फेरियो सामुदायिक विद्यालयको सोच

असल शासन प्रतिनिधि

सिबिएम नेपाल र डेक नेपालको साझेदारीमा सञ्चालित समुदायमा आधारित समावेशी विकास परियोजनाले विद्यालय नक्साङ्कन गर्ने क्रममा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको पहिचान गर्‍यो । विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत रहेको जानकारी पाउनुका साथै परियोजनाका प्रतिनिधिले ह्वील चियर प्रयोग गरेर एक छात्रा उमा यादव पढ्न आएको देखे । त्यहीँ क्रममा उनीसँग कुराकानी गर्दा उनलाई विद्यालयमा पढ्न आउनको लागि निकै समस्या रहेको, शौचालय, कक्षा कोठा, खानेपानी र डेस्क बेन्चहरू पहुँचयुक्त नहुँदा अपाङ्गता भएका बालबालिकाले समस्या भोग्नु पर्ने ती बालबालिकाबाट जानकारी प्रतिनिधिले लिए ।
उमा यादव दुई कक्षासम्म पढ्दा उनको अभिभावकले विद्यालय ल्याउने लैजाने गरेकोमा उनी ठूली भएपछि ल्याउन लैजान समस्या भएपछि वडा कार्यालयमा ह्वील चियरको माग गरेपछि उनले ह्वील चियर त प्राप्त गरिन तर पनि उनलाई विद्यालय आउनको लागि समस्या भयो । विद्यालयको कक्षा कोठाभित्र जानको लागि ¥याम्प नभएको, शौचालय उनको लागि पहुँच बाहिर रहेको थियो भने उनलाई हेर्ने साथीहरूको दृष्टिकोण पनि राम्रो थिएन । कतिपटक त उनी कक्षामा जाने क्रममा लडेको बताउँछिन् । तर पनि कोही उनलाई सहयोग गर्दैनथे । ¥याम्प नभएका कारण उनी आफ्नो समस्या राख्नको लागि प्रशासनमा पनि जान सक्दैनथिन् । त्यसपछि उनको विद्यालय जाने क्रम घट्न थालेको थियो । उनले विद्यालय जान मन नलाग्नुको मुख्य कारण आफूलाई शौच गर्नको लागि समस्या भएको बताइन् । त्यसपछि विद्यालयमा गएर अवलोकन गर्दा त्यहाँको कक्षा कोठा, फर्निचर, शौचालय पहुँचयुक्त र अपाङ्गता मैत्री नभएको देखियो र एउटा बन्न लागेको शौचालय पनि अपूरो रहेको देखियो । बन्दाबन्दै बजेट अपुग भएकोले रोकिएको रहेछ । विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापासँग छलफल गर्दा अपाङ्गता भएका बालबालिका यस विद्यालयमा पढ्दै आइरहेको छन् तर पहुँचयुक्त भौतिक संरचना नभएको कारणले गर्दा विद्यालय छोड्ने समस्या बढेपछि शौचालयको माग गरिएको तर शौचालय पूरा हुन नसकेको जानकारी
पाएलगत्तै समावेशी समुदाय परियेजनाले त्यस विद्यालयलाई अपाङ्गतामैत्री र पहुँचयुक्त भौतिक संरचनायुक्त विद्यालय बनाउने योजना बनायो । सुरूमा त्यहाँ आपाङ्गमैत्री शौचालय बनाउने निर्णय परियोजनाले ग¥यो । आपाङ्गमैत्री शौचालय बनाउन लागि विद्यालय, स्थानीय तह, वडा र सिबिएमसँग छलफल भएपछि कोहलपुर नगरपालिका र वडा कार्यालयसँग समन्वय गरी स्थानीय तह र परियोजनाको सहकार्यमा त्यस शौचालयलाई अपाङ्गता मैत्री बनाउने कामको सुरुवात गर्‍यो ।
कोहलपुर नगरपालिकाको १ लाख र डेक नेपालले समावेशी समुदाय परियोजना अन्तर्गत १ लाख रकम दिने सम्झौता भयो । कोहलपुर नगरपालिकाका इन्जिनियरसँग समन्वय गरी निर्माणाधीन अवस्थामा रहेको शौचालयको लेखाजेखा गरी इस्टिमेट तयार भएर उपभोक्ता समिति गठन गरियो र निर्माण कार्यले तीव्रता पायो ।
अहिले त्यस विद्यालयको अधूरो शौचालयले नयाँ स्वरूप पाएको छ । सो विद्यालयको शौचालयमा ¥याम्प, कम्बोड, धारा, रेलिङ र ढोका सबै अपाङ्गतामैत्री बनेका छन् । ह्वील चियरमा पढ्न आउने उमा यादवको मुहारमा खुसी छाएको छ । अबदेखि उनले नियमित रूपमा विद्यालय जाने बताइन् । विद्यालयमा भौतिक संरचनासँगै सोचमा पनि परिवर्तन भएको छ । यस विद्यालयमा पढ्न आउने सबै बालबालिकालाई सहज हुने विद्यालयका प्रधानाध्यापक बताउँछन् । आगामी दिनमा विद्यालयमा बन्ने संरचनाहरू पहुँचयुक्त बनाउने र कार्य क्षेत्रभित्रका अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना हुन प्रोत्साहन गर्ने प्रतिबद्धता बेगबादुर थापाले गरेका छन् । विद्यालय सुधार योजनामा पनि अपाङ्गता मैत्री योजना लागू भएको उनले जानकारी दिए । विद्यालयलाई अपाङ्गता मैत्री बनाउने प्रतिबद्धता दिँदै डेक नेपालले गरेको सहजीकरण र आर्थिक सहयोग गरेकोमा प्राधानाध्यापक थापाले धन्यबाद दिएका छन् ।
सिबिएम नेपाल र डेक नेपालको साझेदारीमा सञ्चालित समुदायमा आधारित समावेशी विकास परियोजनाले विद्यालय नक्साङ्कन गर्ने क्रममा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको पहिचान ग¥यो । विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत रहेको जानकारी पाउनुका साथै परियोजनाका प्रतिनिधिले ह्वील चियर प्रयोग गरेर एक छात्रा उमा यादव पढ्न आएको देखे । त्यहीँ क्रममा उनीसँग कुराकानी गर्दा उनलाई विद्यालयमा पढ्न आउनको लागि निकै समस्या रहेको, शौचालय, कक्षा कोठा, खानेपानी र डेस्क बेन्चहरू पहुँचयुक्त नहुँदा अपाङ्गता भएका बालबालिकाले समस्या भोग्नु पर्ने ती बालबालिकाबाट जानकारी प्रतिनिधिले लिए ।
उमा यादव दुई कक्षासम्म पढ्दा उनको अभिभावकले विद्यालय ल्याउने लैजाने गरेकोमा उनी ठूली भएपछि ल्याउन लैजान समस्या भएपछि वडा कार्यालयमा ह्वील चियरको माग गरेपछि उनले ह्वील चियर त प्राप्त गरिन तर पनि उनलाई विद्यालय आउनको लागि समस्या भयो । विद्यालयको कक्षा कोठाभित्र जानको लागि ¥याम्प नभएको, शौचालय उनको लागि पहुँच बाहिर रहेको थियो भने उनलाई हेर्ने साथीहरूको दृष्टिकोण पनि राम्रो थिएन । कतिपटक त उनी कक्षामा जाने क्रममा लडेको बताउँछिन् । तर पनि कोही उनलाई सहयोग गर्दैनथे । ¥याम्प नभएका कारण उनी आफ्नो समस्या राख्नको लागि प्रशासनमा पनि जान सक्दैनथिन् । त्यसपछि उनको विद्यालय जाने क्रम घट्न थालेको थियो । उनले विद्यालय जान मन नलाग्नुको मुख्य कारण आफूलाई शौच गर्नको लागि समस्या भएको बताइन् । त्यसपछि विद्यालयमा गएर अवलोकन गर्दा त्यहाँको कक्षा कोठा, फर्निचर, शौचालय पहुँचयुक्त र अपाङ्गता मैत्री नभएको देखियो र एउटा बन्न लागेको शौचालय पनि अपूरो रहेको देखियो । बन्दाबन्दै बजेट अपुग भएकोले रोकिएको रहेछ । विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापासँग छलफल गर्दा अपाङ्गता भएका बालबालिका यस विद्यालयमा पढ्दै आइरहेको छन् तर पहुँचयुक्त भौतिक संरचना नभएको कारणले गर्दा विद्यालय छोड्ने समस्या बढेपछि शौचालयको माग गरिएको तर शौचालय पूरा हुन नसकेको जानकारी
पाएलगत्तै समावेशी समुदाय परियेजनाले त्यस विद्यालयलाई अपाङ्गतामैत्री र पहुँचयुक्त भौतिक संरचनायुक्त विद्यालय बनाउने योजना बनायो । सुरूमा त्यहाँ आपाङ्गमैत्री शौचालय बनाउने निर्णय परियोजनाले ग¥यो । आपाङ्गमैत्री शौचालय बनाउन लागि विद्यालय, स्थानीय तह, वडा र सिबिएमसँग छलफल भएपछि कोहलपुर नगरपालिका र वडा कार्यालयसँग समन्वय गरी स्थानीय तह र परियोजनाको सहकार्यमा त्यस शौचालयलाई अपाङ्गता मैत्री बनाउने कामको सुरुवात ग¥यो ।
कोहलपुर नगरपालिकाको १ लाख र डेक नेपालले समावेशी समुदाय परियोजना अन्तर्गत १ लाख रकम दिने सम्झौता भयो । कोहलपुर नगरपालिकाका इन्जिनियरसँग समन्वय गरी निर्माणाधीन अवस्थामा रहेको शौचालयको लेखाजेखा गरी इस्टिमेट तयार भएर उपभोक्ता समिति गठन गरियो र निर्माण कार्यले तीव्रता पायो ।
अहिले त्यस विद्यालयको अधूरो शौचालयले नयाँ स्वरूप पाएको छ । सो विद्यालयको शौचालयमा ¥याम्प, कम्बोड, धारा, रेलिङ र ढोका सबै अपाङ्गतामैत्री बनेका छन् । ह्वील चियरमा पढ्न आउने उमा यादवको मुहारमा खुसी छाएको छ । अबदेखि उनले नियमित रूपमा विद्यालय जाने बताइन् । विद्यालयमा भौतिक संरचनासँगै सोचमा पनि परिवर्तन भएको छ । यस विद्यालयमा पढ्न आउने सबै बालबालिकालाई सहज हुने विद्यालयका प्रधानाध्यापक बताउँछन् । आगामी दिनमा विद्यालयमा बन्ने संरचनाहरू पहुँचयुक्त बनाउने र कार्य क्षेत्रभित्रका अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना हुन प्रोत्साहन गर्ने प्रतिबद्धता बेगबादुर थापाले गरेका छन् । विद्यालय सुधार योजनामा पनि अपाङ्गता मैत्री योजना लागू भएको उनले जानकारी दिए । विद्यालयलाई अपाङ्गता मैत्री बनाउने प्रतिबद्धता दिँदै डेक नेपालले गरेको सहजीकरण र आर्थिक सहयोग गरेकोमा प्राधानाध्यापक थापाले धन्यबाद दिएका छन् ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech