बैजनाथ गाँउपालिकाको सार्वजनिक सुनुवाइमा सात बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

 

बाँके/ बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ का जस शाहीले पूल निर्माणका बिषयमा गाउँपालिकाले के कति काम गरेको छ भन्ने बिषयमा चासो व्यक्त गरिन ।

उनले यस बर्षको बजेट कति छ भन्ने कुराको जानकारी मागीन । बैजनाथ गाउँपालिका वडा नम्बर ३ का काली बहादुर खड्काले गाउंपालिकाले औद्योगिक क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताउदै गाउँपालिकाले आफ्नो भूमिका खोज्नुपर्ने बताए ।

बैजनाथ गाँउपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा गाँउपालिका परिसरमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले सो जिज्ञासा राख्न पाएका हुन ।

साथै सहभागिहरुले विकास निर्माण ,शिक्षा,स्वास्थ्य ,कृषि , युवा ,बालबालिका तथा महिला सम्बन्धी कार्यक्रमबारे भइरहेको प्रगति अवस्था बारे आएका बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे सम्वन्धीत निकायका व्यक्तिहरुलाई प्रश्न गरेका थिए ।

उनीहरुको प्रश्नको जवाफ वैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल,उपाध्यक्ष सारदा रेग्मी विक,प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी,वैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुप बहादुर मल्ल,वडा नम्बर २ का वडाअध्यक्ष प्रेम बहादुर थापा,वडा नम्बर ३ का वडाअध्यक्ष राम चरण थारु,वडा नम्बर ४ का वडाअध्यक्ष काली बहादुर सिंह,वडा नम्बर ५ का वडाअध्यक्ष मन बहादुर खत्री ,वडा नम्बर ६ का वडाअध्यक्ष भद्र बहादुर बस्नेत,वडा नम्बर ७ का वडाअध्यक्ष सिताराम थारु ,वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारु लगायतले दिएका थिए ।

उठेका प्रश्न तथा जिज्ञासा र समाधानको आधारमा उक्त प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

आगामी आर्थिक बर्ष देखि गाँउपालिकाको सार्वजनिक सुनुवाई बर्षको तीन पटक र वडाको बर्षमा एक पटक गर्ने, बैजनाथको नौवस्तामा निर्माणाधिन औद्योगिक क्षेत्रको काम द्रुत गतिमा अघि बढाउन र त्यस क्षेत्रका नागरिकहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्ने, लक्षित बर्गको उत्थानका लागि गाँउपालिकाद्धारा सञ्चालन हुने सामाजिक समाबेशिकरण कार्यक्रम आगामी आर्थिक बर्ष देखि लक्षित बर्गको सहभागिता र वडाको समन्वयमा सञ्चालन गर्ने, वडा नम्बर ६ को भगवापुल को निर्माणका लागि आवश्यक पहल तथा समन्वय गर्ने, लैंगिक हिंसामा परेका महिलाहरुलाई आवश्यक पर्ने सहयोगमा गाँउपालिकाबाट गर्ने, गाँउपालिका भित्र रहेका घाईते, अपांगता भएका परिवारका वालवालिकाहरुलाई १२ कक्षा सम्म पठन पाठन गाँउपालिकाबाट गराउने र गाँउपालिका भित्रका स्थानिय कला, संस्कृतीको प्रबद्र्धन तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्जे प्रतिबद्धता गरिएको छ ।

बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा गरिएका प्रतिबद्धताहरुलाई कार्यक्रममा उपस्थित सरोकारवाला तथा सहभागिले तालि बजाएर अनुमोदन गरे पछि सुनुवाईमा सरोकारवालाको रुपमा आशिन गाँउपालिका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिक, प्रमुख प्रशसकिय अधिकृत दान बहादुर ऐडी, वडा अध्यक्षहरु, गाँउकार्यपालिका सदस्य, शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेको सुनुवाईमा बासले गाँउपालिकाको सेवा प्रवाहका बिषयमा गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा घोषणा बासका संयोजक रबिन्द्र बोहराले गरेका थिए ।

सुनुवाईमा सरोकारवाला र सहभागि बिचमा झण्डै अढाई घण्टा दोहोरो पश्नोत्तर चलेको थियो । सुनुवाईमा गाँउपालिकाका २५० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech