नेपालगन्जमा बिद्युत अनियमित, आम नागरिकलाई सास्ती

असल शासन प्रतिनिधि

हेमराज भट्ट । असल शासन डटकम । नेपालगन्जमा विगत केही समय देखि हुदै आएको बिद्युत अनियमितता सेवाग्राहीहरुका लागि टाउको दुखाई बनेको छ ।
अत्यधिक गर्मिका बिच बिना सूचना नेपालगन्जमा झ्याप–झ्याप बिद्युत लाईन काटिन थालेपछि नेपालगन्ज बासिहरु हैरान भएका छन् । अहिले नेपालगन्जमा न त लोड सेडिङ्ग छ न बिद्युत सप्लाई बन्द हुने बारेमा नेपाल बिदुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट सूचना नै प्रकाशन भएको छ तर नेपालगन्जमा दैनिक दजनौ पटक बिद्युत सप्लाई काटिदै आएको छ । रातिको समयमा समेत बिना सूचना बिद्युतले मनोमानि रुपमा बिद्युत सप्लाई बन्द गरिदिदा नेपालगन्ज बासिहरु हैरान भएका छन् । बिगत केही दिन देखि नेपालगन्जको बिद्युत लाईन झनै अनियमित बन्दै गएको छ । गर्मिको समयमा बिना सूचना झ्याप झ्याप बिद्युत सप्लाई बन्द हुदा घरमा बसिरहेका बालबालिका समस्यामा परेका छन् । धेरै पटक बिद्युत आउने जाने गरेका कारण बिद्युतीय सामाग्रीहरुमा समेत क्षति पुगेको बताईन्छ ।
नेपालगन्जमा अनियमित रुपमा बिद्युत सप्लाई बन्द हुने सम्बन्धमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको टेलिफोन नम्बर ५२०२४२ र ५२०२४३ मा सम्पर्क गर्दा बिद्युत काटिनुको कारण बारे कर्मचारी नै अनबिज्ञ देखिन्छन् । बिद्युत किन काटिएको हो र कति समयमा आउछ भन्ने प्रश्न गर्दा कर्मचारीहरुलाई नै सहि सूचना नहुदा प्राविधिक कारण देखाई सेवाग्राहीलाई मनाउनुपर्ने बाध्यता देखिन्छ । बिद्युत सप्लाई बन्द भएको अधिकांस समयमा बिद्युत प्राधिकरणको टेलिफोन बिजी देखिन्छ भने कथम कदाचित फोन लागिहालेपनि प्राविधिक समस्या देखाई बिद्युतका कर्मचारीहरु पन्छीने गरेको पाईन्छ । फोनमा कर्मचारीले हरेक पटक दिने एउटै जवाफ हुन्छ तार चुडीएको छ, ग्रेट फेल भएको छ, फ्युज गएको छ । लामो समय बिद्युत सप्लाई बन्द भएको बेला नेपालगन्ज वितरण केन्द्रको फोन नम्बर बाट सहि सूचना प्राप्त नहुने र जिम्मेवार ब्यक्तिको सम्पर्क नम्बर लिन चाहदा दिन नमिल्ने जवाफ कर्मचरीहरुले दिने गर्दछन् ।
नेपालगन्ज नो लोडसेडिङ्ग एरिया हो तर पछिल्लो समय अघोषित रुपमा नेपालगन्जमा लोड सेडिङ्ग हुदै आएकोछ । नेपालगन्जमा अहिले ३० डिग्री भन्दा बढी गर्मि छ भने कोरोना भाईरसका कारण मानिसहरु घरबाट नै काम गर्दा बिद्युत अनिवार्य जस्तै भएको छ । यस्तो परिप्रेक्षमा अघोषित रुपमा हुने बिद्युत सप्लाई बन्द र झ्याप झ्याप रुपमा किन बिद्युत जान्छ स्पष्ट कारण नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले नेपालगन्जबासिलाई दिनु पर्ने माग स्थान्ीयहरुको छ ।
बिद्युतले दियो अपुरो सूचना
नेपालगन्जमा भईरहेको बिद्युत अनियमितताका विभिन्न बिषयमा माग गरिएको सूचनाको बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले गैर जिम्मेवार जवाफ फर्काएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १२ का नमस्कार शाह, नेपालगन्ज १० का हेमराज भट्ट, मन भण्डारी, नेपालगन्ज १८ का छविलाल सुनार र नेपालगन्ज ४ का जनक थापाले माग गरेको सूचनाको प्राधिकरणले ठाडो जवाफ दिएको सूचना मागकर्ताहरुले बताएका छन् । बिद्युत अनियमितताको कारण के हो भन्ने प्रश्नको जवाफमा प्राधिकरणले सिष्टम गएको अवस्थामा सबै ठाँउमा बिद्युत जान्छ भन्ने ठाडो जवाफ दिएको छ । यस्तै बिद्युत किन अनियमित भएको छ भन्ने प्रश्नमा सडक विस्तारको क्रममा विभिन्न निकायबाट बिद्युत पोलहरु सार्ने काम भईरहेको कारण प्राधिकरणले देखाएको छ जुन वास्तविकता भन्दा निकै फरक देखिन्छ । यस्तै बिद्युत समय समयमा किन जाने गर्दछ भन्ने प्रश्नको जवाफमा बर्षात, हावाहुरी, गर्मीको कारणले एक्कासी खपत बढेको कारणले ट्रान्सफर्मर ओभरलोड हुने, ट्रान्सफर्मर जल्ने, फ्युज जाने, तार चुडिने लगायतका कारणले हुने देखाएको छ भने उसले नेपालगन्जमा भारतको लाईन र नेपालको केन्द्रीय प्रशारणबाट सप्लाई दिदा बिद्युत अनियमित हुने तथा भार प्रेषण केन्द्र काठमाण्डौले निश्चित समयको लागि लोड घटाउन आदेश दिएको अवस्थामा बिद्युत काट्नु पर्ने जस्ता कमजोर जवाफ दिएको छ । प्राप्त सूचनामा नेपालगन्जमा हैन नेपाल भर नै लोडसेडिङ्ग नभएको र बिदुत माथिका कारण बाहेक अरु कुनै कारण नभएको भन्दै पन्छीएको देखिन्छ ।
नेपालगन्जमा बिद्युत प्राधिकरण मार्फत हुने हरेक समस्याहरुको जवाफ र जिम्मेवारी नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको हो तर प्राधिकरणले ठाडो र गैर जिम्मेवार जवाफ दिएको छ । आफ्ना कमीकमजोरीहरुलाई सूधार गर्दै सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने दायित्व समेत भुलेको देखिन्छ ।
नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र मार्फत सप्लाई हुने बिद्युत अनियमिताका बिषयमा यस अघि सूचना अधिकारीलाई सम्बोधन गरि माग गरेको सूचना प्राप्त नभए पछि सूचना माग कर्ताहरुले पुनः कार्यालय प्रमुखलाई सम्बोधन गरि सोही सूचना माग गरेका थिए । माग गरेको सूचना अनुसार जवाफ आएको तर प्राप्त जवाफ हेर्दा कुनै पनि प्रश्नको जवाफ चित्त बुझ्दो नभएको सूचना मागकर्ताहरुले बताएका छन् ।

  • २२ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech