मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार समाजसेवी ज्ञवालीलाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज/सुप्रसिद्ध समाजसेवी मोहम्मदी सिद्दिकीको सम्मानमा स्थापित मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार—२०७९ समाजसेवी सरिता शर्मा ज्ञवालीलाई प्रदान गरिएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले स्थापना गरेको अक्षय कोषबाट यो बर्षको पुरस्कार शर्मा ज्ञवालीलाई प्रदान गरिएको हो ।

सामाजिक सेवा दिवस २०७९ को सन्दर्भमा गैसस महासंघ नेपाल बाँकेको आयोजनामा असोज १३ गते सम्पन्न दिगो बिकास र समृद्ध समाजका लागि गैससहरुको योगदान बिषयक अन्तरक्रिया कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

महासंघद्वारा आयोजित पुरस्कार प्रदान कार्यक्रममा ज्ञवालीलाई नगद राशि रु. ११ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा, गैसस महासंघ नेपाल बाँकेका संस्थापक अध्यक्ष किरण कोईराला, पूर्ब अध्यक्ष पूर्णलाल चुके, महासंघका अध्यक्ष नमस्कार शाह लगायतले उक्त सम्मान गरेका थिए ।

महासंघले सिद्धिकीको सम्मानमा उक्त पुरस्कार व्यवस्थापनका लागि सिद्धिकीकी बहिनी तथा गैसस महासंघ नेपाल बाँकेकी कार्य समिति सदस्य मैमुना सिद्धिकीको संयोजकत्वमा ५ सदस्सिय समिति गठन गरेको थियो ।

असोज ६ गते मनाईने सामाजिक सेवा दिवसमा सामाजिक सेवामा उत्कृष्ठ कार्य गर्ने बाँके स्थित एक सामाजिक संस्था वा समाजसेवीलाई नगद सहित सम्मान प्रदान गर्ने निर्णय बमोजिम यसै बर्ष देखि पुरस्कार प्रदान गर्न शुरु गरिएको हो ।

२०११ असोज १० गते जन्मिएका ज्ञवालीले २०४२ साल देखि रक्तदान गर्न शुरु गरि हाल सम्म ७७ पटक रक्तदान गरिसकेकि समाजसेवी हुन् । उनी नेपालमैं सबै भन्दा बढि रक्तदान गर्ने महिला रक्तदाता हुन् । साथी संस्था नेपालगञ्जको संस्थापक सदस्य रहेकि उनी २०५२ साल देखि अनवरत रुपममा महिला हिंसा र मानव बेचबिखन बिरुद्ध क्रियाशिल रहँदै आएकि छन् । उनले संस्थाको साधारण सदस्य, कार्य समिति सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेकि छन् । हाल ज्ञवाली नेपाल रेडक्रस सोसाईटी बाँके बगिया उपशाखाको उपाध्यक्ष, जेष्ठ नागरिक समाज नेपालगञ्ज १० की उपाध्यक्षको जिम्मेवारीमा छन् ।

सम्मान प्राप्त गरि सके पछि बोल्दै समाजसेवी ज्ञवालीले सम्मान पाउनका लागि काम नगरेता पनि समाजले कामको मुल्याँकन गरेकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्—आफ्नो ईच्छा अनुसार रगत नपाएर असहज अवस्थामा पुगेका व्यक्तिहरुका लागि रगतदान गर्न शुरु गरि लामो समय रक्तदान गरें, मानव बेचबिखन बिरुद्ध, लैंगिक हिंसा बिरुद्ध काम गरिरहेको छु ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले हरेक व्यक्तिको क्रियाशिलताले समाजको बिकास हुने बताए । मान्छे उमेर सक्रियता र क्रियाशिलताले निर्धारण गर्ने बताए ।

कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेकी संस्थापक अध्यक्ष किरण कोईरालाले सामाजिक संघ संस्थाहरुको समाजको अभिन्न अंग भएको बताईन् । कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष पूर्णलाल चुके, सल्लाहकार मानव अधिकारकर्मी भोला महत, महासंघका लुम्विनी प्रदेश सदस्य शंकर शर्मा न्यौपाने लगायतले बोलेका थिए ।

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष निर्मला सुनारले गरेकि थिईन् भने कार्यक्रम सञ्चालन सचिव आशिष बर्माले गरेका थिए ।

को हुन् सिद्धिकी ?
वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुनमिसाक सिद्दिकीको कोखबाट भारतको गोरखपुरमा जन्मिनु भएकी सिद्दिकीबाट आम नागरिकहरु प्रभावित थिए । २०४८ साल देखि अनवरत समाज सेवा र राजनीतिमा जीवन व्यतित गर्नुभएकी मोहम्मदि सिद्धिकीको बिश्वव्यापी रुपमा फैलिएको कोभिडको दोश्रो महामारीमा कोभिडको संक्रमणबाट अल्पआयुमैं निधन भएको थियो ।

राजनीति र समाजसेवालाई सँग, सँगै तर एक, अर्कालाई नजोडेर गर्दै अघि बढेकि उनले २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साविक नेपालगन्ज नगरपालिका–९ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट चार जना पुरुष उमेदवारलाई पराजित गर्दै विजयी भएकि थिईन् ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको उपमेयरको उमेदवार बनेकि उनी २०६४ सालको संविधान सभामा संविधान सभाको सदस्य बनेकि थिईन् ।

बिभिन्न संघ, संस्थामा आवद्ध सिद्धिकी गैर सरकारी संस्था नेपाल महासंघ बाँकेको सल्लाहकार समेत रहेकि थिईन् । सिद्धिकीको सम्झना र सम्मानमा महासंघले यस अघि स्मारिका प्रकाशन गरिसकेको छ ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech