पत्रकार सुवेदीलाई पितृशोक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।

उपचारका क्रममा सुबेदीका बुवा डम्मर सुवेदीको नेपालगन्ज शिक्षण अस्पतालको सघन कक्षमा आज शुक्रबार दिउँसो निधन भएको हो ।

चार दशक लामो समय शिक्षण पेशामा आवद्ध सुबेदी नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

सुबेदी लामो समय देखि सुगर, प्रेसरबाट पीडित हुनुहुन्थ्यो ।

शिक्षण पेशाबाट अवकाश भईसकेपछी सामाजिक कार्यमा क्रियाशिल सुबेदी शिक्षक सहकारी नेपालगन्जको अध्यक्ष पदमा कार्यरत रहँदै आउनु भएको थियो ।

नेकपा एमाले तत्कालीन अञ्चल कमिटीको कार्यालय सचिवको जिम्मेवारी बहन गरेका सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा  हुनुहुन्थ्यो ।

२००२ सालमा कास्कि जिल्लाको काँस्किकोटमा जन्मिनु भएका सुबेदी लामो समय देखि नेपालगन्जको मुक्तिपुरमा बसोबास गर्दै आउनु भएको थियो ।

परिवारले दिएको जानकारी अनुसार भोलि शनिबार बाँकेको अगैयाघाटमा अन्तिम संस्कारमा गरिन्र भएको छ ।

अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने बिहान ८ बजे कार्यालयबाट घाट लगिनेछ ।

उहाँकि धर्मपत्नीको यस अघिनै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा रुद्र सुबेदी, बामदेव सुबेदी, गुरु सुबेदी र एक छोरी सिता सुबेदी हुनुहुन्छ ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech