टिकटक मोहले लियो युवाको ज्यान

असल शासन प्रतिनिधि

उदयपुर /  टिकटक बनाउने क्रममा एक युवाले संसार त्यागेका छन । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ति युवा भिरवाट लडेपछि मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान–५ का १८ वर्षीय सुवास परियार रहेको प्रहरीले जनाएको छ ।

धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech