हुम्लामा धर्ना

असल शासन प्रतिनिधि

हुम्ला/ नेपाल शिक्षक संघको छाता संगठन शिक्षक महसंघ गाउँ समितिले जिल्लाका पालिका कार्यलय धर्ना कार्यक्रम गरेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार पहिलो चरणको धर्ना कार्यक्रम सुरु गरेको हो ।

देशभरका पालिका हुदै क्रमस्ः जिल्ला शिक्षा बिकाश तथा समन्वय इकाई प्रदेश सामाजिक बिकाश मन्त्रालय, संसद सदस्यलाई जानकारी तथा पक्षीकरण, केन्द्रमा पक्षीकरण सम्पन्न पछि दोस्रो चरणको बृहत बिरोध प्रर्दशन गर्ने निर्णय अनुसार आज धर्ना कार्यक्रम गरिएको हो । सात वटा स्थानिय तह रहेको जिल्लाका सबै गाउँपालिका धर्ना कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ ।

शिक्षक महासंघले तत्काल सार्वजनिक गरिएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त ढेड यूनियन अधिकार शिक्षक कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेका छ । यस मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबिच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका सबै बुँदाहरु उचित ढंगबाट समेटिएका नसमेटिएको भन्दै बिभिन्न चरण बद्ध रुपमा धर्ना कार्यक्रम गर्न थालेको हो ।

मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमावि, बालकक्षा विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालयका कर्मचारीका धेरै माग मुद्धाको सम्बोधन गर्न नसकेको समेत बताएको छ ।

त्यसैगरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने माग पनि नसमेटिएको जनाएको छ । समग्रमा यसले शिक्षक कर्मचारीका मुख्य माग मुद्धा सम्बोधन नगरेको मात्र नभइ शिक्षण पेशाप्रतिको आकर्षण र सम्मानका लागि समेत गम्भिर प्रहार गरेको छ ।

नेपाली शिक्षक कर्मचारीहरु यो मस्यौदामा रहेका शिक्षा र शिक्षक कर्मचारी बिरोधी प्रबन्धहरु परिवर्तन गरी यसलाई शिक्षा तथा शिक्षक कर्मचारीमैत्री बनाईनु अडाने समेत गरेको छ ।

यहि पावन उद्देश्यका साथ नेपाल शिक्षक महासंघले २०८० श्रावण २८ गतेदेखि देशव्यापी आन्दोलनको शुरु गर्ने निर्णय बमोजिम आज नेपाल शिक्षक महांघका जिल्ला भरका गाउँ समितिले नेपाल शिक्षक महासंघ र सरकारविच भएका २० बुँदे र ५१ बुँदे सहमति पत्र सहित जानकारी पत्र पेश गरेको छ ।

  • २८ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech