जानकीको विकासप्रति नागरिकको चिन्ता

असल शासन प्रतिनिधि

बिभिन्न ७ बुदे प्रतिबद्धता ब्यक्त गर्दे जानकी गाउँपालिकाका बाँकेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा २०७९ फागुन २६ गते सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । सुनुवाइमा नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै गाउँपालिकासंग विकासका बिभिन्न माग राखेका थिए ।

गाउँपालिका भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । बाटो घाटो, सडक र पुलको समस्या संगै सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षाको गुर्णस्तर, लागुपदार्थ दब्र्यशनको समस्य, खेलकुद, सामाजिक विकास, लक्षित वर्ग उत्थानका कार्यक्रम लगायतको विषयमा नागरिकहरुले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरेका थिए । जानकी गाउँपालिकाको प्रांगणमा भएको सार्वजनिक सुनुवाईमा प्रश्न गर्ने अधिकाँस सहभागिहरुले पालिकाको सामाजिक विकास, बाटो, घाटो, सडक र पुल पुलेसा, नाला निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै गएको भएपनि अझैं धेरै ठाउँहरुमा बाटो, सडक तथा पुलको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो । नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष छब्बन खाँले पालिका भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माणमा गाउँपालिका लागिपर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले बाटो तथा सडक निर्माण हुन बाँकी क्षेत्रमा यो अर्को आर्थिक वर्षभित्र निर्माण गर्ने बताए । उनले भने “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुर्दै जान्छ बाँकी कामहरु आगामी दिनमा गर्ने योजना बनाएर अगाडी बढेका छौं ।”

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्षहरु र बिभिन्न शाखाका शाखा प्रमुखले सहभागिहरुले गरेको प्रश्नको जवाफ दिएका थिए । सुनुवाइमा उठेका सवालहरुलाई समेटेर ७ बुदे साझा सार्वजनिक प्रतिवद्धताको घोषण गरिएको छ । ब्यक्त गरिएका प्रतिवद्धताहरुमा गाउँपालिका भित्र रहेका भुमिहिन सुकुम्बासी र भुमिहिन दलितको तथ्याँक छुटेको भन्ने गुनासो आएकाले चैत्र मसान्त भित्र सम्पुर्ण तथ्याँक संकलन गर्ने, गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ लगायतमा वेवारिसे अवस्थामा रहेका खानेपानी पाइपको संरक्षण गर्ने तथा खानेपानी संस्थानसंग समन्वय गरी समस्या समाधान गर्ने, न्यायिक समितिमा दर्ता भएका मुदाहरु लामो समय सम्मपनि निष्कर्षमा नपुगेको भन्ने गुनासो आएकाले न्यायिक समितिको कामलाई थप प्रभावकारी र छिटो छरितो रुपमा फैसला गर्ने गरी व्यवस्था मिलाउने, लक्षित वर्ग उत्थान कार्यक्रमका लागि बिनियोजन गरिएको वजेट रकमान्तर गरी अन्यन्त्रै खर्च गरेको र सार्वजनिक सूचना मार्फत नभएको पाइएकाले आगामी दिनमा खुल्ला सूचना आब्हान गरी सक्षमताका आधारमा संस्था छनौट गरी लक्षितवर्ग कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने, गाउँपालिकाभित्र संचालित योजनाहरुको प्रभावकारीताका लागि अनुगमन गर्ने र सम्पन्न हुन बाँकी योजनाहरु असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम गर्ने, गाउँपालिकाको गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने, वडा नम्बर ६ को नहरमा पुल निर्माणको काम दुइ महिनाभित्र समाधान गर्ने, सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरुलाई सहज र बिना झन्झड भत्ता वितरण गर्न वडा मार्फत सहजिकरण गर्ने, गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गर्दा योजना तर्जुमा प्रक्रियाका सबै प्रक्रिया पुरा गरी सहभागितामुलक योजना छनौट गर्ने रहेका छन् ।

बासका केन्द्रीय कार्यबाहक अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाउँपालिकाले गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा जानकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले प्रस्तुत गरेका थिए । बासका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिऐ । सुनुवाइमा ३८० बढि स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech