नेपालगन्ज/ कोरोना संक्रमित बढ्दै गएपछि स्थानिय जनप्रतिनिधिहरुले आईसोलेसन बनाउने काममा ध्यान दिन थालेका छन ।
जसअन्र्तगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले पनि कोरियनपुरमा चिकित्सकिय सेवा सहितको १४ बेडको आइसोलेसन बनाएको हो ।नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ ।
आईसोलेसनको विहिवार दिउसो १ बजे एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणा र उपमेयर उमा थापा मगरले उदघाट्न गरेको वडाअध्यक्ष बुद्धीसागर सुवेदीले असल शासन मिडियालाई बताए ।
उनले विहान जडिबुटी सहितको तातो पानी , योगा ,दिउसोमा नास्ता र बेलुकामा तातो पानी ,औषधी उपचार ,नर्शिङ केयरको सुविधा र अप्ठेरो पर्दा चिकित्सको सेवा पनि उपलब्ध गराउने उनले बताए ।
साथै होम आइसोलेसनमा पुगेर औषधी बाड्ने योजना बनाएको पनि अध्यक्ष सुवेदीले बताए ।