कहीँ नभएको जात्रा चिकित्सा शिक्षा प्रवेश परिक्षामा

हरि क्षेत्री

त्रिभुवन बिश्वबिद्धालयको चिकित्सा शिक्षा बाहेक अन्य सबै प्रवेश परिक्षाहरु समयमै सम्पन्न भई प्रथम सेमेष्टर पनि सकिन लाग्दा बल्ल चिकित्सा क्षेत्रको प्रवेश परिक्षा हुन लागेको सन्दर्भमा प्रथमतः परिक्षा केन्द्रको विवाद र अहिले आएर परिक्षार्थीरुले बहत्तर घण्टा भित्रको पिसिआर टेस्ट निगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने र परिक्षा केन्द्रमा दुई तीन घण्टा अगाडि नै उपस्थित हुनुपर्ने आदि नियमहरु थोपरेर कक्षा बाह्र उतिर्ण गरि लामो समय देखि तयारी गरिरहेका,अलमलमा परिरहेका ती हजारौं बिद्यार्थी र अभिभावकहरु माथि अनावश्यक मनोबैज्ञानिक दवाव, चिन्ता, झन्झट र बोझ थपेको छ।

एउटै बिद्यार्थीले दुई तीन वटा सम्म बिषय प्रवेश परिक्षा दिने भएको हुँदा कम्तीमा एक हप्ता सम्म पिसिआर रिपोर्ट मान्ने हुनुर्छ । अन्यथा, बिद्यार्थीले प्रवेश परिक्षा अवधिमै फेरि बारम्बार पिसिआर टेष्ट गराइरहनु पर्ने हुन्छ जुन अत्यन्त अब्यवहारिक,अप्ठ्यारो र झन्झटपुर्ण देखिन्छ । बिद्यार्थीहरु परिक्षाको तयारी गर्ने कि पिसिआर गराउँदै हिड्ने ? कहाँ गएर गराउने, रिपोर्ट कति दिनमा आउने र खर्चको पनि कुरा हुन्छ।

त्रि.बि. को अरु नियमित परिक्षाहरुमा यस्तो नियम लगाइएको छैन । फेरि किन चिकित्सा शिक्षा प्रवेश परिक्षामा मात्र कहिँ नभएको जात्रा हाडिगाउँँमा गर्नु परेको होला ? एउटै ब्याचका साथीहरू स्नातक तहका अन्य बिषयहरुमा प्रथम सत्र पूरा गर्दै गर्दा चिकित्सा सेवा आयोगको प्रवेश परिक्षा पर्खेर बसेका ती हजारौं बिद्यार्थीहरु माथि यो सरासर अनुचित छ, अनावश्यक छ र अन्यायपूर्ण छ।

त्यसैले, सम्वन्धित सबैको यसमा गम्भीर ध्यानाकर्षण होस् । बिद्यार्थी हकहितमा काम गर्ने संघसंगठनहरुले पनि यो मुद्दा लाई उचित ढंगले सम्बोधन हुने गरी दवाव दिन जरुरी छ । स्वास्थ सुरक्षाका अन्य उपायहरू जस्तै : भौतिक दुरि कायम गर्ने, अनिवार्य मास्क लगाउने र परिक्षा केन्द्रमा स्यानिटाइजर वा साबुन पानीको उचित ब्यवस्था गरियोस् तर यो बहत्तर घण्टा सम्म मात्र पिसिआर रिपोर्ट मान्ने हुने र बिध्यार्थी, परिक्षार्थीहरुले पटक, पटक पिसिआर टेष्ट गर्नुपर्ने जस्तो अब्यवहारिक नियम हटाइयोस्, नबनाइयोस, यसरी उपर माथि थुपर भनेझैं चिकित्सा शिक्षामा प्रवेश परिक्षा दिन बसेका हजारौं बिद्यार्थीहरुलाई बोझ माथि बोझ नथोपरियोस् । चेतना भया ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech