बाँकेमा जनशक्तिसहितको कोभिड अस्पताल निर्माण गर्न माग: एक्सनमा जान जरुरी

सावित्री गिरी

नेपालगन्ज अहिले एकदमै जोखिममा छ । यहाँको अवस्था के हुने हो यसै भन्न सक्ने अवस्था छैन । छिमेकी राष्ट्र भारतमा कोरोना नियन्त्रण वाहिर गइसक्यो । यसको असर भारतीय सिमा नाका नेपालगन्जमा तिव्र रुपमा परको छ ।

भेरी अस्पताल र मेडिकल कलेजमा बेड, आइसियु र भेन्टिलेटर खाली छैन । यस्तो अवसथमा दैनिक सयौंको संख्यामा गम्भीर खालका बिरामी भएका सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले अवस्था भयावह छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा बाँकेमा दैनिक ३०० भन्दा बढी सङ्क्रमित थपिन थालेपछि चिन्ता बढेको छ । अहिले जिल्लाका कुनै पनि कोभिड वार्डमा बिरामी राख्ने बेड र ठाउँ नरहेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्ड डाक्टर प्रकाश थापाका अनुसार स्थिति नियन्त्रण बाहिर छ । उनले वताए अनुसार तत्काल जनशक्तिसहितको डेढदेखि २ सय बेडको कोभिड अस्पताल निर्माण गर्न आवश्यक छ ।

बाँकेमा एक २८ वर्षीय युवकसहित थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षीय युवकसहित अन्य दुई जना गरेर थप तीन जनाको विहिबार राती र शुक्रवार बिहान मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

विरामीका लागि नभै नहुने अक्सिजनको समेत अभाव छ । नेपालगन्जमा संक्रमित बढेसँगै खतराको घण्टी बजिसकेको छ । यो अवस्थामा बाँकेका ८ वटै स्थानिय तह जिम्मेवार भएर कोभिड नियन्त्रणका लागि व्यवस्थापनमा जुट्न जरुरी छ ।

प्रत्येक स्थानिय तहमा अक्सिजन सहितका कोभिड अस्पताल सञ्चालन गर्न जरुरी छ । भेरी अस्पतामला स्थिति नियन्त्रण वाहिर रहको छ । यो विषयमा बाँकेका सबै जनप्रतिनिधी, राजनितिक दल, सरोकारवाला सबै गम्भीर बन्न आवश्यक छ ।
सबैजना एक्सनमा जान जरुरी छ । सबै स्थानीय तहमा बढी भन्दा बढी कोभिड आइसोलेशन वार्ड तयार गर्न नसकेको खण्डमा भोली पछुताउनु सिवाय केहि हुने वाला छैन ।

भेरी अस्पताल र मेडिकल कलेज बाहेक नेपालगन्जका अन्य अस्पतालहरुमा पनि कोभिड बिरामी भर्ना गर्ने विषयमा छलफल चलाउन अति आवश्यक छ । यस बिषयमा प्रदेश सरकार र संघिय सरकारले पनि चासो दिन आवश्यक छ ।
यतिवेला मुलुक विषम परिस्थितिमा रहेकाले राजनीतिक तथा विकासका मुद्धालाई यथास्थानमा राख्दै मानवीय सुरक्षाका लागि लागि पर्न आवश्यक छ ।

छिमेकि मुलुक भारतमा समेत खतराको स्थिति आइसकेकाले नेपाल जस्तो विकासोन्मुख मुलुका लागि झनै चुनौती थपिएको छ ।
यस अवस्थामा राजनीतिक खिचातानीमा भुल्ने हो र मेरो जिम्मेवारी होइन भनेर पन्छिने हो भने पक्कै पनि भोलीको नमिठो दिनको स्वागत गर्नु सिवाय केहि हुने छैन ।

निशुल्क माक्स वितरण गर्नुका साथ साथै आवश्यक पर्ने औषधी उपचारका लागि आम नागरिक समाज ,विभिन्न सरकारी तथा गैर सरकारी निकाय ,सञ्चार संस्था तथा विभिन्न समुहहरु बीच समन्वय र सहकार्य हुन अति आवश्यक छ ।
भोली भन्दा पनि आजै देखि सबै जना जुरमुराउनु अति जरुरी छ ।

सरकारले गरेको लकडाउनको पालना गर्नुका साथै सचेतना अपनाएर सकेको सहयोग नागरिक स्तरवाट पनि हुन जरुरी छ । यस्तै स्थानिय तहरुले विशेष योजना बनाए एक्सनमा जानुको विकल्प छैन ।

 

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech