नेपालगन्ज/ नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।
उपचारका क्रममा सुबेदीका बुवा डम्मर सुवेदीको नेपालगन्ज शिक्षण अस्पतालको सघन कक्षमा आज शुक्रबार दिउँसो निधन भएको हो ।
चार दशक लामो समय शिक्षण पेशामा आवद्ध सुबेदी नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।
सुबेदी लामो समय देखि सुगर, प्रेसरबाट पीडित हुनुहुन्थ्यो ।
शिक्षण पेशाबाट अवकाश भईसकेपछी सामाजिक कार्यमा क्रियाशिल सुबेदी शिक्षक सहकारी नेपालगन्जको अध्यक्ष पदमा कार्यरत रहँदै आउनु भएको थियो ।
नेकपा एमाले तत्कालीन अञ्चल कमिटीको कार्यालय सचिवको जिम्मेवारी बहन गरेका सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा हुनुहुन्थ्यो ।
२००२ सालमा कास्कि जिल्लाको काँस्किकोटमा जन्मिनु भएका सुबेदी लामो समय देखि नेपालगन्जको मुक्तिपुरमा बसोबास गर्दै आउनु भएको थियो ।
परिवारले दिएको जानकारी अनुसार भोलि शनिबार बाँकेको अगैयाघाटमा अन्तिम संस्कारमा गरिन्र भएको छ ।
अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने बिहान ८ बजे कार्यालयबाट घाट लगिनेछ ।
उहाँकि धर्मपत्नीको यस अघिनै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा रुद्र सुबेदी, बामदेव सुबेदी, गुरु सुबेदी र एक छोरी सिता सुबेदी हुनुहुन्छ ।