम्म देशमा सुशासन वाहालि हुन सक्दैन–खडकाले भने–१९ वटा निकायहरु भ्रष्टाचार बिरुद्ध काम गरिरहेका छन् तर उपलब्धि उत्साहजनक छैन, तसर्थ अव निकायहरु कम गरेर सशक्त पार्नु पर्दछ ।

उनले लामो समय लक डाउन हुँदा २ खर्व भन्दा बढि नोक्सानी भईसकेको उल्लेख गर्दै अब लक डाउनको स्वरुप परिवर्तन गरेर खोल्नु पर्ने बिचार राखे । उनले आरडिटि परीक्षण भरपर्दाे नभएकाले यसमा रकम खर्च नगरि सबैको पिसिआर परीक्षण तर्फ सरकार अघि बढ्नु पर्ने बताए ।

उनले सिमा रक्षाका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै सिमा रक्षाका नाममा उत्तेजित र उद्धेलित हुन समेत आग्रह गरे । बढ्दै गईरहेको संक्रमण र लकडाउनका कारण धेरैमा निराशा छाएकोछ, अव आशाको सन्देश प्रबाह हुनु पर्छ–खडकाले भने । यस बेला सामाजिक सञ्जालको सहि सदुपयोग हुनु पर्ने राय उनले दिए ।

जुमका माध्यमबाट गरिएको छलफलमा बासका सल्लाहाकार प्राध्यापक रुद्र प्रसाद तिमिल्सिना, सुशासन अभियन्ता बाल कुमार शर्मा, नोदनाथ त्रिताल, बासका निर्देशक हेमराज भट्ट, निबर्तमान अध्यक्ष मन भण्डारी, बास कैलालि शाखा अध्यक्ष पाण्डब पुजारा, बास झापाका पूर्ब अध्यक्ष राजेन्द्र खनाल, बास रामपुर पाल्पा उपशाखाकी सचिव बन्दना पोखरेल, रुपन्देही शाखा निर्देशक बिजया खत्री, बास पूर्ब बरिष्ठ उपाध्यक्ष सुरेन्द्र शाही, सृजना बि.सी. लगायतले बोलेका थिए ।

छलफलको अन्त्यमा सबैलाई धन्यबाद ज्ञापन सहित समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • ११ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech