मानवशास्त्रका विद्यार्थीहरुद्धारा क्षेत्र कार्य अध्ययन

शम्भु शाही

नेपालगञ्ज/महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज मानवशास्त्र स्नातकोत्तर प्रथम र तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुद्धारा साँस्कृतिक पर्यावरण तथा वातावरणीय अनुकुलन विषयक क्षेत्रकार्य अध्ययन सम्पत्र भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा महेन्द्र बहुमुखी क्याम्पस मानवशास्त्र विभागको सहजिकरणमा उक्त अध्ययन कार्य खप्तड क्षेत्रका विभिन्न ठाउँहरुमा सम्पन्न भएको हो ।

मानवशास्त्र विशेषगरि मानवको सम्पूर्ण पक्षको बैज्ञानिक अध्ययन गर्ने शास्त्र भएकाले ती विविध पक्षहरु मध्ये साँस्कृतिक पर्यावरण पनि एक भएको कुरा महसुस गर्दै सो अध्ययन गरिएको थियो ।

साँँस्कृतिक पर्यावरण कुनै वाद नभई मानविय पक्षको अध्ययन गर्ने एउटा तरिका भएकाले यसैका माध्ययमबाट कुनै खास स्थानमा वसोबास गर्ने मानवहरुको सँस्कुति निर्माण तथा यसको पर्यावरण संगको सम्बन्ध कस्तो रहेको छ, कुनै ठाउँको प्राकृतिक वातावरण संग अनुकुलन हुनका लागि मानिसले प्रकृतिसंग तादात्म्य मिलाउनका लागि मानवले गर्ने संघर्ष, अथवा वातावरण अनुकुलन हुने सन्दर्भमा स्थापित प्राकृतिक नियम, तुलनामा अनुकुलनमा नयाँ प्रणालीहरुको निर्माणको खोजी गर्ने सन्दर्भमा मानिसले गर्ने प्रयासको अध्ययन गर्ने उद्धेश्यले यो क्षेत्रकार्य अध्ययन कार्यक्रम गरिएको हो ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा क्षेत्रकार्य अध्ययन अनुसन्धान तथा प्रतिवेदन लेखन सीपको विकास गर्ने, स्थानीय स्तरमा क्षेत्रकार्य अध्ययन अनुसन्धान सम्बन्धी दक्ष जनशक्ती निर्माण गर्ने सरकारको कार्यक्रमलाई सहयोग गर्न, प्राध्यापकहरुमा अध्ययन अनुसन्धान कार्यमा दक्षता हासिल गर्न, सहजिकरण तगा समूह नेतृत्व विकास गर्ने उद्धेश्यले उक्त अध्ययन कार्यक्रम गरिएको बताईएको छ ।

अध्ययनको सिलसिलामा खासगरि साँस्कृतिक पर्यावरणसंग अनुकुलन गरि मानवीय जीवनयापन गर्ने परिप्रेक्षमा केही पुरानै शैली अपनाई मुख्यतः पारम्परिक कृषि, पशुपालन तथा वानस्पतिक स्रोतहरुको प्रयोग नै अनुकुलन नै अपनाउनु पर्ने अवस्था पाईएको छ । उल्लेखित कुराहरु र जीवनयापन शैलीनै आफूहरुको जीवनको अभिन्न अंग रहँदै आइको छेदादह खप्तड गाँउपालिका वडा नम्बर १ बाजुराका ६३ वर्षिय आईत रोकायले वताए ।

मानवशास्त्रिय क्षेत्रकार्य अध्ययन गर्ने सिलसिलामा विद्धार्थीहरुले डोटीको झिंग्राना, बीचपानी हुँदै बाजुराको खप्तडा राष्ट्रिय निकुञ्ज अन्र्तगतका पाटन क्षेत्रहरु र वझाङ्गको मेल्तडीमा अध्ययन गरेका थिए ।

अध्ययन कार्यमा मुख्यगरि चार दिन जेष्ठ २६ गतेदेखि २९ गते सम्म क्षेत्रगत अवलोकन, एकल तथा सामूहिक अन्र्तवार्ताको माध्ययबाट तथ्यांङ्क संकलन गर्ने काम भएको थियो ।

अध्ययन गर्ने विद्धार्थीहरुमा मानवशास्त्र एम ए तेस्रो सेमेष्टरका प्रज्ववल श्रेष्ठ, प्रथम सेमेष्टका माधव केसी र विशेष राज थापा संलग्न थिए । क्षेत्रगत अध्ययन कार्यको म.ब.क्याम्पसमा मानवशास्त्रका शिक्षकद्धय र शम्भु शाही र गोकर्ण वहादुर शाहीले नेतृत्व गरेका थिए ।

  • ८ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech