सरसफाईयुक्त जिल्ला हाम्रो अभियान

असल शासन प्रतिनिधि

बालिका रावत
सामुदायिक सशक्तिकरणका लागि साझा प्रयास (केश) बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६६ असोेज ६ गते जिल्ला प्रशासनमा कार्यालयमा बिधिवत रुपमा दर्ता गरेर महिला, बालबालिका, अपाङ्गता भएका ब्यक्तिहरुका हक अधिकारका लागि उनीहरुलाई संगठित बनाएर समुह गठन गर्ने देखी उनीहरुको बृद्धिबिकासका लागि सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको संस्था हो केश नेपाल । एकल महिलाहरुका लागि उनीहरुलाई स्वरोजगार मुलक बनाई उनीहरुको आय आर्जनमा बिकास गर्न बिभिन्न सिपमुलक तालिम जस्तै ब्युटिपार्लर, कुसन तालिम, बुटिक, सिलाईकटाई तालिमहरु दिदै आएको छ । तालिम पश्चात उनीहरुलाई ब्यवसायमा लाग्न, उत्प्रेरित गर्न उनीहरुलाई उद्यमशिलता तालिमका साथै बाँके जिल्लालाई सरसफाईयुक्त जिल्ला घोषणा गर्नका लागि टोल तथा वडा सरसफाई अभियान पनि सञ्चालन गर्दै आएका छौं । घरको फोहोर बाहिर नफालेर घरमै एकै ठाउँमा राखेर सरसफाईको गाडिमा राख्ने बानीको बिकास गराउनको लागि कार्यक्रमहरु गर्ने गरेका छौं । त्यसका अलावा बाबुआमा नभएका बालबालिकाका साथै लक्षित बर्गलाई सचेतनामुलक तालिमहरु दिदै आएको छौं ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– नेपाल सरकारका बिभिन्न निकाय तथा स्थानिय पालिका र सम्बन्धित वडा कार्यालयहरुसँग सहकार्य रहँदै आएको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– राज्यबाट प्राप्त हक अधिकार बाट बञ्चित पिछडिएका सबै क्षेत्रका महिला तथा बालबालिकाको र अपाङ्गता भएका ब्यक्तिहरुको लागि बाँकेका राप्तीसोनारी, खजुरा गाँउपालिका, डुडुवा, कोहलपुर र नेपालगञ्जमा काम गर्दै आएका छौं भने दलित महिलाहरुको लागि ३ बर्ष सुर्खेतको बिरेन्द्रनगर सम्म काम गरेका छौं ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन् ?
– उल्लेखित कार्यहरु भन्नुपर्दा हामीले पैरबी तथा सचेतना तालिम दिएका ब्यक्तिहरुले हाल आएर ब्यबसाय सञ्चालन गर्दै आएकाछन् । ३० जना युबतीहरुलाई कुक तालिम दिन सफल भएका छौं भने जस्मा ५ जना ब्यक्तिहरु बैदेशिक रोजगारीमा देश बाहिर गएका छन् । पटक पटक साईकल सर्भिसिङ तालिम दिएका मध्य केही ब्यक्तिहरुले साईकल पसर खोलेर बसेका छन । यसै संस्थाबाट पैरबी गरेर सक्षम भएका ब्यक्तिहरु बिभिन्न क्षेत्रमा नौकरी गरिरहेका छन् ।
५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– शुरुवातीको चरणमा समुदायमा कार्यक्रम गर्न जाँदा समाजले लखेटेको थिए त्यस्ता चुनौतीहरुको सामना भोग्दै आएको यस संस्थाका चुनौती त थुप्रै छन जस्मा आर्थिक चुनौतीनै सबै भन्दा ठूलो चुनौति हो ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– हाल सम्म सस्थाले गर्दै आएका काहरु लाई निरन्तरता दिने देखी जिल्लालाई सरसफाईयुक्त जिल्ला घोषणा गर्ने देखी हाम्रै कार्यक्रमको दायरा बढाएर अन्य पालिकाहरुमा पनि जाने, स्थानिय सरकारको सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

७. अन्तमा के भन्नुहुन्छ ?
अन्तमा सबैलाई बिकृति बिसंगतिका बिरुद आवाज उठाउन अनुरोध गर्दछु ।

– माधव कार्की

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech