उदयपुर / टिकटक बनाउने क्रममा एक युवाले संसार त्यागेका छन । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ति युवा भिरवाट लडेपछि मृत्यु भएको हो ।
मृत्यु हुनेमा धरान–५ का १८ वर्षीय सुवास परियार रहेको प्रहरीले जनाएको छ ।
धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।
टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।