लोकप्रिय ‘धवल ब्रान्ड’

१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन् । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भएका हुन् । जुन काममा हात हाल्यो, त्यसमा सफल हुनै पर्ने स्वभावका कारण उनी राजनीतिक क्षेत्रमा पनि सफल भएका छन् ।

मन भण्डारी

डाक्टर धवल शमशेर राणा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख हुन् । भ्रष्टाचार विरोधी, विकास पे्रमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् । बुबा स्व. कैलाश शमशेर राणा र आमा स्व. अम्बिका राणाको कोखबाट वि.सं. २०१८ साल चैत्र १७ गतेका दिन बाँके जिल्लाको नेपालगन्ज नगरपालिका वडा नं. १३ हालको वडा नं. १० मा राणाको जन्म भएको थियो ।
राणाको जन्म नेपालगन्जमा भए पनि उनको बाल्यकाल भारतमा बितेको थियो । १८८९ मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले देव शमशेर राणालाई देश निकाला गरेपछि देव शमशेर परिवार सहित भारतको मुसुरीमा बसाइ सरेका थिए । धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति हुन् । देव शमशेरको १९०३ मा भारतमा देहवसान भएको थियो । देश निकाला भएपछि मुसुरीमा ठूलो महल बनाएर भारतमा बसेका देव शमशेरको परिवारलाई ३९ वर्षपछि चन्द्र शमशेरले नेपाल फर्किन दिएका थिए । त्यसपछि देव शमशेरका छोरा तथा धवल शमशेरका हजुर बुवा मसुरी शमशेर नेपालगन्ज आएर बसेका थिए । मसुरी शमशेर नेपालगन्ज आएपछि पश्चिम तराइमा राणा खानदानको बीउ रोपियो । मसुरी शमशेरले आफ्नो पालामा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका थिए । मसुरी शमशेरका छोरा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए ।
धवल शमशेरका हजुर बुवाहरूले भारतमा घरजम गरेकाले पनि उनले कक्षा १ देखि स्नातोकोत्तर तहसम्मको अध्ययन भारतमै गरे । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएजडी) गरेका छन् । धवलको बाल्यकालको अधिकांश समय भारतमा पढाइसँगै बिताए । भारतमा वर्षको ९ महिना विद्यालय खुल्ने र ३ महिना जाडो बिदा हुने भएकाले धवल बिदाको ३ महिनाको समय नेपालगन्जमा बिताउथे ।
बाल्यकालमा पढाइसँगै खेलकुदलाई पनि सँगसँगै अगाडि बढाएका धवल फुटबल, हक्की, टेनिस र स्विमिङ्ग खेलका राम्रा खेलाडी हुन् । सम्पन्न राणा खानदानमा जन्मिएका उनले बाल्यकालमा आर्थिक अभावको कारणले कुनै समस्या भोग्नु परेन । धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् । अमेरिकामा पढेर नेपालको पहिलो ‘कृषि इन्जिनियर’ बनेपछि तराईका उर्वरभूमिमा कृषि क्रान्ति गर्ने कैलाश शमशेर राणाको सपना थियो । यसका लागि दुई छोरा सुमेर शमशेर र धवल शमशेर पनि कृषि क्षेत्रमै लागून् भन्ने उनी चाहन्थे । बुवाको सपना अनुसार धवलले आफ्नो पढाइसँगै खेती किसानीमा समेत ध्यान दिएका थिए । बिदामा नेपालगन्ज आएको समयमा उनले तरकारी खेती गरेर कृषि पेसालाई
आफ्नो व्यवसाय बनाए । उनका दाजु सुमेर भने पूर्ण रूपमा बुवाको बाटोमा हिँडे । धवलले प्रवीणता प्रमाण पत्र तहको पढाइ सकेपछि १९ वर्षको उमेरमा आफूसँगै कलेजमा पढ्ने भारतीय महाराजाकी छोरीसँग प्रेम विवाह गरे । घरपरिवारको कृषि पेसासँगै धवलले पढाइलाई निरन्तता दिन भने छोडेनन् । स्नातक तह अध्ययनसँगै उनले भारतमै कन्सट्रक्सन कम्पनीमा केही समय नोकरी गरे । त्यसपछि स्नातकोत्तर तहको पढाइ सकिएपछि उनले कपास विकास समिति खजुरामा सहसचिव स्तरको नोकरी गरे । ३ वर्ष सम्म काम गरेपछि काम छोडेर उनी पूर्ण रूपमा व्यवसायमा लागे । उनले नेपालगन्जमा होटल बाटिका, बर्दियामा एड्भेन्चर रिसोर्ट र नेपालगन्जमा मोडर्न पब्लिक स्कुल खोलेर व्यवसायिक क्षेत्रमा फड्को मारे ।
केही समयको व्यवसायिक सफलतापछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर आएको थियो । नेपालमा भएको २०४६ सालको जनआन्दोलनमा दुःख पाएपछि उनि २०४७ सालमा राजनीतिमा आबद्ध भए । औपचारिक रूपमा राप्रपाको युवा संघमा जिल्ला सचिव भई राजनीतिक यात्रामा हिँडेका थिए । केही समय राप्रपाको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका धवललाई गलत कार्यको विरोध गर्दा पाटीले निष्कासन गरेको थियो । पाटीले निष्कासन गरेपछि २०५१ सालमा उनी स्वतन्त्र उम्मेदवारको रूपमा संसदीय निर्वाचन लडे । स्वतन्त्रबाट चुनाव लड्दा पनि धवलले १ हजार ७ सय भन्दा बढी मत प्राप्त गरेका थिए ।
२०५१ को संसदीय निर्वाचनपछि धवल दलविहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेको छोटो समयमै २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख बन्न सफल भए । नेपालगन्जको नगर प्रमुख बन्दा धवल ३२ वर्षका थिए । पहिलोपटक प्रमुख बन्दा उनले नेपालगन्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे । आपूmले प्रमुख भएबापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे ।
१०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन् । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भएका हुन् । जुन काममा हात हाल्यो, त्यसमा सफल हुनै पर्ने स्वभावका कारण उनी राजनीतिक क्षेत्रमा पनि सफल भएका छन् । उनले राजनीतिमा लाग्दा जहाँ जुन जिम्मेवारी पाए, त्यसलाई सफलतापूर्वक निर्वाह गरे । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन् । उनी राणा खानदानको भए पनि व्यवहारमा भने त्यो झल्किँदैन । उनको ‘सरल, मिजासिलो र नम्र स्वभावले जोकसैलाई सजिलै आकर्षित गर्न सक्छ । प्रतिस्पर्धी दलका नेता–कार्यकर्ता पनि उनको राजनीतिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्छन् ।
२०५४ को स्थानीय निकाय निर्वाचनमा उनी नेकपा एमालेका तर्पmबाट नेपालगन्जको प्रमुख निर्वाचित भएपछि चुनावमा विभाजित मतदातालाई एउटै तराजुमा राखेर सेवा प्रवाह गरे । विकासको सन्दर्भमा आफूलाई एउटा राजनीतिक ‘ब्रान्ड’को रूपमा स्थापित गरे । धवलले पाँच वर्ष अवधि (२०५४–२०५९)मा नेपालगन्जको अनुहार बदल्ने प्रयास मात्र गरेनन्, स्थानीय निकाय सञ्चालन विषयमा विद्यावारिधीसमेत गरे । यसले उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो ।
५ वर्ष नगरको मेयर बनेर काम गरेका धवललाई दलको सिद्धान्त मन नपरेपछि २०६१ सालमा नेकपा एमाले परित्याग गरी राप्रपामा गए । उनले राप्रपाको २ कार्यकाल बाँके जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रीय उपाध्यक्ष र २ कार्यकाल केन्द्रीय महामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका छन् । लामो समयको स्थानीय निकायमा हुन नसकेको निर्वाचनको अभावलाई पूरा गर्न २० वर्षपछि नेपालगन्ज उपमहानगरपालिकामा धवलको पुनः प्रवेश भयो । नेपालगन्जका जनताले दल हैन, लोकप्रिय ब्रान्ड रोजे । उनी आबद्ध दल राप्रपा उपमहानगरका २३ मध्ये तीन वडा र केही वडाका सदस्यहरूमा सीमित हुँदा धवलले भने सानदार जित हासिल गरे । दल भन्दा विकास र जनतालाई महत्व दिने विशेषता भएको कारण उनी सफल भए ।
धवलले दुई दसकअघि स्थापित गरेको ब्रान्डलाई यसपटक पनि कायम राख्न सफल भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा पुगेपछि धवल शमशेर नेतृत्वको टिमले नगरवासीको मन जित्ने गरी विकासका काम गरेका छ । पालिकाको मेयरमा निर्वाचित भएपछि पालिकालाई विकासको उत्कृष्ट नमुना सहर बनाउने लक्ष्यका साथ अघि बढे धवल ।
नगरका अधिकांश क्षेत्रमा सडक, ढल, नालालगायतका पूर्वाधार निर्माणको विकास भएको छ । वडा नं. ४ मा छात्रा कलेज सञ्चालन, अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण, आधुनिक ल्याण्डफिल्ड साइट सञ्चालन, छाडा पशु चौपायाको व्यवस्थापनका लागि काञ्जी हाउस निर्माण लगायतको विकासका काम यस अवधिमा धवलको नेतृत्वमा भएको छ । त्यसैगरी द्वन्द्वकालको समयमा जीर्ण बनेका रानी तलाउ, महेन्द्र पार्क, वाटरपार्कलगायतका ठूला पार्क तथा तलाउहरूको पुनर्निर्माण गरिएको छ । त्यस्तै नेपालगन्ज वडा नम्बर २२ मा रहेको कान्ति ताल अत्याधुनिक पार्कसहित निर्माणाधीन अवस्थामा रहेको छ भने विभिन्न वडाहरूमा साना पार्कहरू निर्माण भएका छन् ।
पहिलोपटक नगर प्रमुख बन्दा आफूले पाउने पारिश्रमिकबाट मानवीय कार्य गरेका र दीन–दुःखीलाई वितरण गरी सहयोग गरेका धवलले यसपटक पनि आफूले पाउने मासिक तलब भत्ता विभिन्न रचनात्मक काममा खर्चिरहेका छन् । उनले पाउने मासिक तलब ४५ हजार र भत्ताबापतको ५ हजार गरी ५० हजार हरेक महिना विभिन्न मानवीय कार्यमा सहयोग गर्दै आएका छन् । धेरै जनप्रतिनिधिहरूले भ्रष्टाचार तथा अनियमितता गरेका समाचारहरू आइरहेका बेला धवलमा भने कुनै किसिमको लोभ चालच र स्वार्थ छैन । उल्टै आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा लगाउँदै आएका छन् । सबै नेताहरू भ्रष्ट र चोर हुन् भन्ने जनतामा रहेको भ्रमलाई चिर्न र सबै नेता तथा जनप्रतिनिधि भ्रष्ट र चोर हुँदैन भन्ने सन्देश दिनका लागि सामाजिक विकासको भावनाले काम गरिरहेको धवलको भनाइ छ । सरल स्वभावका मेयर धवलको कार्यशैलीप्रति सबै नगरवासी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, कर्मचारीहरू, सामाजिक संघ संस्थाका व्यक्तिहरू सन्तुष्ट देखिन्छन् । यो अवधिमा विभिन्न महत्वपूर्ण कार्य गरेर आफ्नो पहिचानलाई उच्च बनाएका धवल नेपालगन्जलाई प्रदेश राजधानी बनाउन नसक्नु र नेपालगन्ज—दिल्ली हवाई उडान सुचारु गर्न नसकिनु आफूले गर्न नसकिएको काम भएको बताउँछन् ।
प्रमुख राणाले राजनीतिक कार्यपत्र प्रस्तुतीकरण तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन १५ भन्दा बढी देशहरूमा भ्रमण गरिसकेका छन् । अंग्रेजी विषयमा राम्रो दखल भएकाले धवलले अन्तर्राष्ट्रिय स्तरका विभिन्न गोष्ठी तथा सम्मेलनहरूमा सहभागी हुने अवसरहरू पाउँदै आएका छन् । मुलक संघीय संरचनामा अगाडि बढेको भए पनि केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य नभई सक्दा र स्थानीय तहको अधिकार खोसिँदा स्थानीय सरकारलाई काम गर्न सहज नभएको धवलको अनुभव छ । २ कार्यकाल नेपालगन्जको प्रमुख र बनेर धेरै राम्रो काम गरेका धवलको अब माननीय बनेर देशको विकास गर्ने योजना रहेको छ । भ्रष्टाचार विरोधी, जनताका सर्वप्रिय धवलको अगामी यात्रा अझ प्रगाढ बनोस् हाम्रो शुभकामना ।

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech