लुम्बिनीमा दिगो विकास लक्ष्यको अवस्था सन्तोष जनक नभएको निष्कर्ष

दिगो विकास लक्ष्यको कार्यान्वयनको अवस्था र प्रदेशको विकास अवस्था बारे समीक्षा बिषयक अनलाईन छलफलमा सहभागिहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / लुम्बिनी प्रदेशमा दिगो विकास लक्ष्यको कार्यान्वयनको अवस्था र प्रदेशको विकास अवस्था बारे समीक्षा गरिएको छ ।
दिगो विकास लक्ष्य राष्ट्रिय संजाल तथा क्रियटिभ सोसाइटी नेपालको संयुक्त आयोजनामा अनलाईन छलफल कार्यक्रम भएको हो । एसडिजीको क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुको सहभागितामा भएको कार्यक्रमले प्रदेश स्तरीय समिक्षा गरेको छ । छलफल कार्यक्रमको अन्त्यमा निष्कर्ष सुनाउदै दिगो विकास लक्ष्य राष्ट्रिय संजालका अध्यक्ष दया सागर श्रेष्ठले छलफलबाट लुम्बिनी प्रदेशमा एसडिजी कार्यान्वनको अवस्था सन्तोस जन छैन भन्ने देखिएको बताए । जब सम्म स्थानीय तहमा एसडिजीको कार्यान्वयन प्रभावकारि हुदैन तब सम्म दिगो विकासको लक्ष्य पुरा हुन सक्दैन भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबैले लाग्नु पर्नेमा उनको जोड थियो । स्थानीय सरकारहरुको क्षमता अभिबृद्धी गर्ने सवालमा प्रदेश र संघिय सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । नगरपालिका संघ लगायत केही संघहरुले एसडिजीको सवालमा केही काम गरिरहेको भएपनि त्यो प्रयाप्त नभएको बताए । उनले एसडिजीलाई प्रभावकारि रुपमा अगाडी बढाउन स्वस्फूर्त र स्वइच्छिक रुपमा सबै सरोकारवाला लाग्नु पर्ने बताए ।
यसैगरी छलफलमा बोल्दै गैरसरकारी संस्था महासँघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द्र प्रसाद रेग्मीले सरकारले निर्माण कार्यमा बढी जोड दिने र मानविय कार्यमा कम महत्व दिने गरेका कारण एसडिजीका सबै लक्ष्यसँगै लैजान नसकिएको अनुभव सुनाए । प्रदेश र स्थानीय सरकारले आफैले एसडिजीका बिषयमा अग्रसर हुनुपर्ने र आफ्ना कार्यक्रमहरुमा समेत एसडिजीलाई प्राथमिकिकरणका साथ लागु गर्नुपर्नेमा जोड दिए ।
क्रियटिभ सोसायटी नेपाल रुपन्देहीकी अध्यक्ष रिमा बिसीले सञ्चालन गरेको छलफलमा दिगो विकास लक्ष्य राष्ट्रिय संजालका अध्यक्ष दया सागर श्रेष्ठ, तेज कुमार पाठक, गोबिन्द प्रसाद रेग्मीले एसडिजिमा लुम्बिनी प्रदेशको अवस्थाको बिषयमा प्रस्तुतीकरण गरेका थिए भने बास नेपाल नेपालगन्जमा निर्देशक हेमराज भट्ट, रुपन्देहीका मन पाण्डे, दिपा रसाईलीले एसडिजिको अवस्थाका बारेमा बोलेका थिए । छलफलमा २५ बढीको सहभागिता रहेको थियो ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech