प्रकाशसँग ‘जम्काभेट’

माधव कार्की

प्रकाश नेपाली
अध्यक्ष
सामुदायिक सशक्तीकरण मञ्च (कमिट नेपाल) नेपालगन्ज

तपाइँको नेतृत्वमा रहेको संस्थाले हाल के के कार्यक्रम संचालन गरिरहेको छ ?
०६२ साल कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएर दलित समुदाय अल्पसंख्यक समुदायको लागि हक अधिकारको सुनिश्चितता लागि पहल पैरबी गर्दै आएको संस्था हो । दलित समुदायमा पनि विशेष गरेर एकदमै पछाडि पारिएको बादी समुदायलाई शैक्षिक, राजनैतिक र विभिन्न किसिमका आयआर्जनमूलक कार्यक्रमहरु गरी उनीहरुको जीवन रुपान्तरणको लागि काम गर्ने गरेका छौं । शुरुमा आफ्नै सहयोगमा जनचेतना जगाउने कार्यक्रमहरु गर्दै आएका थियौें र बिस्तारै स्थानीय निकायको सहयोगमा बादी समुदायमा विभिन्न रोजगारमूलक कामहरु र जनचेतना फैलाउँदै आएको छौं । विशेष गरेर उनीहरुलाई आयआर्जनमूलक काम गर्न उत्प्रेरणा दिँदै आएको र त्यसका साथै शिक्षामा समेत उनीहरुलाई पठनपाठनतर्फ अगाडि बढाउन काम गर्दै आएको छौं । कम स्वीजरल्यान्डको सहयोगमा बादी समुदायका २५ जना लाई छात्रवृत्तिमा पठनपाठनको व्यवस्था गरेका छौं । त्यसमध्ये ६ जना नानीलाई ब्याचलर पढ्दै गरेका छन् भने ४ जना नानीहरुलाई विभिन्न संस्थामा सुपरभाइजरको रुपमा काम गर्दै आएको छन् । राज्यको पहुँचमा बादी समुदायलाई कसरी पु¥याउन सकिन्छ भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गोष्टी गरेर स्थानीय स्तरमा पैरबी समूह भनेर गठन गरेका छांै । युवा समूह, महिला समूह गठन गरेर अगाडि बढाई रहेका छौं । बादी समुदायहरु भूमिहीन भएका छन् र उनीहरुलाई स्थानीय सरकारसँग भूमिको लागि जनता आवास कार्यक्रम गर्दै आएको छ । विशेष गरी बादी समुदायलाई माथि उठाउन हामीले प्रयास गरिरहेका छौं ।

यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायसँग रहेको छ ?
अन्तर्राष्ट्रिय स्तरमा ओएसएफ र शिक्षाको छेत्रमा कम स्वैजरल्यान्ड्सँग हाम्रो सहकार्य रहेको छ भने गैरसरकारी संस्था, स्थानीय पालिकाका साथै विभिन्न स्थानीय संघ संस्थाको सहयोग तथा सहकार्य रहेको छ ।

यहाँहरुले कसका लागि कहाँ कहाँ काम गर्नु हुन्छ ?
बाँके र बर्दिया जिल्ला कोहलपुर, राप्तीसोनारी, बारबर्दिया, राजापुर र नेपालगन्ज नगरपालिकामा रहेका बादी समुदायमा सानालाई शिक्षा र ठूलालाई उनीहरुको अधिकारको लागि काम गरेका छौं ।

हालसम्म गरिएका उल्लेखनीय कार्यहरु के के हुन् ?
नगरपालिका र गाउँपालिकासँग सहकार्यमा बादी समुदायलाई आयआर्जनको लागि खुद्रा पसल बाख्रा पालन, बँगुर पालन, कुखुरा पालनको लागि सहयोग गरेका छौं । आर्थिक अभावका कारण पढ्न नपाएकाहरुले पढ्न पाएका छन् । कम स्वीजरल्यान्डको आर्थिक सहयोगमा १०५ जना लाभान्वित छन् भने लक्षित वर्गका ५२५ घर धुरी ओगटिएको छ । आर्थिक सहयोगमा १०५ जना लाभान्वित छन् ५२५ घरलाई ओगटेको छ ।

सामाजिक क्षेत्रमा कार्य गर्दा के के चुनौतीहरु सामना गर्नु परेको छ ?
यो समुदायलाई समाजले हेर्ने दृष्टिकोण नै गलत भएकाले काम गर्न गाह्रो छ । बादी समुदायलाई नि अरु समुदाय जसरी अगाडि ल्याउन नसक्नु नै चुनौतीको विषय रहेको छ । राज्यद्वारा नै दलित समुदायलाई बेवास्ता गरे जस्तो देखिन्छ ।

आगामी कार्यक्रम र योजनाहरु के के हुन् ?
नेपाल अधिराज्य भरी जहाँ जहाँ बादी समुदाय रहेका छन् त्यहाँ त्यहाँ हामी पुगेर काम गर्ने गरेका छौं र गर्छौ । रास्ट्रिय स्त्तरमा हामी बादी समुदायको प्रतिनिधित्व हुने गरी काम गर्ने छौं । दाङमा पनि शाखा रहेको छ कमिट नेपालको समन्वय रहेको छ ।

अन्तिममा के भन्नुहुन्छ ?
असल शासन मिडियासँग सम्बन्ध राम्रो छ, बेला बेला पढ्ने गर्छु । यस मिडियासँग समन्वय रहँदै आएको छ । राम्रो हुँदै जाओस् ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech