नन्दले हात ‘समातिन्’, सासूले घाँटी ‘थिचिन्’

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/‘मलाई नन्दले हात समातिन्, सासुले घाँटि अटेचिन्’ झिसमिसेमै महिला पुनस्र्थापना केन्द्र (ओरेक) को खारा स्थित फिल्ड कार्यालयमा पुगेकि त्रिवेणी गाउँपालिका वडा नम्बर ४ कि २१ बर्षिया सम्झना (नाम परिवर्तित) ले बिलौना गरिन् ‘श्रीमानले समेत लात्तिले हाने, रात रुदै छिमेकीको घरमा लुकेर काटे ।’

घरेलु हिंसाले थिचिरहेको उनको पीडा र बिलापले दुखेको करुणा र अस्मिताको मन दिनभर अमिलो भईरह्यो । करुणा रेग्मी सोहि कार्यालयमा कार्यक्रम सुपरभाईजर र अस्मिता के.सी. कृषि जे.टि.ए.को रुपमा कार्यरत छन् । रातभर घरमा बस्ने अवस्था नभएपछि बिहानै ओरेक सम्झेर आएकि सम्झनाको पछि लागेर मनोविमर्शकर्ता झरणा बिक समेत भएर सम्झनाको घर गईन् । कार्यालय देखि करिब १ घण्टा पैदल हिडेर गएको ओरेकको टिमको साथमा स्थानीय सरकारका महिला प्रतिनिधि पुतला सुनार पनि आईन् ।

‘घरमा पुग्दा यसलाई (सम्झनालाई) काटेर फाल्छु, कसले के गर्न सक्छ ? भन्दै जंगिएका उनका श्रीमान, सासु र नन्दको व्यबहारले त्रसित बन्यौ,’ करुणा भन्छिन्, ‘परामर्श दियौ, एक एक गरेर कानूनी व्यबस्था बतायौ ।’ स्थिति सरल बनाएर जनप्रतिनिधिको रहोबरमा गल्ती नदोहो¥याउने गरी मेलमिलाप गराएर फर्कियौ ।

सम्झना जस्तै हिंसामा थिईन्, सोहि ठाउँकि ३६ बर्षिया मनमाया (नाम परिवर्तित) । महिला समुहबाटै हिंसामा परेपछि ओरेक खोज्जै आएकि मनमायालाई रिसाहा, रोगीनी, भन्दै समुहबाट सधै दुव्र्यबहार हुने गथ्र्यो । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको उद्घाटनकै दिन बुधबार उक्त समुहमा पुगेर सबैलाई फेरि यस्तो घटना नदोहोरिन सहमत गराएको अस्मिताले बताईन् । महिलाले महिला माथी नै हिंसा गर्दा हुने घटनाको असर र कानूनी परामर्शले सबैलाई सहमतीमा ल्याईएको थियो ।

सम्झना र मनमायाका जस्ता घरेलु हिंसा पीडित महिलाका समस्याहरु अचेल सुरुमै ओरेकको कार्यालयमा आउने गरेका छन् । महिलाहरुलाई समुहमा आबद्ध बनाई गराएको सशक्तिकरणको कारण खाराका महिलाहरु हिंसा बिरुद्ध बोल्न थालेका छन् । पुरुषहरु समेत समुहमा कुरा पुग्ने, ओरेकले पहल थाल्ने डरले पहिला जस्तो महिला माथी हिंसा गर्न आँट गर्दैन्न ।

‘हिंसा पीडितको चाहना विपरित सामसुम गर्ने प्रचलन कम भएको छ,’ ओरेकका जिल्ला कार्यक्रम अधिकृत दुर्गा बजगाँई भन्छिन्, ‘हिंसा गर्ने, दवावमा मिलाउन खोज्ने अवस्था न्युन हुदैछ ।’ ओरेकले जिल्लाको साबिक खारा, पीपल र घोरखानीमा महिला हिंसा बिरुद्ध सक्रियता जनाएको छ ।

‘महिनामा करिब पाँच ओटा महिला हिंसाका घटना खारा स्थित कार्यालयमा आउँछन् र त्यसको सौहार्दपूर्ण निरुपण हुन्छ,’ सुपरभाईजर करुणा रेग्मी भन्छिन्, ‘सुरुमा घरमै सहमतीको वातावरण बनाउँछौ, नभए वडा कार्यालयमा ल्याउँछौ, त्यहाँ पनि सम्भव नभए जिल्ला सम्म पठाउँछौ ।’
‘खारा तत्कालिन जनयुद्धमा बढी पीडित गाउँ हो,’ त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रबहादुर खड्काले भने ‘अहिले बिशेष गरी द्वन्द्व र हिंसा पीडित महिलाहरुलाई परामर्श, मनोविमर्श, कानूनी सहायता र जिविकोपार्जनको काममा ओरेकले प्रशंसणीय कार्य गरेको छ ।’

ग्रामीण स्तरमा हिंसा बिरुद्ध सक्रिय ओरेकको गतिबिधिले यहाँका महिलाहरुलाई पीडा बिसाउँन, समाधानका उपाय दिन र दैनिकी सहज बनाउन उल्लेखणीय कार्य गरेको छ ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech