नेपालगन्जको कोरियनपुरमा तयार भयो १४ बेडको आईसोलेसन

असल शासन प्रतिनिधि

नेपालगन्ज/  कोरोना संक्रमित बढ्दै गएपछि स्थानिय जनप्रतिनिधिहरुले आईसोलेसन बनाउने काममा ध्यान दिन थालेका छन ।

जसअन्र्तगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले पनि कोरियनपुरमा चिकित्सकिय सेवा सहितको १४ बेडको आइसोलेसन बनाएको हो ।नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ ।

आईसोलेसनको विहिवार दिउसो १ बजे एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणा र उपमेयर उमा थापा मगरले उदघाट्न गरेको वडाअध्यक्ष बुद्धीसागर सुवेदीले असल शासन मिडियालाई बताए ।

उनले विहान जडिबुटी सहितको तातो पानी , योगा ,दिउसोमा नास्ता र बेलुकामा तातो पानी ,औषधी उपचार ,नर्शिङ केयरको सुविधा र अप्ठेरो पर्दा चिकित्सको सेवा पनि उपलब्ध गराउने उनले बताए ।

साथै होम आइसोलेसनमा पुगेर औषधी बाड्ने योजना बनाएको पनि अध्यक्ष सुवेदीले बताए ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech