टर्‍यो घण्टौं हिँडेर पानी बोक्ने बाध्यता

स्थानीय भविसरा रानाको सोचाइ उजेली भएदेखि ननिदाउने बेलासम्म पानीमै हुन्थ्यो । कसरी पानीको जोहो गर्ने भनेरै दिन बित्थ्यो । राति १० बजेसम्म पानी बोकेर सुत्नु पर्ने अवस्था थियो ।

साबित्री गिरी

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३, धप्रेनीका घरघरमा पानीका धारा छन् । बारीमा तरकारी फलेका छन् । स्थानीयको दिनचर्या सुःखद् छ । विगतको पीडादायी अवस्थामा परिवर्तन आएपछि स्थानीयको दैनिकी सहज भएको हो । स्थानीय भविसरा रानाको सोचाइ उजेली भएदेखि ननिदाउने बेलासम्म पानीमै हुन्थ्यो । कसरी पानीको जोहो गर्ने भनेरै दिन बित्थ्यो । राति १० बजेसम्म पानी बोकेर सुत्नु पर्ने अवस्था थियो । अर्का स्थानीय सबिता सारु पनि नाम्लोले बोकेर पानी खाएका दिनहरु सम्झिन्छिन् । स्थानीय अगुवा प्रेमबहादुर रानाका अनुसार स्थानीयहरु पानीको मुहान संरक्षणमा पनि उत्तिकै चासो र सक्रियता देखाउँछन् । मुहानको पानी बस्तीसम्म पु¥याउन १६ सय वाटका ८ वटा सोलार पाता जडान गरिएका छन् । यो जलवायु परिवर्तन अनुकूलन परियोजना र गरिबी निवारण कोषको पहलमा ऊर्जा मन्त्रालयबाट अनुदान स्वरूप प्राप्त भएको हो । प्रविधिका मुहानबाट २ सय ७० मिटर अग्लो धप्रेनी गाउँमा पानी पुगेको हो ।


गैर सरकारी संस्थाको आर्थिक सहयोग र स्थानीयको जनश्रमदान गरी ३० लाख ६९ हजार ७ सय ७० रुपैयाँमा यो योजना सम्पन्न भएको हो । यो काम गर्न एक वर्ष लाग्यो । मुहानमा पानी टिकाइराख्न चरिचरन बन्द गरिएको छ । मुहान वरिपरि तारबार गरिएको छ । स्थानीयले बेलुकी ४ बजेदेखि ८ बजेसम्म ४ घण्टा मात्र यहाँको पानी प्रयोग गर्छन । अन्य समयमा आवश्यकताका आधारमा पानी वितरण हुन्छ । पानी वितरणमा कुनै विवाद नआओस् भन्नका लागि यस्तो नियम बनाइएको हो ।
पानी वितरणलाई सहज बनाउन स्थानीयले आप्mनै लगानीमा अपरेटर पनि राखेका छन् । स्थानीय पदमबहादुर राना मगरले अपरेटको भूमिका खुसी साथ निभाइरहेका छन् । हिजो पानीका लागि घण्टौं समय खर्चने स्थानीय आज त्यो   समयमा अन्य आयआर्जनका काममा लागेका छन् ।
आफ्नो गाउँको समस्या समाधानका लागि स्थानीय आफंै पनि जागरुक हुनु पर्छ र आवाज उठाउनु पर्छ भन्ने कुराको उदाहरण धप्रेनीवासीले दिन सफल भएका छन् ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech