कोरोना भाईरसका असर तथा न्यूनीकरणका उपायहरु

असल शासन प्रतिनिधि

– जस्मिन शाह –

अहिले बिश्व कोरोना भाईरसबाट आतँकित भईरहेको छ । चिनको वुहान प्रान्तबाट शुरु भएको यो भाईरसले बिश्वलाईनैं संकटको स्थितीमा पुर्याएको छ । बिभिन्न बिकसित देशहरु पनि यसको चरम चपेटामा परेका छन् । नोभल कोरोना भाईरस, भाईरसहरुको एउटा ठूलो परिवार मध्येको एक सदस्य हो । यसको संक्रमणबाट हुने रोगलाई कोभिड १९ भन्ने गरिएको छ । जसमा ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाई देखि अत्यन्त गम्भिर शारिरीक समस्या उत्पन्न भई संक्रमितको मृत्यु समेत हुन सक्दछ । बिश्व स्वास्थ्य संगठनका अनुसार, यसका सामान्य लक्षणहरु १०४ डिग्री भन्दा बढि ज्वरो आउने, श्वास फेर्न कठिनाई हुने, खोकी लाग्ने हुन् भने कडा निमोनिया, मृगौलाको खरावी यसका गम्भिर लक्षण हुन् । यसको शुरुवात सबै भन्दा पहिले जनावरबाट भएको भन्ने छ । नोभेल कोरोना भाईरसको संक्रमण चिनको वुहान सहरमा पहिलो पटक देखिए लगत्तै बिश्वभर फैलिंदै गयो । हाल सम्म बिश्वव्यापी रुपमा ७१ लाख ४५ हजार ६ सय २० बढि मानिसहरु यस संक्रमणबाट संक्रमित भएका छन् ति मध्ये ४ लाख ७ हजार ४ सय ४ मानिसहरुको मृत्यु भईसकको छ भने ३४ लाख ८५ हजार ६ सय ६३ निको भएका छन् ।

ताजा सरकारी तथ्याँक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन वा जिडिपी साढे ३४ खर्व रुपैयाँ छ । बर्ष भरिको देशको यावत आर्थिक गतिबिधि उत्पादन र कमाई जोड्दा हुन आउने रकमनैं जिडिपी हो । यस पटक सरकारले यो कुल परिणामलाई ७ प्रतिशतले बढाउने लक्ष्य राखेको थियो तर कोरोना भाईरस संक्रमणको बिश्वव्यापी महामारीले निम्त्याएको लक डाउनले २ महिना भन्दा बढि समय देखि आर्थिक गतिविधि ठप्प छ । अझैं कति समय सम्म यो स्थिती लम्विनी हो ठेगान छैन । अप्रत्यासित यो संकटले अर्थतन्त्रमा अहिलेनैं गम्भिर असर पारिरहेको छ । यो स्थिती जति लम्विन्छ, त्यतिनैं असर घातक बन्दै जानेछ । यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन । नेपालका अर्थबिद्हरु एबं सरकारी अधिकारीहरुले चार क्षेत्रमा सब भन्दा घातक असर पर्ने उल्लेख गरेका छन् । ती हुन् : बिप्रेषण आय तथा बैदेशिक रोजगारी, पर्यटन, साना तथा मझौला औद्योगिक व्यवसाय, व्यापार तथा बित्तिय क्षेत्र । बिश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाईरसलाई महामारी घोषणा गरिसकेको छ । कोरोना भाईरस एकदमै सुक्ष्म छ तर यसको प्रभाव बढि छ । अहिले नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ रहेको छ जस मध्ये १४ जनाको निधन भईसकेको छ भने ४८८ जनालाई निको भएको छ । संक्रमण फैलिरहेको छ । हाल सम्म संक्रमण समुदाय स्तरमा फैलिन सकिरहेको छैन यसरी संक्रमण फैलिन थालेमा त्यसको नियन्त्रण गर्न असहज हुनेछ । संक्रमण नियन्त्रण गर्नका लागि सरकारका साथ, साथै सबैको भूमिका त्यत्तिकै रहन्छ ।

कोरोना भाईरसले हाम्रो समाजका आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा बिबिध नाकारात्मक प्रभाव पार्ने निश्चित छ, केही प्रभावहरु देखिसकेका छन् । त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र साँस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनिकरण गर्न हाम्रो सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आआफ्नो सामाजिक उत्तरदायित्व गम्भिरतापूर्बक पालना गर्नुपर्ने देखिन्छ । कोरोना भाईरसको खोप अझैं पनि पत्ता लागिसकेको छैन, बिभिन्न एन्टिवायोटिक औषधीको प्रयोग गर्ने क्रम भने जारी छ । बिभिन्न देशका बैज्ञानिकहरु यसको उपचार पत्ता लगाउन अनुसन्धानरत छन् ।

बिश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाईरसबाट जोगिन सबै भन्दा महत्वपूर्ण र आधारभुत उपाय भनेको सरसफाईनैं हो । सबैले नियमित रुपमा सावुन पानीले मिचि, मिचि हात धुने, गुणस्तरीय स्यानिटाईजरको प्रयोग गर्ने, हात नधोई नाक, मुख र आँखा नछुने, खोक्दा वा हाँछ्यु गर्दा सफा रुमाल वा टिस्युले नाक, मुख छोप्ने अथवा हात उचालेर कुईनोले ढाक्ने, दुषित रुमाल र टिस्यु सुरक्षित रुपमा फाल्ने, मास्क र पञ्जाको उचित प्रयोग गर्ने, सके सम्म घरमैं बस्ने, भिडभाडमा नजाने, यदि जानै परेमा एक अर्काबाट २ मिटरको भौतिक दुरी कायम गर्ने गर्नु पर्दछ । जसबाट कोरोनाको जोखिम धेरै हद सम्म कम हुन्छ । कोरोना भाईरसको जोखिमलाई कम गर्न सरकारले व्यापक रुपमा परीक्षण गर्ने, सचेतना अपनाउन प्रचार, प्रसार गर्ने, धेरै संख्यामा क्वारिन्टिन, आईसोलेसनको व्यवस्था गर्नुका साथ, साथै प्रभावकारी व्यवस्थापन गर्नु पर्दछ साथै प्रभावकारी उपचारमा समेत गम्भिरतापूर्बक ध्यान दिनु पर्दछ ।

कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण बिश्वका धेरै मुलुक हाल समस्यामा परेका छन् । यस्तो भयानक स्थिती सायद मानव जातीको निम्ति पहिलो पटक चुनौतीको रुपमा देखिएको छ । धैर्य, संयम र दृढ संकल्पका साथ रहुनु पर्ने बाहेक अर्का बिकल्प हाम्रो अगाडी तत्काल केही छैन तसर्थ यस्तो अवस्थामा हामी प्रत्येक मानिसको ठूलो भुमिका रहेको छ । हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी भन्ने भावना हामी सबैमा हुन जरुरी छ । आत्म बिश्वासले हरेक महामारीसँग लड्ने क्षमताको बिकास गर्छ भन्ने मनोचिकित्सक तथा मनोबिद्हरुको धारणा छ । हामी आतँकित हुनु हुँदैन, सुरक्षित बस्नु पर्दछ, अवश्य पनि कोरोना भाईरसलाई हामी जित्नेछौं । घरमैं बसौं, सुरक्षित रहौं ।
(नमस्ते बाँके फेसबुक ग्रुप र नेपालगञ्ज जेसिजको आयोजनामा सम्पन्न निबन्ध प्रतियोगितामा द्वितिय हुन सफल लेख ।)

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech