रुपान्तरणले जीवनमा ल्यायो परिवर्तन

असल शासन प्रतिनिधि

कैलाली/ धनगढी उपमहानगरपालिका–७ देवरीया राना गाउ“की रन्जना रानाको १५ वर्षकै उमेरमा विवाह भयो । भर्खर ९ कक्षामा अध्ययनरत रन्जनाको स्नातकसम्म अध्ययन गर्ने धोको थियो । विवाहपछि जेनतेन गरेर गाउ“कै शिव माध्यामिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरेकी उनको स्नातक पढ्ने सपना अधुरै रह्यो ।

आर्थिक अभावका कारण पढाउन नसकिने भन्दै घर परिवारले विवाह गर्दिएपछि रन्जना श्रीमानको घरव्यवहार सम्हाल्दै आएकी छन् । उनि आफ्नो पढ्ने सपना अधुरै रहेकामा चिन्तित छिन् ।

यस्तै धनगढी–७ राना गाउ“कै रोसनी राना १५ वर्षकी भइन् । शिव माध्यामिक विद्यालयबाटै ७ कक्षासम्म अध्ययन गरेकी उनले आर्थिक अभावकै कारण विद्यालय छोड्नु परेको छ । घर परिवारले माथिल्लो कक्षासम्म पढाउन् नसकिने भनेपछि उनले विद्यालय छोडेको सुनाउँछिन् ।

रोशनी अहिले गाउ“मा अन्य मानिसहरुसंगै दैनिक ज्यालादारीमा मजदुरी गर्न जान्छिन् । सँगैका साथीहरु विद्यालय गएको देख्दा आफूलाई स्कुल जान नपाएकोमा दुख्ख लाग्ने गरेको उनले सुनाइन् ।

रोशनी जस्तै गाउ“कै १७ वर्षीया राम दुलारी रानाले पनि ९ कक्षाबाटै पढाइ छोडिन् । उनले पढाई अधुरै छोड्नुको कारण पनि पारिवारिक आर्थिक अवस्था कमजोर हुनु हो । उनी पनि अहिले विद्यालय छोरेर दैनिक ज्यालादारीमा मजदुरी गर्न जाने गरेको सुनाउँछिन् ।
उनीहरु जस्तै राना चौधरी समुदायका धेरै किशोरीहरुले आर्थिक अभावकै कारण बीचमै पढाइ छोड्नु परेको छ । धनगढी उपमहानगरपालिका–७ का देवरीया, रानागाउ“, गौडी, मनेहराका विद्यालय छोडेका अधिकांश किशोरीहरुको समस्या उस्ताउस्तै छ ।
यसरी विद्यालय शिक्षाबाट वञ्चित भएका किशोरीहरूका लागि युनिसेफको सहयोगमा बागेश्वरी असल शासन (बास) नेपालले धनगढीमा रुपान्तरण कक्षा सञ्चालन गरेको छ । धनगढी उपमहानगरपालिकाभित्र चार समूहमा गरी जम्मा १०० जना किशोरीहरुलाई सहभागी गराउने उद्देश्यका साथ रुपान्तरण कक्षा सुरु गरेको हो । रुपान्तरण कक्षाले शिक्षाबाट वञ्चित भएका किशोरीहरूका साथै पढाइ बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणा दिई उचित शिक्षा दिई उनीहरूकको भविष्य तथा जीवन उज्ज्वल बन्न मद्दत पुग्ने छ ।

प्रत्यक्ष रूपमा शिक्षा दिन नसकेपनि जीवनोपयोगी सीप र व्यवहारिक ज्ञान प्रदान गरी जीवनको बाटो पहिल्याउन सिकाउने उद्देश्यका साथ किशोरीहरूका लागि रुपान्तरण कक्षा आयोजना गरिएको बासका प्रदेश संयोजक पाण्डव पुजाराले बताए । रुपान्तरण कक्षा उद्घाटन कार्यक्रयमा बोल्दै संयोजक पुजाराले बासले सुदूरपश्चिममा बाल संरक्षण कार्यक्रममार्फत् उक्त कक्षाहरु सञ्चालन भइरहेको बताए ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष सीताराम रानाले आफ्नो वडामा सञ्चालन भएको उक्त कार्यक्रम प्रशंसनीय भएको बताए । उनले भने,‘म मेरो वडाका हरेक किशोरीहरुले उचित शिक्षा पाउनुपर्ने पक्षमा छु, किशोरी शिक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्छ । तसर्थ, किशोरी शिक्षा उचित भएमा केही हदसम्म समस्याबाट महिलालाई छुटकारा दिलाउन सकिन्छ ।’ धनगढी बजार बाहिरका गाउ“हरुमा किशोरीहरुले विद्यालय छोड्ने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
यस्तै शिव माध्यामिक विद्यालयका प्रध्यानध्यापक नन्दलाल रानाले राना चौधरी समुदायमा देखासीकी र विभिन्न अभावका कारण बाल्यकालमै विवाह गरिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले आफ्नो विद्यालय १० कक्षासम्म मात्रै भएको र माथिल्लो शिक्षाको लागि अर्को विद्यालय गएर पढ्न नसक्ने अवस्थाको कारण किशोरीहरुले विद्यालय छोड्ने क्रम बढेको बताए ।

यस्तै शिक्षिका गीता सोडारीले बाल विवाह बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले आपूmलाई चिन्ने, साथी संगीमाझ रमाउने, संसार बुझ्ने, तथा व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले सो को बारेमा सजग तथा सावधानी गराउनु पर्ने बताइन् ।

उनले रुपान्तरण कक्षाले विद्यालय नगएका किशोरीहरूलाई विद्यालयमा भर्ना भएर नियमित रूपमा पढ्ने वातावरण सिर्जना गर्ने बताइन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech