बुझ्नै नसकिने यो कस्तो कोरोना

लुना बुढाथोकी

बुझ्नै नसकिने यो कस्तो कोरोना
विश्वलाई हल्लाईदिने ।
मै हुँ भन्ने मान्छेलाई नि जित्नै पर्ने
बुझ्नै नसकिने यो कस्तो कोरोना ।।

कतिका मुटु कलेजा छामेर गयो
कतिको आत्मविस्वाश निचोरेर गयो ।
कतिको धड्कन रोकेर गयो
कतिको जीवन लिएर गयो
बुझ्नै नसकिने यो कस्तो कोरोना ।।

जिउ भित्र पस्यो काउकुति लायो
डेरा जमायो केही दिन जिस्क्यायो ।
कति संग त त्यहि भित्र हरायो
तर कतिको घर उजाड बनायो
बुझ्नै नसकिने यो कस्तो कोरोना ।।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech