“महिलाको सुरक्षा, सम्मान र आन्दोलन”

दिपेन्द्र कुमार बि.सी 

“लिंग भेद र पृती सत्ताको भुमरीमा परेको समाजलाई प्रतिशतको अधिकारको लडाइँले भन्दा प्रगतिशील बिचार, व्यवहार र क्रान्तिको बिगोलले समतामुलक समाज निर्माण गर्न सक्छौं।”
नेपालमा जुन किसिमले महिला अधिकारको क्षेत्रमा रणनीति, योजना, कार्यक्रमहरु तर्जुमा गरिन्छ त्यो अनुसार सुरक्षा, सम्मान र रोजगारको अवस्थामा खासै सकारात्मक परिवर्तन हुन सकिरहेको छैन। दिनहुँ महिलाहरु हत्या,  हिँसा, यौन दुर्ववहार, शोषण, बलात्कार, एसिड आक्रमण, कुटपिट, बेइज्जतका सिकार बन्न पुगेको खबर सुनिरहेका हुन्छौं। जहाँ समानता र समातामुलक समाज हुन्छ त्यहाँ  समृद्धिका लहरहरु चम्किन्छ्न, कुनै भेद, विभेद रहँदैन सबैले सबैको सम्मान गर्छन। तर यहाँ जात, बर्ग, वर्ण, लिंगको भेदले स्थान लिँदा हामी बिकासको मुर्चामा पछाडि परेका छौँ। जुन ठाउँमा कानुन छ र कानुनको निष्पक्ष कार्यनयन गरिएको हुन्छ। त्यहाँ नागरिकको सुरक्षा हुन्छ, एकअर्काप्रति सम्मानजनक व्यवहार हुन्छ, बिकासको गतिले  तिब्रता लिन्छ। तर हाम्रा देशका महिलाहरु दिनदारहै बलात्कृत हुने, यौन दुर्ववहारमा पर्ने, लागु औषधमा फस्ने, हिँसामा पर्ने, बिस्याबृतिमा फस्ने प्रस्थिती छ। निर्मला पन्त, सम्झना बि.क, भागिरथी भट्ट जस्ता चेलीको बलात्कार गरि हत्या हुने क्रम बढदो छ। मुस्कान खातुन झैँ धेरै महिला एसिड आक्रमणको सिकार भएका छ्न। यस्ता विविध कहालीलाग्दो घटना छ्न जुन अधिकांश अन्याय सहेरै मौन बसेका छ्न। अहिले साइबर अपराधिहरु बाट अपराध भोगिरहेका महिला झन बढदो क्रममा छ्न।
नेपालको बिगतको राजनीतिक आन्दोलन संगै  महिला आन्दोलनले महिला अधिकार र लैंगिक समानताको क्षेत्रमा ठुलो योगदान पुर्याएको छ। राणा शासनको अन्तय, राजतन्त्रको अन्तय, गणतन्त्र स्थापनामा धेरै महिला नेतृहरुले आन्दोलनको नेतृत्व गर्नुभएको थियोे। मंगलादेवी सिंह, सहाना प्रधान, स्नेहलता श्रेष्ठ, हिरादेवी तुलाधर लगायतका थुप्रै महिला नेतृत्वहरुले महिला आन्दोलनको सशक्त नेतृत्व गर्नुभएको थियोे।
            जनयुद्ध तथा जन-आन्दोलनको सफलताले नेपालमा महिला राष्ट्रपति बन्न पुगे, महिला प्रधान न्यायाधीस बन्न पुगे, महिला सभामुख बन्न पुगे। तर उहाँहरु सम्मानिय स्थानमा पुग्नसाथ महिला आन्दोलन सफल ठान्नु बिलकुलै भ्रम हुनेछ। देशका अरु महिलाहरु पनि त्यो स्थान सम्म पुग्न सफल बनाउन सकिएको छ कि छैन? प्रयासको स्वरुप कस्तो छ भन्ने कुराले मध्यनजर गर्छ। अमेरिकीमा अहिलेसम्म कुनै महिला राष्ट्रपति नभएपनि लैंगिक स्वतन्त्रता छ।  महिलाहरूलाई स्वतन्त्रता छ। महिला अधिकारको आभास सम्माननिय पदमा महिला पुगेर मात्रै हुने हैन। पुरुष महिला दुबैमा सम्मानजनक बिचार र व्यवहारले हुने हो।
नेपालमा ३३ प्रतिशतको महिला आरक्षणको व्यवस्थाले, ५० प्रतिशतको सहभागीताको व्यवस्थाले, अधिकार  प्राप्ति त भएको छ। तर जिम्मेवारीको निर्वाहमा महिला कति सक्षम रहे? भन्ने सवाल उतिकै उठिरहेको पनि छ। आरक्षणबाट ओहोदामा पुगेका महिलाहरूले अन्य महिलाको अधिकारको निम्ति, लैंगिक समानता कायमको निम्ति कस्तो भुमिका खेलेका छन भन्ने कुरा मुख्य हो। आज संसदमा, संघीय, प्रदेश तथा स्थानीय सरकारमा, राज्यका हरेक निकायमा महिला सहभागीताको संख्या संबिधान बमोजिम छ तर तिनै क्षेत्रमा पुगेका महिलाहरुको महिला सुरक्षा र सम्मानको स्थिति  दुखदाइएक छ। केही बर्ष अगाडि राष्ट्रपति बिद्या देवी भण्डारी एकल महिला भएकै कारण जनकपुरको रामजानकी मन्दिरमा पुजा गर्न जाँदा त्यहाँ बिरोध गरियो। पाप पखालौँ भन्दै त्यहाँका पुजारीहरुले पानीले उहाँले टेकेको ठाउँ पखाले। बिरोध गर्नेलाई कारबाही गरिएन। राष्ट्रपतिलाई त सम्मान भएन, उहाँ मौन बस्नु भयो भने अरु महिलाको अवस्था के होला? साँच्चिकै भन्ने हो भने पृती सत्तालाई स्वयं महिला अधिकारको लागि आन्दोलन गर्ने, पृती सत्ता मुर्दावाद भन्ने आन्दोलनको उपलब्धिमा रमायका कतिपय महिलाहरुले अंगालिरहेका छन। जसले पृती सत्ताको बाहिर चर्को बिरोध गरेका छन तिनै महिला भित्रीरूपमा  आफुबाट छोरा नजन्मिदा दुखी छ्न। छोरा नजन्मिदा सौता कमाउन विवश छ्न। सम्बन्ध बिच्छेद गर्न विवश छ्न। छोरा र छोरी दुबै भएको खण्डमा छोरिको भन्दा छोरालाई महंगो स्कुल, महंगो चिजको व्यवस्थापनमा व्यस्त छन। छोरीले अभावको महसुसमा बोल्दा बोल्नु हुन्न, रुदा रुनु हुन्न भनेर मुख बन्द गर्ने संस्कार सिकाउँछन तर छोरा भने उग्र स्वतन्त्रता संगै लक्का जवान हुँदा एक अर्कि छोरीलाई जिस्काउने, बलात्कार गर्ने, महिला हिँसा गर्ने अवस्थामा पुगेका हुन्छन। यस्तो पृत सत्ताको भुमरीमा परेर नारिबादको खोक्रो बिचार मात्रै बोक्नु बेकुफी हुन्छ।
               प्रतिशतको अधिकारको मागको लडाइँले महिलालाई अधिकार र अवसर प्राप्त भएता पनि एउटै क्षेत्रमा काम गर्दा, राम्रो काम गर्दा पनि किन पुरुष सरह सम्मान पाउन सकिरहेका छैनन? किन आफ्नो कार्य क्षेत्रमा नै सुरक्षीत महसुस गर्न पाएका छैनन? किन उनीहरुको क्षमता तथा योग्यता माथी, त्यसतै चरीत्र माथि बारबार प्रश्न चिन्ह खडा भएका छ्न। उच्च शिक्षा हासिल गरेका, रोजगारको अवसर पाएका, महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरु पनि बलात्कारको, यौन दुर्ववहारको सिकार भएका छन। किन प्रतिशतको अधिकारको लडाइँले सुरक्षीत हुन पुगेन्न? किन सम्मान पाउन सकेनन्? भन्ने गहन बिषय आजको महत्त्वपूर्ण बिषय हो। यसले गर्दा अझै पनि महिला अधिकार तथा लैंगिक समानताका निम्ति महिला आन्दोलन हुनु  आवश्यक छ। संख्या पुर्तिले महिला अधिकार पायौं। लैंगिक समानता छ भन्ने भ्रममा पर्नु हुँदैन। राज्यले लैंगिक विभेद गर्ने, महिला हिंसा गर्ने र यौन दुर्ववहार गर्ने, बलात्कार गर्ने अपराधीहरुलाई कडा कारबाही गर्नुपर्छ। कडा कानुन निर्माण गर्नुपर्छ। राज्यका जिम्मेवारी क्षेत्रमा पुगेका महिलाको सुरक्षा र सम्मानको अवस्था चिन्ताजनक छ भने करोडौं नेपाली महिलाहरु जो घरको भान्सामा सिमित छ्न। उनको सुरक्षा, सम्मान र रोजगारको स्थिति के होला? यथार्थ हाम्रै समाज अगाडी झल्झलती झल्किन्छ। बलात्कार हुँदा नि मौन बस्ने, गाउँ समाजमै मिलाउने, श्रीमानबाट कुटपिट हुँदा, हिंसा हुँदा पनि भगवान सरह श्रीमानको पुजा गर्ने, अपमान र हिंसाको पीडा बोकेर संस्कारि महिलाको  पहिचान राख्न खोज्ने, न्यायको माग गरे इज्जत गुमेको ठान्ने प्रचलन व्याप्त छ।  लिंग भेद र पृती सत्ताको भुमरीमा परेको समाजलाई प्रतिशतको अधिकारको लडाइँले भन्दा प्रगतिशील बिचार, व्यवहार र क्रान्तिको बिगोलले समतामुलक समजा निर्माण गर्न सकिन्छ।
महिला असुरक्षितको कारण, लैंगिक आसमानताको कारण  पुरुष मात्रै होइनन। महिला भएर महिलाको निम्ति काम गर्ने मौका पाएका महिलाहरु पनि दोषी छ्न। पृती सत्ता अंगाल्ने महिलाहरु पनि दोषी छ्न। बिदेशी डलरले मात्रै नारिबाद बिउझाउने अघिपछि मौन रहिदिने प्रवृत्तिको सिको अभियानतामा छ। न्यायक आन्दोलन, अधिकारका आन्दोलनहरु व्यक्तिको समाजको प्रतिष्ठाका आधारमा हुने प्रचलन छ। जसले गरिब, निमुखा, दलित, अलपसंख्यक महिला हिंसामा पर्दापनि उनको पिडा सुनिदिने र बोलिदिने कमै छन। महिलाको सुरक्षा, सम्मान र रोजगारको निम्ति गरिने आन्दोलनमा सम्पुर्ण समुदाय, बर्ग, जातका महिलाहरू र पुरुषहरुलाई आवद्ध बनाउँदै सचेत र सावधान बनाउनुपर्छ। ता कि उनिहरुले आफू तथा आफ्नो समाजमा घटने महिला हिँसाबारे निडर भएर बोल्न सकुन। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्ममा महिला हिंसासम्बन्धी करिब ४४ हजार उजुरी प्रहरीमा दर्ता भए। बोक्सी आरोपका १ सय २८, छुवाछूतका ९१, बलात्कार प्रयासका २ हजार २ सय, बहुविवाहका २ हजार ४ सय ३७, बालविवाहका २ सय ९, गैरकानुनी गर्भपतनका ७४ र घरेलु हिंसाका ३८ हजार ७ सय ३७ वटा उजुरी दर्ता भएका छ्न। बलात्कार संगै निर्मम हत्या गरि, निर्मला पन्त, सम्झना बि.क, भागिरथी भट्ट सहित १७ जना चेलिको ज्यान गुमेको छ। महिला हिंसाका घटनाहरु कुन देशमा कम कुन देशमा बढी घटे भनेर लैंगिक समानता छ भन्ने कुराको मापन गर्नुहुँदैन। राज्यले महिला हिँसा घटनाको नियन्त्रणमा बिशेष चाँसो राख्नुपर्छ। नेपालमा महिला माथी अन्यायका घटना सार्वजनिक हुँदा महिला आन्दोलन तातिने अघिपछि मौन रहने गर्दा, आन्दोलनले पनि घटना कुरेर बसे झैँ हुन्छ। मार्च ८ को दिन महिला  आधिकारकर्मी भएर कार्यक्रमको अथिती हुने तर अन्य दिन कुर र पतित हुने व्यक्तिहरु समाजमा धेरै छन। यस्तो प्रवृत्ति बिरुद्ध महिला आवज उठनुपर्छ।
महिलाहरुलाइ रोजगार तथा आर्थिक आम्दानीको क्षेत्रमा विशेष जोड दियो भने, अनिवार्य उच्च शिक्षा कायम गरियो भने केहि हदले अपमान र हिंसाका घटना कम हुन पुग्छन्। महिला अधिकारको आन्दोलनमा महिलाहरुको मात्र नभई हरेक पुरुषको साथ, सहयोग र सहभागीता उतिकै हुनुपर्छ। महिला आन्दोलनको बिषय सम्पुर्ण पुरुषहरुको बिषय हो। सम्पुर्ण महिलाहरुको बिषय हो। सम्पुर्ण समाजका नागरिकहरुको बिषय हो। यसलाई पृती सत्ता सोच ढालन प्रयोग गरिनुपर्छ। पृती सत्ताको संरक्षणमा पुरुष जतिकै महिलाको पनि उतिकै भुमिका छ। पृती सत्ताको सोचलाई त्यागेर मार्तृ सता बनाउनुपर्छ भन्ने हैन। यी सम्पुर्ण लिङ्ग भेद बिभेदको सत्ताको अन्तय गरेर महिला र पुरुष समान हुन भन्ने आवश गराउदैँ समतामुलक समाज निर्माणलाई क्रान्तिमा जुटनुपर्छ। महिलाको श्रम प्रतिको योगदानलाई सम्मान जोसुकै पुरुषले गर्नुपर्छ। उनिहरुलाई सुरक्षाको आभास हर पुरुषले महशुस गराउनुपर्छ।समाजका सबै पुरुष बलात्कारि छैनन् तर महिलालाई बलात्कार गर्नेवाला सबै पुरुष नै हुन। पुरुषहरुको संस्कार, आचरण र महिलाप्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्छ।
             नेपालमा ३३ प्रतिशतको आरक्षण र अधिकार प्राप्तिले अझै  लैङ्गकि समानता कायम भएको छैन। महिला आन्दोलन यतिमै सिमित हुनु हुँदैन। पृती सत्ता, सामाजिक संस्कार, भेदिय दृष्टिकोण, महिला सौन्दर्यको व्यपार, हिंसा तथा अपराध, बलात्कारको निर्मुलनलाइ, समातामुलक समाज निर्माणलाई महिला आन्दोलन केन्द्रित हुनुपर्छ। न्यायको कलमचलाएर, कानुनी जनचेतना दिएर, अपराध गर्नेलाई सजाय दिएर, न्यायको आवज बुलन्द गरेर, व्यबहारिक समाज निर्माण गरेर आवस्यक क्रान्तिको बाटो तयार पार्नुपर्छ। एसिड आक्रमणमा परेकी मुस्कान खातुन जसले आफू जस्तै एसिड आक्रमण तथा हिंसामा परेका महिलाहरुको न्यायको निम्ति लडदै आएकी छ्न। उहाँ जस्तै न्यायक लडाइ पीडित र पिडामापर्ने  महिलाहरु र पुरुषहरुले गर्नु जरुरी छ। तब मात्रै “महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्धि नेपालको आधार” नारा सहित नेपाल सरकारले मनाउन लागेको १११ औं  अन्तराष्ट्रिय महिला दिवस (मार्च ८) को नाराले सार्थकता पाउँछ। सार्थक पार्ने हामी सबैको दायित्व हो। त्यसै अनुसार लैंगिक समानताको लागि क्रान्ति गर्नुपर्छ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech