नेपालगन्ज/ जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा अवधि थप गरेकोछ ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासान कार्यालय बाँकेका अनुसार आगामी जेठ ३ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।