नेपालगन्ज/ कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका अधिकारीहरुले खजुरा स्थित कपास बिकास समिति बाँकेको निरिक्षण गरेका छन् ।
मन्त्रालयका उपसचिव निर्मल न्यौपाने, उपसचिव बिष्णुहरि उपाध्याय, शाखा अधिकृत जगत भुसाल लगायतले कपास बिकास समितीको निरिक्षण गरेका हुन् ।
निरिक्षणको क्रममा समितीका कार्यकारी प्रमुख बुद्ध बहादुर थापाले कपास बिकास समितीबारे जानकारी गराएका थिए । निरिक्षणमा कपास बिकास समितीका अध्यक्ष हेमन्त राज काफ्लेको उपाथिती रहेको थियो ।