तिन दिने क्षमता अभिबृद्धी तालिम समापन

असल शासन प्रतिनिधि

धनगढी / सुदुरपश्चिमको धनगढीमा सञ्चालीत तिन दिने क्षमता अभिबृद्धी तालिम आईतबार समापन भएको छ ।
युनिसेफ नेपालको सहयोग तथा बास नेपाल र टिपीओ नेपालको संयुक्त आयोजनामा सामुदायिक मनोसामाजिक कार्यकर्ता र समुदायमा अग्रपंतिमा रहेर काम गरिरहेका युवा स्वयम्सेवकहरुको सहभागितामा सञ्चालीत उक्त तिनदिने तालिम सम्पन्न भएको हो ।


तालिमको समापनमा बोल्दै युनिसेफ नेपाल फिल्ड कार्यालय नेपालगन्जका प्रमुख दिपक श्रेष्ठले तिन दिने तालिमबाट समुदाय स्तरमा काम गरिरहेका मनोसामाजिक कार्यकर्ता र युवा स्वयम् सेवकहरुको क्षमता अभिबृद्धी भई गरिरहेको काममा थप सहजता आउने विश्वास ब्यक्त गरे । सो क्रममा उनले युनिसेफ नेपालको परिचयसँगै युनिसेफले गरिरहेका कामहरुको बारेमा जानकारी गराएका थिए । तालिममा सुदुरपश्चिमका विभिन्न जिल्लाको सहभागिताले एक आपसमा अनुभव आदान प्रदान भई बाल संरक्षण र लैंगिक हिंसा न्यूनीकरणको अभियानमा थप टेवा पुग्ने उनको विश्वास थियो । जिल्लामा बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणको लागि काम गर्ने अभियन्ताको रुपमा आफुलाई चिनाउने अवसर भएकाले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सबै सहभागिलाई उनले अपिल गरे ।


यसैगरी तालिममा बोल्दै युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कुंगा सन्दुप लामाले जोखिममा रहेका महिला तथा बालवालिकाहरुको पहिचान गर्न र उनीहरुको संरक्षण गर्न तालिम उपयोगी हुने ।
तिन दिने तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि धनगढी उपमहानगरपालिका नगर स्तरीय बाल क्लब संजालकी अध्यक्ष लक्ष्मी जोशीले तालिमको तिन दिन निकै उपलब्धी पूर्ण रहेको प्रतिक्रिया दिईन् । तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्ने उनको प्रतिबद्धता थियो । यसैगरी तालिमका अर्का सहभागि केशब बोहराले हाल कोबो टुल मार्फत काम गर्दै आएको बताउदै तालिमबाट घट्ना पहिचान र समाधानका लागि के गर्ने भन्ने बिषयमा थप जानकारी हासिल भएको बताए । उनले तालिमबाट व्यक्तिगत क्षमता अभिबृद्धीसँगै शिप विकास भएको र त्यसको व्यहारिक रुपमा प्रयोग गर्ने प्रतिबद्धता गरे ।
यसैगरी बास नेपालका हेमराज भट्टले सहभागिहरुको सक्रियताले तालिम सफलतापूर्बक सम्पन्न भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । उनले तालिमबाट सिकेको शिपलाई कार्यक्षेत्रमा पूर्ण रुपमा लागु गर्न सबै सहभागिहरुलाई अनुरोध गरे ।


जेष्ठ १३ गते देखि १५ गते सम्म सञ्चालीत तालिममा मनोसामाजिक समस्या, मनोसामाजिक सहयोग, बालवालिकामाथि गरिने अत्याचार, दुव्यवहार, हिंसाले पार्ने असर, भेदभाव, प्राथमिक मनोवैज्ञानिक सहयोग लगायतका विभिन्न बिषयमा टिपीओ नेपालका सहजकर्ता जितेन राई र दिनेश भट्राईले सहजिकरण गरिरहेका छन् । तालिममा सुदुरपश्चिम प्रदेशका ७ ओटा जिल्लाका मनोसामाजिक कार्यकर्ता, युवा स्वयम्सेवक गरी २० जनाको सहभागिता रहेको थियो ।

 

  • १६ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech