बच्चा साटिएको विषयमा गठित समितिले बुझायो प्रतिवेदन

घटनामा अस्पतालको चरम लापरवाही

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भेरी अस्पतालमा भएको नवजात सिशुको मृत्यु प्रकरणका लागि गठित छानविन समितिले सुझाव सहितको प्रतिबेदन पेश गरेको छ ।
भेरी अस्पतालमा भाद्र ९ गते साँझ ६ बजे बच्चा साटिएको भन्ने बिषयमा सो घटना रहस्यमय भएको भन्दै आफन्तले छानविनको माग गर्दै आएका थिए ।
दुई दिन सम्म अस्पताल प्रशासन र पिडितका आफन्तबिचमा छलफल भएपनि निष्कर्ष नआएपछि घट्नाका बिषयमा भाद्र ११ गते छानविन समिति गठन गरिएको थियो ।
यसरी गठन गरिएको समितिले भाद्र २७ गते प्रमुख जिल्ला अधिकारीलाई पेश गरेको प्रतिबेदनमा खजुरा गाउँपालिका वडा नं ६, सिमलघारी, बाँके की चन्द्रा वि.क. र उनका श्रीमान गोविन्द बि.क.ले भेरी अस्पतालमा स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरवाहीका कारण घटना घट्न गएको बताएका छन् ।
प्रतिबेदनले घटनाका बिषयमा भेरी अस्पताल प्रशासन र स्वास्थ्यकर्मीको भनाईलाई उद्धित गर्दै घटना बारे प्रसुती कक्षमा रहि बिरामीको उपचारमा संलग्न स्त्री रोग बिशेषज्ञ, प्रसुती कक्ष इन्चार्ज वरिष्ठ अस्पताल नर्सिङ्ग निरिक्षक जयन्ती श्रेष्ठ, अनमी छत्रावती पुन मगरले बच्चा भर्ना देखि अन्तिम अवस्थाका बारेमा अभिभावलाई जानकारी गरिएको उल्लेख गरिएको छ ।
प्रतिबेदनमा नाईसियुमा कार्यरत स्वास्थ्यकर्मी बालरोग बिशेषज्ञ डा.बिष्णु कुमार थापा, अस्पताल नर्सिङ्ग निरिक्षक अनिता पोखरेल, अनमी देबिका बस्नेत र स्टाफ नर्स निशा चन्दको भनाई अनसार सो बच्चा भर्ना हँुदाको अवस्थामा वेड नभएकाले चन्द्रा बि.क.को बच्चा रहेको बेडमा राखिएको र दुवै बच्चाको स्वास्थ्य अवस्था जटिल भएकोले उपचारका क्रममा चन्द्रा बिकको बच्चा सोही दिन बेलुका ६ बजे मृत्यु भएको र सोको जानकारी अभिभावकलाई दिएको बताईएकोछ ।
उपचारको क्रममा गिता थारुको बच्चाको नाम ट्याग फुस्केको र संयोगवस एउटै बेडमा रहेकी चन्द्रा बिकको बच्चाको हातमा टाँस्न गएको ड्युटीमा रहेका कर्मचारीहरुले समितिलाई बताएका छन् । बेड क्षमता भन्दा बढी भर्ना गर्दा एउटै बेडमा दुईवटा बच्चा राखि उपचार दिनु पर्ने भएको कारणले यस्तो हुन गएको प्रतिबेदनमा उल्लेख छ ।
यस्तै छानविन समितिको प्रतिबेदनले घटनाको सम्बन्धमा भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापाले चन्द्रा बिकको बच्चा दाहसंस्कार गर्ने क्रममा अभिभावकले ट्यागमा फरक ब्यक्तिको नाम देखे पछि मृत बच्चा अस्पतालमा लिएर आएका र चेकजाँच गर्दा बच्चाको दुवै हातमा ट्याग भेटिएको बताएका छन् । मृत बच्चा चन्द्रा बिककोनै भएको प्रमाणहरु रहेको प्रमुख थापाले छानविन समितिलाई बताएका छन् ।
छानविन समितिले पेश गरेको ९ पृष्ठ लामो प्रतिबेदनमा भेरी अस्पताललाई ११ बुदें सुझाव पेश गरेको छ ।
यसरी पेश गरिएको सुझावहरुमा एउटा बेडमा दुईवटा बिरामी नराख्ने, जुनियर स्टाफले गरेको कामलाई सिनियर स्टाफले निरीक्षण गर्ने र कामको जिम्मेवारी लिनुपर्ने, एउटै बिरामीलाई दुईवटा आमाको ट्याग लगाउने जस्ता गल्ती भबिष्यमा हुन नदिन आवश्यक सजगता अपनाउनुपर्ने, बच्चालाई एनआइसियुमा राख्ने अवस्था आएमा बिरामीको स्वास्थ्य अवस्था बारे स्पष्ट जानकारी लिई अभिभावकको स्वीकृती लिएर मात्रै भर्नाको ब्यवस्था मिलाउने, बेड क्षमता भन्दा बढी बिरामी भर्ना नलिने, डयुटीमा रहेका डयुटी स्टाफ, ईन्चार्ज तथा डयुटी चिकित्सक विच समन्वयता बढाउनु पर्ने, अस्पतालबाट दिईने सेवा प्रभावकारी र गुणस्तरिय वनाउन डयुटी स्टाफ, नर्स तथा सम्वन्धित चिकित्सकहरु विच मासिक रुपमा कम्तीमा १ पटक बैठक तथा अन्र्तक्रिया कार्यक्रम गर्ने, अस्पतालमा तालिममा आएका शिकारु चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुको भरमा मात्र प्रसुती सेवा, नाईसियु सेवामा संग्लग्न नगराई डियुटिवाला नर्स, चिकित्सकबाट नै स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, अस्पतालको व्यवस्थापन पक्ष मेडिकल सुपरिटेन्डेन्ट तथा विभागिय प्रमुखबाट मासिक रुपमा सो विभागका राम्रा तथा कमी कमजोरी पक्षको विश्लेषण गरि देखिएका कमीकमजोरी हटाउन आवश्यक प्रवन्ध मिलाउनुपर्नेे, प्रसुती कक्ष सुझाव पेटिकाको व्यवस्था गरि दैनिक रुपमा प्राप्त भएका आवश्यक सुझावलाई यथोचित कार्यन्वयन गर्नुपर्ने एनआएसियु र प्रसुती वार्ड बाहिर लाग्ने भिजिटरहरुको भिडलाई व्यवस्थापनका लागी भिजिटर कुरुवा कक्षको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ ।
यसैगरी सेवाग्राहीका लागी प्रारम्भिक परामर्श सेवा गर्दा अडियो भिडियोको अभिलेख राख्ने ब्यवस्था मिलाउने मिलाउन समितिले सुझव पेश गरेको छ । यस्तै सबै कर्मचारीहरुको बिरामी मैत्री संरचना र ब्यवहार हुनु पर्ने, तत्काल रेस्पोन्सको ब्यवस्थापनका लागी अन्तर वार्ड समन्वयको व्यवस्था हुनु पर्ने, प्रभावकारी सुचना संयन्त्र र प्रणालीको बिकाश गरि सुचना अधिकारीको ब्यवस्था गर्ने, कर्मचारीको उचित ब्यवस्थापनका लागी विरामी डाक्टर र स्वास्थ्यकर्मी उचित अनुपात मिलाउने, बिरामीले सहज र भरपर्दो तरिकाले स्वास्थ्य उपचार सेवा पाउने वातावरणको मिलाउने, विरामीको अवस्था र गम्भिरतामा आधारमा ट्रेगिङ्ग गरि सम्बन्धित वार्डमा भर्ना गरि उपचार गर्नु पर्ने, एन.आई.सि.यु.मा उपचाररत विरामीको निरन्तर ट्रेगिङ्ग निगरानीका लागी केन्द्रीय अनुगमन प्रणालीको व्यवस्था गर्नुपर्ने र सबै ठाउ निगरानीका लागि सिसिटिभि क्यामराको व्यवस्था गरि निरन्तर निगरानी गर्ने व्यवस्था मिलाउने, नयाँ कर्मचारीलाई काममा लगाउनु अघि र स्वास्थ्यकर्मीले वार्ड परिवर्तनका क्रममा स्वास्थ्य उपचार सम्बन्धी अभिमुखिकरण गरेर मात्र काममा लगाउने ब्यवस्था मिलाउने र अस्पतालमा बिचौलीयाको प्रवेश नियन्त्रण गर्नुपर्ने उल्लेख गरेको छ । छानविन समितिले झण्डै पन्ध्र दिन बढीको समय लगाएर उक्त प्रतिबेदन प्रमुख जिल्ला अधिकारीलाई समितिले पेश गरेको हो ।
प्रतिबेदनका बिषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एउटै बेडमा दुई वटा बच्चाहरु राखेका कारण भुलबस घट्ना घट्न गएको उल्लेख गरिएको बताए । सो समयमा ड्युटिमा रहेका कर्मचारीहरुको डुय्टी चेन्ज भएका कारण सो घट्ना घट्न गएको प्रतिबेदनले देखाएको बताए । दुबै पक्षसँगको सोधपुछको आधारमा प्रतिबेदन तयार गरिएकाले प्रतिबेदन सबैका लागि स्विकार्य हुने प्रमुख जिल्ला अधिकारी गेलालको भनाई थियो । प्राप्त प्रतिबेदनको अध्ययन गरेर सो प्रतिबेदनबाट प्राप्त सुझावहरुलाई कार्यान्वयनका लागि भेरी अस्पताललाई लिखित रुपमा पठाउने प्रमुख जिल्ला अधिकारी गेलालले असल शासनलाई बताए ।

नवजात शिशु घट्नाको छानविन समितिमा डा.रोमा बोरा, बालरोग विशेषज्ञ, कान्ति आरोग्य अस्पताल, बाँके संयोजक, हरिश्चन्द्र शर्मा, प्रशासकिय अधिकृत, जिल्ला प्रशासन कार्यालय,बाँके सदस्य, बसन्त गौतम, अधिवक्ता तथा अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च, बाँके सदस्य, नरेशवावु श्रेष्ठ, जन स्वास्थ्य अधिकृत, स्वास्थ्य कार्यालय, बाँके सदस्य र ईश्वर देव गिरी, प्रहरी निरिक्षक, जिल्ला प्रहरी कार्यालय, बाँके सदस्य समितिमा रहेका थिए ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech