लकडाउनमा कालोबजारी, कता हरायो सरकारी अनुगमन टोली

साबित्री गिरी

नेपालगन्ज/  वुधवार नेपालगन्जको बजारमा लकडाउनको हल्लाले निकै भिडभाड थियो । तरकारी देखि दैनिक उपभोग्य सामाग्री एक साताका लागि खरिद गर्न उपभोक्ताहरुलाई भ्याई नभ्याई थियो । यसको फाइदा अधिकाँश व्यापारीहरुले खुलेआम लिएका छन ।

छिनको —छिनमै मुल्य बढेको उपभोत्ताहरुको व्यापक गुनासो आएको छ । टोल छर छिमिकमा मुल्य बृद्धिको चर्चा चल्नुका साथै सामाजिक सञ्जालमापनि यस बिषयमा व्यापक बहस भएको छ ।
नेपालगन्ज रानी तलाउ स्थित तरकारी बजारमा वुधवार विहानको समयमा प्रति नम्बर १ सय २० रुपैया विक्री भएको आलु दिउँसोमा १ समयमा ८० र वेलुकाको समयमा २ सय ५० रुपैँया तिरेर किन्न वाध्य भएको आलु किन्न गएका नेपालगन्जका एक उपभोक्ता निर्मल रोकायले बताए ।

आलुमा गरिएको कालो बजारी एक उदाहरण मात्र हो । यस्तै काउली ,ठुलो खुर्सानी ,टमाटर ,भिण्डी ,करेला ,बोडी ,बन्दा लगायतका तरकारीमा पनि अघिल्नो दिनको तुलनामा चर्को मुल्य तिर्न वाध्य भएपछि उपभोक्ताहरु आक्रोसित भएका छन ।
नेपालगन्जको विपी चोक स्थित तरकारी बजारमा तरकारी खरिद गर्न पुगेका उपभोक्ताले पनि यस्तै समस्या झेल्नु परेको छ । कतिपय उपभोक्ताहरुले त महङगो भएपछि तरकारी नै खरिद नगरेर घर फर्किएको सुनाए । यस्तै नेपालगन्जकै पत्रकार चन्देश्वरराज त्रिपाठीले २५ रुपैया तिरको परवरलाई रु ४० मा किन्न परेकोमा दुःखेसो गरे ।

नेपालगन्जका मेराज सल्मानीले कागती प्रतिकिलो ४ सय रुपैँयामा बिक्री भइरहदा पनि सरोकारवाला निकाय मौन भएको बताएका छन ।
नेपालगन्जका गोविन्द खरेलले पनि प्याजको मुल्यमा गरिएको मुल्य वृद्धिले उपभोक्तालाई ठगेको महसुस भएको बताएका छन । उल्लेखित व्यक्तिहरु केही उदाहरणिय पात्र हुन् । नखुलेका कति छन् कति पीडितहरु ।


कुरा तरकारीको मात्र होइन खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य सामाग्रीमा पनि उस्तै कालोबजारी ह्वात्तै बढेको छ ।
नेपालगन्जका हार्दिक लामिछानेलाई लडडाउनको दिन विहिवार विहानभरी बजार डुल्दा समेत सिलिण्डर ग्यास पाउन धौ—धौ भयो । पछि एक पसलमा पुगेर कृत्रिम अभावका विषयमा चर्को आवाज उठाएपएपछि बल्ल उनले ग्यास पाए ।
नेपालगन्जका पत्रकार शंकर प्रसाद खनालले नुनमा भएको कालोबजारी बारे सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेका छन । दुई तिन ठाउँमा नुन हुँदा हुँदै पनि नदिएको उनको गुनासो छ । चौथौ स्थानमा गएर २५ रुपैयाँ तिरेर नुन किनेको उनले वताए ।

सामान्य अवस्थामा भन्दा लकडाउनको समयमा निम्न वर्गिय मानिसहरु झनै समस्यामा पर्ने गर्छन । विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि तोकिएको समयमा पनि उस्तै मनपरी भएको पाइएको छ । उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमका अनुसार, एकै दिनमा छिनको छिनमा मुल्य वृद्धि गर्न नपाइने र स्टक सामाग्रीलाई पनि मुल्य बढाएर बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको बताए । उनले मनपरी रोक्न प्रयासरत भएतापनि आखाँ छलेर मुल्य मेटेर सामाग्री बेच्ने गरेको बताए ।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले बजारको अवस्था बुझेर तत्काल समस्या समाधान गर्न लागि पर्ने बताइन । यसे बिषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मनपरी मुल्य गर्ने र उपभोक्ता ठगी गर्ने लाई ठाउँको ठाउँ कारबाही गर्ने बताए ।

लकडाउनको समय होस वा चाडर्पको समयमा नै किन नहोस मनपरी मुल्य वृद्धि हुदा निम्न आयँ भएका नागरिक सवैभन्दा धेरै मारमा पर्ने गर्छन । एकैदिनमा किन फरक —फरक मुल्य भनी व्यापारीलाई सोध्दा भारतबाट सामान नआएको प्रतिक्रिया दिएका छन । यद्यपि प्लान्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख थमन बहादुर कार्की वुधवार मात्र आलु ६६ मेट्रिकटन र १९ दशमलव २ मेट्रिकटन हरियो तरकारी जमुनाहा नाकाबाट भित्रीएको बताउँछन् ।

उनका अनुसार, यसमा आलु ,प्याज, टमाटर लगायत हरियो तरकारी रहेका छन । यस्तै लकडाउन भएको विहिवारका दिन दिउसो सम्म आलु २७ मेट्रिकटन र हरियो तरकारी साढे ११ मेट्रिकटन भित्राउनका लागि निवेदन परिसकेको छ । यसरी असहज परिस्थतीमा कालोबजारी हुनु र सरोकारवालाहरुको भुमिका नदेखिनु बिडम्वना हो, यस तर्फ सरोकारवालाहरुको ध्यान जाओस् ।

 

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech