अपाङ्गतामैत्री छैनन् सरकारी विद्यालय

अध्ययनमा सन्दर्भ सामाग्री अध्ययन, अवलोकन, अन्तर्वार्ता, समूह केन्द्रित छलफल, अवस्था पहिचानलगायतका विधिहरु अवलम्बन गरिएको थियो ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेस्थित सरकारी विद्यालय समावेशी तथा अपाङ्गतामैत्री नभएको पाइएको छ । २०७७ माघ २५ गतेदेखि २०७७ फाल्गुण ४ गतेसम्म अपाङ्ग सशक्तीकरण एवम् सञ्चार केन्द्र (डेक) नेपाल, कोहलपुर, बाँकेले गरेको बाँकेस्थित सरकारी विद्यालयमा समावेशी तथा अपाङ्गतामैत्री अवस्था अध्ययनबाट सो तथ्य पाइएको हो ।

सरकारी विद्यालयमा समावेशी शिक्षाको कार्यान्वयन अवस्था आकलन गर्ने, सरकारी विद्यालयहरु अपाङ्गतामैत्री भए/नभएको बारे अध्ययन गर्ने, समग्रतामा अपाङ्गता भएका व्यक्तिहरुको विद्यालयसम्मको सहज पहुँचको अवस्था पहिचान गर्ने उद्देश्यले गरिएको अध्ययनमा अपाङ्गता भएका विद्यार्थीहरुलाई समुदायबाट विद्यालयसम्मको पहुँचको अवस्था, विद्यालयको प्रवेशद्वार, भवनको अवस्था, अपाङ्गतामैत्री भवन, शौचालय, खेलमैदानको अवस्था, अपाङ्गता भएका विद्यार्थीका लागि गरिएको व्यवस्था, कक्षाकोठाको अवस्था, अपाङ्गता भएका विद्यार्थीलाई बस्ने व्यवस्था, व्हीलचेयर प्रयोगकर्ताको लागि पर्याप्त ठाउँको अवस्था, अपाङ्गता भएका विद्यार्थीका लागि गरिएको संकेतको व्यवस्था, खानेपानी, सरसफाइ र स्वच्छताका लागि भएका व्यवस्था, प्रयोगशाला, पुस्तकालय, प्रार्थना गर्ने स्थल, प्रअ कक्षमा अपाङ्गता भएका विद्यार्थीको पहुँच, आपतकालीन निकाशद्वारको अवस्था, उपकरण, सामाग्रीहरुको उपलब्धता, अपाङ्गता भएका बालबालिकाका लागि विद्यालयले लागु गरेको रणनीति, विद्यालयले विद्यालयको समग्र विकासका लागि गरिरहेको पहल र अतिरिक्त क्रियाकलापका विषय हेरिएको थियो ।

बाँकेका श्री त्रिभुवन मावि कोहलपुर–१०, बाँके, श्री ज्ञानज्योति मावि, कोहलपुर–११, बगिया, बाँके, श्री राम मावि, कोहलपुर–१४, बाँके, श्री बिपी मेमोरियल, बैजनाथ–४, बाँके, श्री नेपाल राष्ट्रिय मावि, बैजनाथ–५, गुरुवागाउँ, बाँके, श्री शंकर मावि, बैजनाथ–७, टिटिहिरिया, बाँके, श्री नेपाल राष्ट्रिय मावि, खजुरा–३, मनकामना, बाँके, श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय, खजुरा–४, डि.गाउँ, बाँके, श्री जनसेवा मावि, खजुरा –६, गिजरा, बाँके, श्री नेपाल राष्ट्रिय मावि, खजुरा–७, गोधना, बर्गदी, बाँके, श्री जनता मावि, खजुरा–७, बठवा, बाँके र श्री नेपाल राष्ट्रिय प्रावि., खजुरा–८, चमकदारपुर, बाँकेको अध्ययन गरिएको थियो ।

अध्ययनमा सन्दर्भ सामाग्री अध्ययन, अवलोकन, अन्तर्वार्ता, समूह केन्द्रित छलफल, अवस्था पहिचानलगायतका विधिहरु अवलम्बन गरिएको थियो ।

अध्ययनबाट शिक्षक, विद्यार्थीहरुको संख्यामा अपाङ्गता भएका विद्यार्थीहरुको विवरण एकाध विद्यालयबाहेक अभिलेखीकरण नभएको, अपाङ्गता भएका विद्यार्थीलाई समुदायबाट विद्यालयसम्मको पहुँचमा असहजता भएको, विद्यालयको प्रवेशद्वार अपाङ्गतामैत्री नभएको, १२ वटै विद्यालयमा निर्माण भएका नयाँ भवन बाहेक अपाङ्गतामैत्री भवनहरु नभएको, नयाँ भवनहरु पनि पूर्ण रूपमा अपाङ्गतामैत्री नभएको, बनाइएका ¥याम्पहरु मापदण्ड बमोजिम नभएको पाइएको थियो ।

अधिकांश विद्यालयका शौचालय दुर्गन्धित, १२ वटै विद्यालयका शौचालय अपाङ्गतामैत्री नभएको, अपाङ्गता भएका विद्यार्थीका लागि खेलमैदानको व्यवस्था नभएको, भएको खेलमैदान समथल नभएको, गोरेटो र पद यात्राको अवस्था अपाङ्गतामैत्री नभएको, सहायक सामाग्रि अहोर, दोहर गर्न सक्ने अवस्था कुनै पनि विद्यालयमा नभएको, कुनै, कुनै विद्यालयका भवनहरुमा बनाइएका ¥याम्पबाट हिव्लचियर जान सक्ने भएता पनि मूल प्रवेशद्वार, कक्षा कोठा बाहिरको बाटो समथल नहुँदा समस्या भएको पाइएको थियो ।

अध्ययनले अपाङ्गता भएका विद्यार्थीहरुका लागि कुनै ठोस व्यवस्था नगरिएको, श्रोत कक्षा भएका विद्यालयबाहेक अन्य विद्यालयमा अपाङ्गता भएका बा(लबालिका नभएको भन्दै कुनै व्यवस्था नगरिएको, कक्षाकोठाको अवस्था अन्य प्रकारले उपयुक्त भए पनि अपाङ्गतामैत्री नभएको, अपाङ्गता भएका विद्यार्थीलाई बस्ने व्यवस्था अन्य सरहनैं भएको, व्हीलचेयर प्रयोगकर्ताको लागि पर्याप्त ठाउँ नभएको देखाएको छ । अपाङ्गता भएका विद्यार्थीका लागि कुनै प्रकारको संकेतको व्यवस्था नभएको, खानेपानी, सरसफाइ र स्वच्छताका लागि अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै व्यवस्था नभएको, १२ वटै विद्यालयका प्रयोगशाला, पुस्तकालय, प्रार्थना गर्ने स्थल, प्रअ कक्षमा अपाङ्गता भएका विद्यार्थीहरुको पहुँच नभएको, १२ वटै विद्यालयमा आपतकालीन निकाशद्वारको व्यवस्था नभएको, उपकरण, सामाग्रीहरुको उपलब्धताको अभाव भएको, अपाङ्गता भएका बालबालिकहरुका लागि विद्यालयहरुले छुट्टै रणनीति नबनाएको देखाएको छ ।

यसैगरी अध्ययनका क्रममा १२ वटै विद्यालयले विद्यालयको समग्र विकासका लागि पहल गरिरहेको, अतिरिक्त क्रियाकलापमा अपाङ्गता भएका बालबालिकालाई प्राथमिकता दिन थालेको, पाठयोजना र वार्षिक कार्यतालिकालगायतका योजना बनाउँदा अपाङ्गता भएका बालबालिकालाई प्राथमिकता दिन थालेको, विद्यालयमा सभ्य भाषाको प्रयोग हुन थालेको, धेरै विद्यालयका शिक्षकले समावेशी शिक्षा, अपाङ्गता अधिकारबारे प्रशिक्षण प्राप्त गरेको, १२ वटै विद्यालयमा अपाङ्गता भएका विद्यार्थीका लागि गैससबाट कार्य भइरहेको, अपाङ्गता अधिकार, समावेशी शिक्षाका लागि विद्यालयलाई सहयोग हुनुपर्ने तथ्य प्राप्त भएको छ ।

अध्ययनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सचिव भावुकजंग थापा र बासका कार्यकारी निर्देशक नमस्कार शाह संलग्न रहेका थिए ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech