यदि म वडा अध्यक्ष भएमा …

ईश्वर दाहाल

देशमा राजतन्त्र गणतन्त्र हुँदै लोकतान्त्रिक शासन व्यवस्था चलिरहँदा विगतमा यो व्यवस्थाका लागि भएको हिंसात्मक क्रान्तिले निम्त्याएको विनाशकारी दोन्दका बाबजुद हामी यो व्यवस्थामा आइपुगेका छौँ । देश संघीयता गइसकेपछि हामीले जनप्रतिनिधिका ५ वर्ष बिताइसकेका पनि बिताइरहेका छौ । तुलनात्मक रुपमा त्यो कर्मचारी तन्त्रले गरेको शाशन प्रणाली र त्यसले गरेका विकाद र अहिलेको जनप्रतिनिधिको विकासका विषयमा खुलेर बहस हुन थालेका छन यो सकारात्मक विषय हो । हामीले जनप्रतिनिधिविहीन अवस्थाबाट अहिले जनप्रतिनिधिको लोकतान्त्रिक निर्वाचन पश्चात् उनिहरुको विकासको मोडल पनि हेरिसकेका छौ यसले कस्तो प्रभाव पार्यो आम मानिसले आ आफ्नो किसिमले अनुभुति गरेका नै छन ।अबको निर्वाचनमा हामीले हाम्रो वडा गाउँ नगरपालिकामा हुने निर्वाचनमा जनताको घरदैलोमा आउने उम्मेदवारलाई सचेत र सजग बनाउनुपर्छ कि उनिहरुको विकासको मोडल के पहिलाको घोषणापत्र अनुरुप के कति विकासका काम भए के गर्न सकिन्थ्यो किन सकिएन र अब कसरी सकिन्छ भन्ने विषमा गहन छलफल पश्चात् मात्रै आफ्नो भोट दिने कुरा गरौं यसले उनिहरुलाइ जितेर पनि हामीले दबाब सिर्जना गर्न सक्छौं । यहाँ मैले केही चुनाबि योजनाहरु बनाएको छु यदि म वढा अध्यक्ष भएमा निम्न बुदागत रुमा नीति तथा कार्यक्रमको निर्माण गर्ने थिय यी प्रतिनिधिमुलक योजनाहरु हुन यसमा धेरै थपेर समुन्नत गाउँ बनाउन सकिन्छ तपाईं उम्मेदवारी दिने सोच बनानु भएका प्रतिनिधिले पनि अबको गाउँ वडाको चुनावी एजेन्डा निम्न लिखित अनुरुप हुनुपर्छ ।
चाहेमा हरेक वाडले यी काम गर्न सक्छन् तर गरेनन् । अब हामी गर्छौ ।
१) हरेक घाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क ।
२) सुत्केरी महिलालाई सुत्केरी खर्च र मृतक परिवारलाई दाहसंस्कारका लागि १०,००० रुपैयाँ सहयोगको व्यवस्था ।
३) अपाङ्ग, अशक्तहरुलाई वाडको सहयोगमा निःशुल्क शिक्षा ।
४) हरेक युवाहरुलाई निःशुल्क सीपमूलक तालिम र तालिम पश्चात् रोजगारीको ग्यारेन्टी ।
५) हरेक स्वास्थ्य चौकीहरुमा भरपुर औषधि र स्वास्थ्य स्वमसेवकहरुद्वारा घरघरमा गएर मासिक स्वास्थ्य परिक्षण ।
६) आफ्ना वाडभित्र रहेका सामाजिक तथा धार्मिक महत्व बोक्ने मठ÷मन्दिर, तलाउ, गुफा, चौतारी तथा धार्मिक स्थलहरुको प्रचार, सम्बर्द्धन र संरक्षण ।
७) खेल, कला तथा साहित्य क्षेत्रमा रुचि राख्नेहरुलाई निःशुल्क तालिम, कोष स्थापना, सम्मान तथा परिचयपत्रको व्यवस्था ।
८) ३० युनिटसम्म निःशुल्क विद्युत प्रयोगको व्यवस्था ।
९) आमा समूहहरुलाई लक्षित गरि स्वरोजगारी मुलक तालिमको व्यवस्था ।
१०) एक टोल एक उत्पादनमा जोड दिँदै कृषिमा भरपुर लगानी ।
११) ६० वर्ष माथिका हरेक नागरिकलाई द्वेमासिक रुपमा स्थानीय तथा आन्तरिक तीर्थ अवलोकन भ्रमण को व्यवस्था गर्ने ।
१२. जेष्ठ नागरिकको हेरचाह तथा उनीहरुको खुसीका लागि वडाले पारिवारिक मिलन कार्यक्रम राख्ने ।
१३ . उत्कृष्ट छोराछोरी घोषणा गर्ने उनिहरुका सफलता कथाहरु प्रकासन तथा प्रसारण गरी सम्मानित गर्ने ।
१४. आफ्नो गाउँ आफै बनाउ वडाको उत्पादन बढाउ अभियान सञ्चालन गर्ने ।
१५. वडाका सम्पूर्ण सहकारीको मुनाफामा सञ्चालित एक टोल एक पहिचान सहितको उत्पादन सञ्चालन गर्ने ।
१६. वडामा रहेका सामुदायिक तथा निजि स्कुलमा स्थानीय सम्पदाको धार्मिक साँस्कृतिक तथा ऐतिहासिक पहिचानको पाठ्यक्रम लागू गर्ने ।
१७ बालबालिकालाई जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
१८. विदेश बाट फर्केका दाजुभाइ तथा दिदीबहिनीको सीप र श्रमको पहिचान गरि वडामा नै लगानीको वातावरण सिर्जना गर्ने ।
१९ . सामुदायिक वन तथा वातावरणको संरक्षणको लागि वातावरणीय शिक्षा विस्तार गर्ने ।
२० मेरो स्वास्थ्य मेरो हातमा भन्ने अभियानमा कृषकलाई अर्गानिक खेति सहित रैथाने बालिमा अनुदान सहित बजार व्यापार को सुनिश्चित गर्ने ।
२१ गर्नहरेक नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने ।
माथि उल्लेखित बुदामा व्यापक रुपमा वडाका योजनाहरु समावेश गर्न सकिन्छ । हामीले आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा विगतको समिक्षा साथै वर्तमानको भावि नयाँ योजनाको निर्माण गर्नु जरुरी छ । प्रत्यक्ष रुपमा मतदाता आम नगरिकको मतले प्रभाव पर्ने र निर्वाचनमा निर्वाचित हुने हुनाले आफ्नो मतको सहि सदुपयोग गरि सक्षम सबल नेतृत्व छनौट गर्नु पर्दछ जसले अबको ५ वर्षको अन्तरालमा विकासका आयामहरु छर्न सकोस् ।
। तपाईहरु पनि आफ्नो वाड तथा नगरपालिकामा उठ्ने पार्टीका उम्मेदवार हरुलाइ प्रतिबद्धता पत्र बनाएर सामुहिक रुपमा सार्वजनिक हस्ताक्षर गर्न लागाउनुस ताकि जितेर उसले आफ्नो प्रतिबद्धता हेरेर जनमैत्रि विकास गर्न दबाब पुगोस् ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech