देबिदत्तको संघर्षमय यात्रा

गाउँदेखि राजधानीसम्म

नमस्कार शाह

देबिदत्त आचार्य चिरपरिचित नाम हो । अधिकारकर्मी, अभियानकर्मी आचार्य अपाँगता अधिकार स्थापनाका लागि संघर्षरत व्यक्तिको नाम हो । २०३८ साल जेष्ठ १० गते बुवा काली प्रसाद र दुदा आचार्यको कोखबाट जन्मेका आचार्यले शिक्षा बिषयमा स्नातक गरेका छन् ।

लाम्र गा.वि.स. वडा नम्वर ६ हिमा गाउँ जुम्लामा जन्मेका उनले दुर्गा उच्च मा।वि। लाम्रा, जुम्लाबाट माध्यामिक शिक्षा हासिल गरेका हुन् ।

जम्मेको ५ बर्षमा पोलियोको कारण शारिरीक रुपमा अपांगता भएका आचार्यल अपांगता भएकै कारण जम्मेको ९ वर्षमा मात्रै प्रारम्भिक शिक्षा शुरु गर्न पाएका थिए ।अपांगता भएका व्यक्तिहरुको अधिकार प्राप्तिमा प्रभावकारी वकालत गर्न सक्ने क्षमता भएका आचार्य कानुनको राम्रो अध्यता हुन् । स्थानीय श्रोत परिचालन र अपांगता भएका व्यक्तिहरुको अधिकार र सवालहरुमा वकालत गर्ने कमै व्यक्तिहरु मध्येका एक हुन् आचार्य ।

२०५१ साल देखि हाल सम्म अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि अभियान सञ्लालन गर्दै आएका उनी हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय अध्यक्ष छन् ।

ग्रामिण भेगबाट संघर्ष गर्दै अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल गैरसरकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालको केन्द्रीय अध्यक्षमा २०७९ मंसिर १३ र १४ गते नेपालगन्जमा सम्पन्न महासँघको ९ औं महाधिबेशन तथा २१ औं साधारणसभामा निकटतम प्रतिद्वन्दी गणेश बहादुर खत्रीलाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

दुई दशक देखि अपांगता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल आचार्य बिभिन्न समूहहरूमा आबद्ध हुँदै सामाजिक संस्थाहरुमा संलग्न भएका हुन् । अधिकारमुखि अवधारणा बिज्ञ मानिने आचार्य सामुहिक वकालतमा अब्बल मानिन्छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको समाजमा मर्यादित एवं सक्रिय सहभागिता वढाउदै सार्थक नागरिक स्थापित गराउने जीवनको लक्ष्य लिएर अघि बढेका उनले राष्टिय अपाङ्ग महासंघ नेपालको मध्यपश्चिम क्षेत्रिय समितिको अध्यक्ष भएर २०६० श्रावण देखि २०६८ सम्म काम गरेका थिए । सो पूर्ब उनी महासंघको मध्यपश्चिमाञ्चल कोषाध्यक्ष थिए । उनले अपाङ्गता र विकासका लागि क्रियाशिल नेपाल, काठमाडौंको कोषाध्यक्ष भएर २०७० देखि २०७२ सम्म काम गरे भने अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र नेपाल नामक संस्था २०६४ मा उनैले स्थापना गरे । उक्त संस्थाको संस्थापक अध्यक्ष रहेका उनले एक बर्षमैं सो सो पद हस्तान्तरण गरेर २०६५ मा उनले संस्थाको व्यवस्थापन कमाण्ड सम्हाले । हाल सम्म सो जिम्मेवारीमा उनी रहेका छन् । उनकै नेतृत्वदायि भुमिका र चुस्त व्यवस्थापनका कारण अहिले सो संस्था नेपालको नामि संस्था भएको छ ।

सो संस्था स्थापना हुनु पूर्ब उनी अपाङ्ग नवजीवन केन्द्र, कोहलपुर वाँकेमा आबद्ध थिए । सो संस्थामा उनले सह सचिव, कोषाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी समेत बहन गरेका थिए । २०५६ देखि २०६४ सम्म आचार्यले उक्त संस्था मार्फत अपाँगता अधिकारका क्षेत्रमा काम गरेका थिए । २०७३ देखि २०७५ सम्म जिल्ला विकास समिति बाँके अन्तरगत को अपाङ्ग समन्वय समिति सदस्य रहेका उनले २०५१ मा नौवस्ता स्थित अपाङ्ग स्वावलम्वन समुहको नेतृत्व गरेका थिए । जनता आर्दश मावि जव्दहवा वाँकेमा २०६५ सालमा प्राबि शिक्षक हुँदै २०६६ देखि निमाबि शिक्षक भएर काम गरेका उनले २०७२ भाद्रमा आएर शिक्षक पदबाट राजिनामा दिएर सामाजिक कार्यलाई सशक्त रुपमा अघि बढाए ।

२०५८ सालमा राष्ट्रिय अपांग महासंघ नेपालको मध्यपश्चिम क्षेत्रको तदर्थ समितिको कोषाध्यक्ष रहेका उनी २०६० देखि २०६८ साल सम्म क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा रहे । उनले दोश्रो कार्यकालको पनि नेतृत्व लिए २०६८ माघ देखि २०७४ असोज ३० सम्म ।

दुई कार्यकाल महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेक उनी २०७४ साल असोज ३० गते लुम्बिनी प्रदेशको अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ जेष्ठ ३० सम्म प्रदेश अध्यक्ष रहेका उनले नेतृत्व हस्तान्तरण गरेका थिए । २०६० देखि हाल सम्म महासँघको नेतृत्वमा रहेका उनले हरेक निर्वाचन जितेका थिए ।

राष्ट्रिय अपाङ्ग कोषको एक कार्यकाल सदस्य रहेका उनी राष्ट्रिय शारीरिक अपाङ महासँघको केन्द्रीय कोषाध्यक्ष छन् । राप्ति बहिरा संघ, दाङको प्रमुख सल्लाहकार रहेका उनी अपाङ्गता समन्वय समिति वैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाका सदस्य पदमा संलग्न छन् ।

उनले समाजलाई दिएको योगदानको कदर गर्दै बिभिन्न संस्था, निकायहरुले उनलाई सम्मान प्रदान गरेका छन् । कृषि हाट वजार नौबस्ताले २०६१ सालमा श्भचय एचयवभअत ब्गकतचष्थब, ख्ष्बथबलब ले २०१९ फेव्रवरीमा, राप्ति वहिरा संघ दाङले २०७२ साउन ३२ गते, राष्ट्रिय अपाङ्ग कोषले २०७१ मंसिर ३ गते, जिल्ला अपाङ्ग समन्वय समित बाँकेले २०६५ मंसिरमा, कोहलपुर नगरपालिकाले २०७६ फाल्गुणमा आचार्यलाई सम्मान प्रदान गरेका थिए ।

आचार्यले जिल्ला विकास समिति वाँके, डोल्पा, जुम्ला र सल्यानमा अपाङ्गता सम्वन्धि ५ वर्षे रणनितिक योजना तर्जुमा गरि कार्यान्वनमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै साविक जिल्ला विकास समिति र गाविसहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि समावेशी योजना तर्जुमा र कम्तिमा ५ प्रतिशत वजेट विनियोजन गराई स्वयम अपांगता भएका व्यक्तिहरुको समुहवाट परिचालन गराउन सफल भएका थिए ।

त्यसैगरी ५०० जना भन्दा वढी अपांगता भएका व्यक्तिहरुको क्षमता विकास गरि प्रत्यक्ष रुपमा उनीहरुको अगुवाईमा अपांगता अभियान विभिन्न जिल्लाहरुमा सञ्चालन गर्न सफल भएका उनले उनको वकालतका कारण महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयवाट अन्य मन्त्रालयहरुको समेत सँलग्नतामा अपांगता मैत्री शासन व्यवस्थाका सुचकहरु पारित गराई स्थानीय तहहरुलाई लागु गराउन निर्देशन जारी भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकामा अपांगता भएका व्यक्तिहरुको अधिकार प्रबरधन निर्देशिका र अपांगता भएका व्यक्तिहरुको व्यवस्थापन तथा परिचालन कार्यविधि ल्याउन प्राविधिक सहयोग गरेका आचार्यलाई काम गर्दा धेरै समस्याहरु पनि भोग्नु पर्यो ।

भौगोलिक विकटता त्यसमा पनि सानै उमेरमा अपांगता हुँदा सामाजिक रुपमा हेयको दृष्टिवाट समाजले हेर्ने र सोही वमोजिम व्यवहार भएकोले ढिलो उमेरमा मात्र विद्यालय शिक्षाका लागि विभिन्न शारिरीक जटिलका वावजुत दैनिक ७ कि.मी हिडेर विद्यालय गएर उनले प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।

विद्यालय जाँदा शारिरीक समस्याका कारण विशेष खालका जुत्ताहरुको अभावमा खाली खुट्टा आवत जावत गर्नु पर्ने वाध्यता उनलाई थियो । कक्षा २ सम्मको अध्ययन पुरा गरि जुम्लाबाट बसाई सराई गरि वाँके जिल्लाको साविक नौवस्ता गाविस वडा नंं ७ मा उनी परिवारसँगै आए । यता आएपछि नजिकै रहेको नेराप्रावि गाभरमा र ६ कक्षा देखि एसएलसी सुर्योदय माविमा अध्ययन गरेका थिए ।

तत्पश्चात आईकम अध्ययनका लागि उनी बागेश्वरी वहुमुखि क्याम्पस कोहलपुरमा भर्ना भए । सो क्रममा उनले थुप्रै समस्याहरु झेल्नु परयो । एक त सानै उमेरमा शारिरीक रुपमा अपांगता भइयो भने वर्षको उमेरमा वुवा गुमाउनु परयो –उनले बाल्यकाल सम्भे –सामाजिक रुपमा पूर्व जन्मको पापको रुपमा हेर्ने, साथीहरुले म हिड्दा त्यस्तै खालको नक्कल गर्ने, अपमानजनक शव्द प्रयोग गर्ने होच्याउने खालको वातावरण सिर्जना भयो ।

उनले आफ्नो बिगत सम्झदै भने –त्यस्तै समस्याको वावजुत पनि आफ्नो हिम्मत नहारी निरन्तर कार्य गर्दै गए । खाली खुट्टा पैदल हिँड्दा हिड्दै कक्षा ६ मा पढ्दा जेन तेन साइकल चलाउन सिके र केही हिडडुलमा सरलता भयो । जीवनको यो अवस्थामा आई पुग्दा थुप्रै खालका समस्याहरु झेल्नुपर्यो । घरमा आमा, सानो वहिनी र म ३ जनाको परिवारमा रहँदा समाजको गलत वुझाइ, आर्थिक श्रोत साधनको अभाव, परनिर्भरता जस्ता समस्याले गर्दा सोचे अनुसारको उपलव्धी र अध्ययन पुरा गर्न सकिएन ।

जीवनका धेरै आरोह, अवरोह पार गरेका देदिदत्त सकारात्मक सोचाई भएका व्यक्ति हुन् । बिभिन्न समस्याहरुका बाबजुत उनले कहिल्यै हरेश खाएनन् बरु अपांगता भएका व्यक्तिहरुको जीवनमा आएको सकारात्मक पविर्तनले उनलाई आत्म सन्तुष्ठी प्राप्त हुने गरेको छ । समाजमा अपांगता भएका व्यक्तिहरु प्रतिको सकारात्मक व्यवहार अभिबृद्धि भएको, अपांगताको पक्षमा सरकारले ऐन निति नियम तथा कार्यक्रममा व्यापकता दिएपछि आफुहरुले सञ्चालन गरेको अभियानमा सफलता पाएको महसुसिकरण आचार्यलाई छ ।

अपांगता भएका व्यक्तिहरुको सहभागिता अभिबृद्धिबाट आचार्य खुसी छन् । २०५१ साल देखि अपांगता भएका व्यक्तिहरुको हक हित र अधिकारका लागि कार्य गर्दै जाँदा सरकारी तथा विभिन्न गैरसरकारी निकायहरुसँगको कार्यले जीवनमा हरेक खालका अनुभव उनले बटुलिरहेका छन् । सवै सरोकारवालाहरुसँगको समन्वय, सहकार्य र साझेदारीबाट मात्रै हरेक परिवर्तन सम्भब छ भन्ने बुझाई उनको छ ।

सामाजिक समावेशीकरण र न्याय प्राप्तिका लागि विभिन्न समयमा भएका अधिकारका अभियानहरुले गर्दा अपांगताको क्षेत्रमा सकारात्मक परिवर्तन आएपनि ग्रामिण स्तरमा अझै पनि खासै सकारात्मक परिवर्तन भएको उनको बुझाई छ । कानुनी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा ग्रामीण तहमा अझै पनि अपांगता भएका व्यक्तिहरु अधिकारवाट वञ्चित रहेका अवस्था विद्यमान रहेको उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन र अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्न्धि ऐन २०७५ ले अपांगता भएका व्यक्तिहरुको तथ्यांक व्यवस्थापन योजना तर्जुमा, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र आवश्यकतामा आधारित सवै खालका सेवाहरु स्थानीय सरकारले गर्नुपर्ने प्रावधान हुँदा हुुदै पनि सो को कार्यान्वयन नभएको उनको बुझाई छ ।

संघिय कार्यक्रमहरुका आधारमा निशुल्क शिक्षा, छात्रवृत्ति, स्वास्थ्य सेवाहरुको प्रवाह भईरहेता पनि पछिल्लो अवस्थामा प्रभावकारी तवरले स्थानीय सरकारले सेवा प्रवाह गर्न नसक्दा अपांगता भएका व्यक्तिहरुको सहभागिता समेत खुम्चिदै गएको आभाष आचार्यलाई छ ।

निशुल्क शिक्षा र छात्रवृत्तिमा अपांगता भएका वालवालिकाहरुको शिक्षा आर्जनमा सहज पहुँच बनाउन र अपांगता भएका व्यक्तिहरुको सहभागिता अभिबृद्धि गर्न बिशेष भुमिका निर्बाह गरेका आचार्यहरुको अभियानबाट अपांगता भएका व्यक्तिहरुको लागि समावेशी जीविकोपार्जनका लागि नीतिहरु तर्जुमा र जीवनयापनमा सकारात्मक परिवर्तन भएकोछ भने समावेशी शिक्षाको मोडल तयारी भई अपांगता भएका व्यक्तिहरु,सिमान्तकृत समुदायका वालवालिकाहरुलाई विद्यालयमा ल्याउनमा उल्लेख्य परिवर्तन भएकोछ ।

आचार्यका अनुसार, अभियान पश्चात १३ जना अपांगता भएका व्यक्तिहरुको राजनीतिक जीवनमा प्रतिनिधित्व शूरु भएको छ । स्थानीय तहमा अपांगता सम्वन्धि समुह परिचालनका माध्यमवाट अपांगता भएका व्यक्तिहरुको नेतृत्व विकास भई उनीहरुको आफ्ना माग र अधिकारका सवालमा आवाज उठान गर्न शूरु भएकोछ ।

अपांगता भएका व्यक्तिहको वर्गिकृत तथ्यांक व्यवस्थापन गरि उनीहरुको शसक्तिकरण र विकासका लागि दिर्धकालिन योजना तर्जुमा गर्नुपर्ने माग आचार्यको छ । आचार्य भन्छन् –समावेशी विकासको अवधारणाको आधारमा स्थानीय, प्रदेश र संघीय सरकारले एकिकृत विकास योजना तर्जुमा गरि लागु गर्न, अपांगता परिचय पत्र वितरण कार्यलाई डिजीटलाइजेशन गरि प्रदान गरिने सेवासुविधाहरुलाई प्रदान गर्ने व्यवस्था मिलाउनु पर्दछ । उनी थप्छन्– स्थानीय र प्रदेश सरकारले अपांगता अधिकार ऐन र विधिन्न नीतिहरु तर्जुमा गर्नुका साथै थानीय तहमा वन्ने सवै संरचनाहरु सवैका लागि सजिलो हुँने गरि निर्माण हुनुपर्दछ ।

अपांगता भएका व्यक्तिहरुको वृहत्तर सञ्जालीकरण गरि नागरिक समाजलाई वलियो वनाउने, अपांगता भएका व्यक्तिहरुको लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई दिर्घकालाीन योजना नीति नियम र कार्यक्रम र वजेट तर्जुमामा टेवा पुग्ने गरि कार्य गर्ने योजना आचार्यले बनाईरहेका छन् ।

पुनरस्थापना सेवालाई संस्थागत गर्न सहजीकरण गर्नुका साथै पहुँचयुक्त संरचना लागु गराउनकालागि वृहत छलफल र वहस गर्दै नागरिक अनुगमन गर्ने र संरचना अपांगता मैत्री वनाउन सरकार र अन्य संघसस्थालाई प्राविधिक सहयोग गर्ने, वैकल्पिक सञ्चारको शव्दकोष विकास गरि समावेशी शिक्षालाई लागु गर्ने, अपांगता अधिकार स्थापीत गर्नका लागि संस्थागत विकास गर्दै पुर्नस्थापना सेवालाई सामाजिक समावेशीकरण तर्फ उन्मूख गराउँन पैरवीलाई वलियो वनाउँदै लैजाने, अपांगता भएका व्यक्तिहरुको अधिाकार कार्यान्वयन र नयाँ कानुन तथा नीति तर्जुम गर्न, कानुनी सहायत प्रदान गर्न पारालिगलहरुको सञ्जाल वनाई परिचालन गर्ने व्यापक योजनाका साथ आचार्य अघि बढिरहेका छन् ।

आचार्यले दक्षिण कोरियाबाट मानव अधिकार, प्रजातान्त्रिक अभ्यास बारे तालिम, डेनमार्कबाट नेतृत्व विकास तालिम, अष्टिया लाओसबाट द्वन्द्व व्यवस्थापन तालिम लिएका छन् । सरल, मिलनसार स्वभावका आचार्य एक सफल, कुशल सामाजिक वकिल हुन् । जसको वकालतबाट कैयौं हुन नसक्ने असल कार्यहरु भएका छन् ।

 

  • १ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech