कसरी बाँचु ?

रश्मि रोदन

भगवान् आए होलान्
भाग्य दिनुको साटो भाग्य लिएर गए
नेता आयो जनताको विस्वास लिएर गयो
मत बटुल्यो लिएर फरार भएर गयो
बहुदल आयो मानवता लिएर गयो
अल्लो घरको आयो भुभाग लिएर गयो
पल्लो घरकोले स्वाभिमान लिएर गयो
सर्वस्व गुमाएर पनि अब कसरी बाचुँ ?
बाढी आयो खेत वारि लिएर गयो
पहिरो आयो घर गोठ लिएर गयो
भुकम्प आयो घर र वर दुबै लिएर गयो
हैजा आयो कोख र काख रित्याएर गयो
अब कसरी बाचुँ ?
अवसर आयो
तर प्रमाणपत्र मात्र लिएर गयो
एउटा हात लिएर गयो
आउन त बिदेशी सहयोग पनि आयो
बदलामा देशको जवान लिएर गयो
हात्तिपाइले आयो एउटा खुट्टा लिएर गयो
अब भन म कसरी बाँचु ?
कोरोना आयो शरीर लिएर गयो
यमराज आयो आत्मा लिएर गयो
कोहि आएथ्यो जवानी लिएर गयो
ऊ पनि आयो तर मन लिएर गयो
सबथोक गुमाएर पनि भन म कसरी बाँचु ?

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech