नयाँ करुणा युगका लागि सचेत क्रान्ति–तेज

जब चेतनशील मानवपूर्ण सचेत हुने प्रयत्न गर्दछ वा सचेतनालाई रोप्दछ भने सचेतना नै फल्दछ । त्यसैले अब हाम्रो यात्रा सचेतनालाई रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने र सचेतना नै फलाउने हुनु पर्दछ । जसले पदार्थरूपी पञ्चतत्वलाई समेत सचेत बनाओस्, रूपान्तरण गरोस् । किनकि चाहे त्यो प्राणी, वनस्पति र पृथ्वी (पदार्थ) हुँदै ब्रह्माण्ड जे देखेका वा विश्वास गरेका चिजबिज छन्, ती सबैको जन्म, जीवन र मृत्यु नै पञ्चतत्वको रूपान्तरण हो ।

सुदर्शन जोशी ‘तेजस्वी’

‘पल पल पाइला पाइलामा सचेत
क्रान्ति तेजको आधार !
प्रकृति प्रेम, सामाजिक न्याय,
मानवता, योग र साकाहार !!’
‘सचेत क्रान्ति–तेज एक सोच हो । जसले नयाँ युगको सुरुवात भएको महसुस र कोरोना कहरलाई करुणामा बदल्ने प्रयत्न गर्दछ ।’–तेजस्वी
वर्तमान यात्राले सजगता सहितको रूपान्तरणको माग गरिराखेको छ । प्रत्येक पललाई होसमा राखेर प्रत्यक पाईला चाल्दाको अनुभवलाई अनुभूति गर्दा महसुस हुन्छ । प्रत्येक व्यक्ति सुख, शान्ति र समृद्धि चाहन्छ, त्यो पनि भित्रैदेखि महसुस हुने गरी । तर फेरि किन चाहेको सोच अनुसारको प्राप्ति भइराखेको छैन भनेर प्रश्न पनि उठ्छ । सबै समस्यालाई बुझ्ने प्रयत्न शुरु गर्दै दिगो उपायको खोजि गर्ने जमर्काेको जरुरी छ । यो विषय गम्भीर छ, त्यसैले सचेत क्रान्तिले जनजनलाई दिशानिर्देश गर्नको लागि जागौं, अब यो समाजलाई, युगलाई नै पुनर्निर्माण, पुनर्जागरण गरौं भनेर भनिरहेको छ । नयाँ युगको सुरुवातको लागि रूपान्तरणको आवश्यकता छ भन्ने विभिन्न जीवनरूपी व्यवहारिक अध्ययन, अनुसन्धानले पुष्टि गर्दछ । त्यहि रूपान्तरणको यात्रा भनौं एवम् पुनर्जागरण भनौं वा सचेत जीवनशैली भनौ जे भने पनि त्यो भनेको नै सचेत क्रान्ति हो । यसको पूर्ण रूप ‘पल पल पाइला पाइलामा सचेत क्रान्ति(तेज’ हो भने यसको आधार चै शाकाहार (शुद्ध आहार, व्यवहार र विचार), प्रकृतिप्रेम (न्युनतमवाद), मानवता (करुणा, योग, ध्यान, साधना, सेवा, प्रेम) र सामाजिक न्याय पर्दछन् । एउटा युक्ति छ, ‘खोज्यो स्वर्ग गर्याे पाप जान्दैन कर्मको गति, जिराको रुख रोपेर कहाँ फल्छ कागति ।’ अहिले हाम्रो जीवनको यात्रा चाहे त्यो धार्मिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक वा अन्य नै किन नहोस् । सबै यात्राहरू बेहोसमय छन्, बेसमय यात्राभित्र कतिपय राम्रा चिजबिजहरू पनि छन् । अब हामीले राम्रालाई लिने, नराम्रालाई छोडी होसमय बनाउनुछ । स्वभावतः मान्छे सचेत आनन्द चाहन्छ । तर इन्द्रीय रूपी चाहनाले मन, वुद्धि, विवेक सबैलाई भ्रममा पारिदिन्छ र अवचेतन मनमा त्यस्तै चित्र निर्माण गरी गलत बाटो हिँडाइ दिन्छ । त्यसैले अब, अहिलेबाट नै ‘जब हामी बिउँझन्छांै’ त्यति बेलादेखिनै हाम्रो सोचलाई पुनर्निर्माण Re-Structuring of Mind/Thinking गर्न जरुरी छ । जब चेतनशील मानवपूर्ण सचेत हुने प्रयत्न गर्दछ वा सचेतनालाई रोप्दछ भने सचेतना नै फल्दछ । त्यसैले अब हाम्रो यात्रा सचेतनालाई रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने र सचेतना नै फलाउने हुनु पर्दछ । जसले पदार्थरूपी पञ्चतत्वलाई समेत सचेत बनाओस्, रूपान्तरण गरोस् । किनकि चाहे त्यो प्राणी, वनस्पति र पृथ्वी (पदार्थ) हुँदै ब्रह्माण्ड जे देखेका वा विश्वास गरेका चिजबिज छन्, ती सबैको जन्म, जीवन र मृत्यु नै पञ्चतत्वको रूपान्तरण हो । सचेत क्रान्तिले म नै रूपान्तरण हुँदै धेरै म हरू बनाउँदै जाने विषयमा केन्द्रित गर्दछ । त्यस्तैगरी प्रत्येक सुरुवात शून्यबाट हुँदै ब्रह्माणसम्म पुग्दछ भन्ने मान्दछ । यो पलपल पाइला पाइलाको यात्रा हो, जागरण हो, रूपान्तरण हो । सुख, शान्ति, समृद्धिको लागि । क्रान्ति भनेको विकास क्रम हो, जुन आफैबाट सुरु गर्नु पर्दछ । त्यसको तेजले, प्रकाशले आन्तरिक र बाह्य जताततै ज्योति दिन्छ र उज्यालो बनाउँदछ । जहाँ खुसी र प्रेरणा बाँचिराखेको हुन्छ ।

सचेतः जागरण, होसको यात्रा, प्रखर, बोध क्रान्तिः– सङ्घर्ष, क्रियाशीलता, विकासक्रम, R-evolution, उन्नत यात्रा, रूपान्तरित हुने प्रयत्न, म रूपान्तरित हुँदै समाजलाई रूपान्तरण गर्ने क्रान्ति ।

तेजः– यो ब्रह्माण्ड नै आन्तरिक होस वा बाह्य दीपमा चलेको छ । यो एक विश्वास, सोच, असलता हो । जीवन चल्ने शक्ति नै तेज हो (Light_) । यसकै आधारमा हामी भित्री आँखा र बाहिरी आँखाले देख्दछांै । सृष्टि नै तेजबाट चलिराखेको छ ।
रूपान्तरणः– अवगुणहरूलाई छोडेर राम्रा गुणहरू व्यवहारिक जीवनमा ल्याउने प्रयत्न, जीवनको सदुपयोग पूर्ण यात्रा, सचेत पूर्ण यात्राको लागि तयारी नै रूपान्तरण हो ।
यात्रा– जन्म, जीवन र मृत्युको क्रममा सचेत रही चल्ने क्रम ।
म – मैले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ।

हो नि हामी सधैं अरूलाई यसो गरेन, उसो गरेन भनेर दोष लगाई रहन्छौ तर आफूले के गरिराखेका छौ हेर्दैनौ, महसुस गर्दैनौ । अब गर्नु पर्दछ । हुन त सचेत क्रान्ति पनि एक सोच हो । एक दिनमा नै १ व्यक्तिले ७०/८० हजार जति सोच्ने गर्दछ । ती आएका सोचहरू ठीक छन् वा गलत भनेर हामीले साध्नु पर्ने हुन्छ । त्यो साध्ने भनेको साधनाबाट हो । सचेत ध्यान, सचेत योग, सचेत प्राणायाम र सचेत जीवन शैली, जहाँ खानपिन, साथी संगतदेखि हेर्ने, बोल्ने, सुन्ने, महसुस गर्ने सबै विषय पर्दछन् । म सडक बेवारिसे मनोरोगी मानवको सेवा गर्ने क्रममा, विश्व शान्तिको लागि सकारात्मक ऊर्जा जागरण गर्ने क्रममा, पशुपंक्षीको बलि होइन, काम, क्रोध, लोभ, मोहको बलि दिऊ भन्ने अहिंसाप्रेमी, साकाहारी अभियानको क्रममा, सामाजिक न्यायलाई स्थापित गरौ भन्ने क्रममा, विरोध गाली एवम् कुरा नकाटी आफू भित्रको क्षमता प्रस्फुटन गरौ भन्ने क्रममा, ध्यान योग आरोग्य साधनाको क्रममा रहिरहँदा निरन्तर आइराखेको सोच हो । हामी जिब्रोको स्वादको लागि बाँची राखेका छौ, अब हामी पूरै शरीरको आनन्दको लागि, स्वास्थ्यको लागि बाच्नु पर्दछ । त्यसैले हामी पल पल पाइला पाइलामा सचेत हुनुपर्ने छ । यो कुनै नया सोच होइन, यसको प्रस्तुति गर्ने तरिका नयाँ हुन सक्छ । धेरै अगाडिदेखि अध्यात्मवाद, भौतिकवाद वा अन्य कुनै वाद, सिद्धान्त मान्ने वा नमान्ने सबैले भनिराखेकै विषय हो । तर अहिले सचेत क्रान्तिको शैलीबाट राजनीतिक, सामाजिक, आर्थिक वा अन्य रूपान्तरणको यात्रा गर्नु पर्दछ भनेर सचेत क्रान्तिमार्फत भनिराखेको छु । जहाँ सचेतले चेतनाको प्रतिनिधित्व गर्दछ भने क्रान्तिले पदार्थको प्रतिनिधित्व गर्दछ । यसको प्रमुख सम्बन्ध नेतृत्वसँग छ । किनकि रक्षक नै भक्षक भएर रूपान्तरण हुँदैन । सचेत रक्षक भएर असलताका गुणहरू व्यवहारिक जीवनमा अवलम्बन गरेर मात्र वास्तविक, बस्तुगत सचेत रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास सचेत क्रान्तिले राख्दछ । सर्वाेत्कृष्टता, असलता, मानवीयता, सृजनशीलता, सकारात्मकता, आत्मनिर्भरतामा रही राजनीतिक रूपान्तरण गर्नु छ । किनकि अहिले यो संसारिक जीवन व्यक्ति, समाज, राष्ट्र, अन्तराष्ट्रिय रूपलाई अङ्गालेर चलिराखेको छ ।

रूपान्तरणको यात्रा रुखको जरामा नै मल जल हालेर सुरु गर्नु पर्दछ । अनि बल्ल त्यसले असलता सहितको सफलता प्राप्त गर्दछ भन्ने सचेत क्रान्तिले भन्दछ । सचेत क्रान्ति एक सोच हो । जसले कला, संस्कृति, ज्ञान, विज्ञानलाई स्वधर्म, सत्पथ र सत्यसँग रहेर शरीर, मन र चेतनाको माध्यमवाद हेर्दछ, सुन्दछ, महसुस गर्दछ । प्रेम, शान्ति, खुशी, प्रेरणा र करुणाको लागि चेत, चिन्तन र चैतन्यको सदुपयोग गर्दछ । मानव सभ्यतालाई स्वास्थ्य, सुन्दर र सुगन्धित बनाइराख्न चाहिने समता, ममता र अहिंसा प्रेमीहरूको सम्पूर्ण सम्भावनाका ढोकाहरू खोल्ने चाबी बन्दछ । प्राणी, वनस्पति र पदार्थले इतिहासदेखि वर्तमानसम्म एवम् भविष्यको सम्भावना खोज्ने एक मात्र मैत्री र विराट खोज गर्दछ । सचेत क्रान्तिले मानिस, जीवजन्तु, चराचुरुङ्गी, वनस्पति, पञ्चतत्व आकाशगंगाको अन्तर सम्बन्धबाट सर्वाेत्कृष्ट सत्ताको सर्वाेदय र सर्वमंगल मार्गको कल्पना गर्दछ । यो दर्शन, वाद मान्नेहरू र नमान्नेहरूलाई पनि सचेतना जगाउने क्रान्ति हो । जसरी यी शब्दहरू समय सान्दर्भिक, बस्तुनिष्ठ छन् ।

यिनीहरूलाई महत्वको दृष्टिकोणबाट हेरौं र व्यवहारिक जीवनमानै अवलम्बन हुने गरी अब हामी सबै मिलि आफू स्वयम् र विश्व ब्रह्माण्डमा रहेका सम्पूर्ण जीव, पञ्चतत्वको साझा हितको सर्वाेपरी सत्यमतलाई विजयी गराउन अघि बढौं, जागौं । अबको युग भनेको धर्म, सम्प्रदाय, रूप, रङ, जात, पात, लिङ्ग, वर्ग, क्षेत्र आदि सम्पूर्ण बन्धनबाट, विभेदबाट मुक्त भै सम्बुद्ध सचेत जीवनशैलीमा उत्सवमय जीवन जिउने सत्ता हुनुपर्दछ । यो सम्भव छ । सम्भावना भनेको हजुर हाम्रो सचेतनामा भर पर्दछ । किनकि जहाँ समस्या हुन्छ, त्यहाँ समाधानका सम्भावना हुने गर्दछ । जस्तै हामीलाई तिर्खा लागेपछि पानीको महत्व बुझी हालिन्छ । पानीमा डुब्दा स्वासको महत्व थाहा हुन्छ । यी सबै समस्या सँगसँगैका उपायहरू हुन् । याने कि सम्भावनाहरू हुन् ।

सांगठनिक लक्ष्य:– बसुधैव कुटुम्वकमसहितको राष्ट्रियता, मानवीयताको कुनै सीमा हुँदैन सहितको स्वाधिनता, स्वाभिमान, मौलिकता सहितको आत्मनिर्भरता, नैतिकता सहितको वैधानिकता, आधुनिकता सहितको चरित्रवान ‘म’ बन्ने । धेरै ‘म’हरूबाट परिवार, समाज, राष्ट बनाउने भनेको प्रत्येक ‘म’हरूलाई स्वच्छ, स्वस्थ, नैतिकवान, चरित्रवान बनाउने हो भन्ने बुझ्नु पर्दछ । भनिन्छ, व्यक्ति स्वच्छ र स्वस्थ भए परिवार हुँदै समग्र विश्व नै स्वच्छ र स्वस्थ बन्दछ । त्यसैले ‘म’भित्रको मानवत्वलाई सचेत बनाउने, जागृत गर्ने, विराटतर्फ, सवलतातर्फ, असीमिततातर्फ मार्ग निर्देशित गर्ने हो भनेको नै सचेत क्रान्ति हो । पञ्चतत्व रूपी अवयवहरूको अन्तर्संरचना र अन्तर्निहित स्रोत शक्तिहरू सँग अन्तरबोध गर्दै वैज्ञानिक अभ्यासबाट सर्वाेत्कृष्ट परिणाम निकाल्ने प्रयत्नरत यात्राको उद्देश्य हो, सचेत क्रान्तिको ।
सचेत क्रान्तिका आधारहरूः–
१) साकाहारः– म जिब्रोको लागि होइन पूरै शरीरको लागि बाँच्दछु । कम दोष पर्ने खानेकुरा खाएर बाँच्दछु । अबोध पशुपंक्षीको बलि दिन्नँ । अहिंसा प्रेमी बन्न चाहन्छु । आहार मात्र नभई व्यवहार र विचारमा पनि शुद्धता लेराउने प्रयत्न गर्दछु ।
२) प्रकृति प्रेमः– म स्वच्छ वातावरण कायम राख्दै पृथ्वी सबैको साझा हो भन्दै न्यूनतमवाद, प्रत्याहारका सिद्धान्तलाई व्यवहारमा आत्मसाथ गर्दछु । नयाँ आउने पिँढीका लागि यो ब्रह्माण्ड बचाउँदै आफू बाँच्ने छु । प्रकृतिमा रहेका खोला नाला, हिमाल, वनजंगल, किटपतङ्ग, जनावर सबैलाई बचाउने प्रेम, करुणा ।
३) मानवताः– सहयोगापेक्षीहरूको सहयोगमा जीवन बिताउने छु । म मानवीयताका गुणहरूको विकासका लागि रूपान्तरित हुँदै अरूलाई पनि रूपान्तरण गर्ने प्रयत्न गर्नेछु ।
४) सामाजिक न्याय:– सामाजिक न्यायसहितको नैतिक बल भएको न्याय प्रणालीमा विश्वास र समाज नै न्यायको जिम्मेवारी लिन सक्ने कर्तव्यनिष्ठ बनाउन प्रयत्न गर्नेछु ।
५) अन्यः– सचेत योग, सचेत ध्यान, सचेत प्राणायम, सचेत न्याय, सचेत साधना, सचेत खानपिन, सचेत आचरण, सचेत व्यवसाय जस्ता विधिहरूको व्यवहारिक जीवनमा प्रयोग गर्नेछु । ‘म’भित्र भएको क्षमतालाई विकास गरी असलताका सिद्धान्तमा रही जिम्मेवार बन्ने छु । ‘म’ सकारात्मक, सृजनशील र आत्मनिर्भर रहने छु ।
अन्तमा भन्नुपर्दा यस सोचसँग सम्बन्धित रही अबको नयाँ सचेत युग वा सत्ता स्थापनाको लागि सकारात्मक आलोचनासहितको सुझाव, सल्लाह दिई साथ, सहयोग र समर्थन गरिदिनहुन अनुरोध गर्दछ । नयाँ युगको नामाकरण स्वर्ग, रामराज्य, सत्ययुग, साम्यवाद, मानवीयताको युग, सचेत युग जे पनि राख्न सक्दछौ । प्रकृतिको नियम नै हो, जोसँग जे छ त्यहीँ बाँड्दछ । त्यसैले ‘म’सँग ‘पल पल पाइलामा सचेत क्रान्ति–तेज’ एक सोच छ । त्यही बाँडे । हजुरहरूले यस्लाई कसरी लिनुहुन्छ हजुरहरूकै विचार भन्ने गरिन्छ नि हामीले गाउँ घरमा, है त हजुरहरू सबैमा नमन । खुशी बाँडे, खुशी पाइन्छ, उत्प्रेरणा जगाउने प्रयत्न गर्दा आफू नै प्रेरित भइन्छ: (सचेत क्रान्ति) ।
(लेखक सचेत क्रान्तिका सोचकर्ता सचेत सामाजिक अभियन्ता, साकाहारी, योग ध्यान साधक, सडक बेवारिसे प्राणीको सेवक, विधावारिधि शोधार्थी एवम् कानुन व्यवसायी हुन् ।)

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech