त्रिभुवन चोकका ऐतिहासिक मन्दिरहरु

असल शासन प्रतिनिधि

त्रिभुवन चोकका ऐतिहासिक मन्दिरहरु

शैलेन्द्र वैश्य (प्रशिक्षार्थी पत्रकार)

बाँकेको त्रिभुवन चौकदेखि उत्तर बागेश्वरी मन्दिर जाने बाटोलाई दुई भागमा विभाजन गर्ने गरी बीच भागमा लक्ष्मी नारायण मन्दिर रहेको छ । यो मन्दिर वि.संवत् १९९७ सालमा महाबलि गयाप्रसाद कसौधन बानियाद्वारा स्थापित गरिएको हो । लक्ष्मी नारायण मन्दिरसँगै जोडिएको दक्षिणपट्टि राम जानकी मन्दिर रहेको छ ।

स्व.अयोध्या–प्रसाद भगतद्वारा स्थापित यो मन्दिरको व्यवस्थापन कहिले भएको हो कुनै मिति किटान गर्न नसकिए पनि नेपालगन्ज नगरको प्रारम्भदेखि सो मन्दिर स्थापना भएको जानकारी जगदीश प्रसाद कसौधन वैश्यले दिएका छन् । राम जानकी मन्दिर सो दक्षिण सिद्ध नाथ मन्दिर रहेको यस मन्दिरको स्थापना राम दिन ठठेरका पुर्खाहरुले स्थापना हुन् । यी तीनै मन्दिरमा दैनिक पूजाआजा हुनुका साथै चैत्र शु्क्ल नवमी (रामनवमी) राधा आष्टमी, कृष्ण जन्मोत्सव, उन्नत चतुदार्शी श्रावण शुक्ला महा शिवरात्रिको उत्सव, श्रावण शुक्ल एकादशीदेखि जनै पूर्णिमासम्म भव्य रुपमा पूजा गर्ने, उत्सव मनाउने प्रचलनमा रहेको छ ।

नेपालगन्ज वार्ड नम्बर ११मा अवस्थित यी मन्दिरहरु सयौं वर्ष पुराना हुन् । तीनवटै मन्दिरसँगै जोडिएको भएता पनि मन्दिरका पुजारी फरक छन् । मन्दिरको व्यवस्थापनदेखि रेखदेख गर्ने व्यक्ति पनि फरक–फरक छन् । लक्ष्मी नारायण मन्दिरको व्यवस्थापन महाबलि राम गया प्रसादको छोरा ओम प्रकाश कसौधन वैश्यले गर्नु हुन्छ । रामजानकी मन्दिरको व्यवस्थापन बिनोद कुमार कसौधन बैश्यले गर्नु हुन्छ भने सिद्धनाथ मन्दिरको व्यवस्थापन मन्दिर समितिले गर्दै आएको छ । त्यस्तै तीनवटै मन्दिरको खर्च मन्दिर परिसरमा रहेको पसल र स्थानीयहरुको सहयोगमा भइरहेको जानकारी समितिका अध्यक्षले दिएका छन् ।

यसैगरी त्रिभुवन चौकदेखि दक्षिण भेरी अस्पातल जाने बाटोको बीचमा पनि ५ वटा मन्दिर छन् । यी मन्दिर वार्ड नम्बर ११ र ८ को सिमानामा पर्दछन् । त्रिभुवन चौकदेखि दक्षिणतर्फ रहेको शिव मन्दिरसँगै जोडिएको दक्षिणतर्फ राधा कृष्णा मन्दिर सो दक्षिण द्वारिका श्री राम जानकी मन्दिर सो दक्षिण संगमार शिव मन्दिरसँगै जोडिएका शिव मन्दिरहरु छन् । यी मन्दिरहरु पूजा गर्ने पुजारी र व्यवस्थापन गर्ने व्यवस्थापक पनि छुट्टा छट्टै छन् ।

शिव मन्दिर अगाडि रामजीले स्थापना गरेको मन्दिरको व्यवस्थापन अहिले उहाँको नाति विनोद गुप्ताले गर्दै आइरहेका छन् भने राधा कृष्णा मन्दिरमा प्रतिदिन एक घण्टा भजन संध्या निरन्तर रूप चल्दै आइरहेको छ । र यसको व्यवस्थापनक कृष्णा गोपाल टण्डनको छोरा विमल टण्डनले गर्दै आएको राधा कृष्णा मन्दिरका पुजारीले जानकारी दिए ।

यी सम्पूर्ण मन्दिरको पूजाआजा मन्दिर समिति तथा स्थानीयको सहयोगमा निरन्तर भइरहेको कृष्णा मुरारी गुप्ताले जानकारी गराए । पहिले धेरै जनसंख्या नभएको मानव बस्ती घाना नभएको बेला सडकको बीचमा बनाइएको यी मन्दिरको आफ्नै खालको फरक पहिचान र इतिहास भएको साहित्यका। सच्चिदानन्द चौबेले बताए । प्रशिक्षार्थी

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech