धामी व्यावसायीको हक हितका नामी

मन भण्डारी

टंक  बहादुर धामी नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुने निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हुन् । नेपालगन्ज क्षेत्रलाई कर्मथलो बनाएर उद्योग गरिरहेका धामी पश्चिम क्षेत्रमै चर्चिच उद्योगीहरुमा पर्छन् । बुवा दिल बहादुर धामी र आमा धना देवी धामीको कोखबाट २०३४ साल जेष्ठ १८ गतेका दिन अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ धामि गाउँमा जन्मिएका धामीले २०६३ सालदेखि नेपालगन्जलाई कर्मथलो बनाएर काम गरिरहेका छन् ।

छोरालाई इन्जिनियर वा डाक्टर बनाउने बुवाको सपना रहे पनि धामीले वुवाको सपनालाई लत्याउँदै व्यापारिक क्षेत्रलाई आफ्नो पेशा बनाए । २०५४ साल देखि सानो पसल खोलेर ब्यापारिक लाइनमा प्रवेश गरेका टंक धामी हाल नेपालगन्जमा अवस्थित १ दर्जन जती उद्योग तथा कम्पनिका मालिक बन्न सफल भएका छन् ।

वुवा सरकारी जागिरे भएकाले पनि बुवाको प्रेरणाले सममै पढ्ने अवसर पाएका धामीले गाउँकै विद्या मन्दिरबाट पढाइ आरम्भ गरी २०५० सालमा एस.एल.सी. उतिर्ण गरेका थिए । त्यो समयमा गाउँमा एस.एल.सी. उतिर्ण गर्ने ब्यक्तिहरुको संख्या एकदमै कम थियो । एस.एल.सी. उतिर्ण गरेपछि उच्च शिक्षा अध्यायनको लागि अछाममा क्याम्पसहरु नभएकाले राजधानी काठमाडौंमा गएर उच्च शिक्षा अध्ययन गर्ने अवसर धामीले प्राप्त गरे ।

विकट क्षेत्र अछामबाट एकैचोटी देशको राजधानी गएपछि धामीलाई काठमाडौं सहर अनौठो लागेको थियो । काठमाडौंको आरआर क्याम्पसबाट सामाजिक विषयमा आइ.ए. पास गरेका धामी सोही क्याम्पसमा स्नातक तह अध्यायनरत रहेकै वखत पढाइलाई विचमै छोडेर व्यापार गर्ने उद्देश्यले जन्मथलो अछाम फर्किएका थिए ।

२०५४ सालमा अछामको विनायकमा रेडिमेट कपडाको पसल खोलि धामीले आफ्नो व्यापारिक जीवनको यात्रा तय गरेका थिए । सानो लगानीबाट सुरुवात गरेको उनको व्यापारले अछाममा राम्रो बजार पाएको थियो ।

त्यो समयमा विनायकमा पसलहरु एकदमै कम थिए । व्यवसाय सुरुवात गरेको २ वर्षमै छोडेर ठलो उद्देश्यका साथ धामी राजधानी काठमाण्डौं गए । काठमाण्डौँमा २ वर्ष जती खाद्यान्नको व्यापार गरेका धामी साथीहरुको सल्लाहमा व्यापारलाई छोडेर कमाउन भनेर भारतको गुजरात गए । भारतमा विताएका धामीले हिरा कम्पनीमा गाडी धुने, सरसफाइ गर्ने, वाचमेन लगायतका काम गरेका थिए । करिव २ वर्ष भारतमा विताएका उनी फेरी सफल व्यवसायी बन्ने सपनाका साथ स्वदेश पर्किए ।

मध्य तथा सुदुर पश्चिमको ब्यापारिक दृष्टिकोणले फराकिलो क्षेत्र भएको नेपालगन्जलाई ब्यापारिक केन्द्रबिन्दु बनाउँदै २०६३ सालमा रेडिमेट कपडाको पसल दर्ता गरेपछि धामीको बास्तविक व्यावसायिक लाइन सुरुवात भएको पाइन्छ । त्यसपछिका दिनहरुमा धामीले आफ्नो व्यापार, व्यवसायलाई फराकिलो बनाउँदै गए । विकट जिल्लाको विकट गाउँमा जन्मिएका धामीले नेपालगन्ज जस्तो ठाउँमा आएर आफुलाई सफल व्यवसायीको रुपमा परिचित गर्न सफल बनेका छन् ।

व्यापारीहरुको समस्यामा जस्तासुकै परिस्थितीमा पनि सहयोग गर्न अगाडी सर्ने धामी नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भाद्र २ गते हुने निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदको रुपमा आफुलाइ अगाडी सारेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको २०७४ देखि २०७६ सम्म सदस्य पदमा रही काम गरेका धामी २०७७ सालमा पुन निर्वाचित भइ संघको सदस्य हुँदै प्रवक्ताको जिम्मेवारी पाएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमितीमा रहँदा व्यवसायीहरुको हक हित र अधिकारका लागि संधै अग्रसर रहने धामी सबै उद्योगी, व्यवसायीहरुको मनमा पस्न सफल भएका छन् । ३ भाइ मध्येका जेठा धामी आफु मात्रै व्यापारिक क्षेत्रमा नलागी आफुभन्दा पछीका २ भाइलाई समेत यो क्षेत्रमा प्रवेश गराई आफ्नो व्यवसायलाई थप मजवुद र फराकिलो बनाएका छन् ।

हाल धामीको परिवारनै यो क्षेत्रमा लागेको छ । नेपालगन्जमा रहको कमल गार्मेन्ट प्रा.लि., रामारोशन गार्मेन्ट प्रा.लि, कमल इन्टरप्राइजेज, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स, मनिषा ट्रेड लिंक, कमल टेडर्स, समिर सपिङ्ग सेन्टर, पञ्चदेवल ट्रेड लिंकका सञ्चालक धामी एक सफल उद्योगी मात्रै नभएर समाजसेवी पनि हुन् । व्यवसायीको हकहितका लागि खरो रुपमा उत्रिने क्षमता भएका धामी सञ्चालक रहेका बिभिन्न उद्योग तथा पसलहरुमा ३० जना बढीले रोजगारी पाएका छन् ।

पहाडी इलाकाबाट बिभिन्न समस्याले नेपालगन्ज आउने ब्यक्तिहरुलाई आवश्यक पर्ने सहयोग गर्दै आएका धामीले कोभिडको माहामारीको समयमा अछाम लगायतका पहाडी जिल्लाबाट नेपालगन्ज आएका, बिभिन्न दुर्गम ठाउँबाट भारत तथा बिभिन्न मुलुकबाट घर जान नेपालगन्ज भएर आउने ब्यक्तिहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गर्ने देखि अस्पतालमा उपचार गर्ने सम्मको सहयोग गरेका थिए ।

जोसुकै ब्यक्ति कुनै दुर्घटनामा परेर वा बिरामी भएर उपचारको लागि नेपालगन्ज आउने ब्यक्तिहरुलाई उपचारमा सहयोग गर्ने धामी बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन् । रामारोशन वचत तथा क्रृण सहकारी संस्थाको अध्यक्ष रहेका धामी लायन्स क्लब अफ नेपालगन्जका पुर्व अध्यक्ष समेत हुन् । नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य रहेका धामी अछामी सेवा समाज, रेडिमेट तथा ब्याग व्यवसाय समिति र गार्मेन्ट उद्योग संगठनको सल्लाहकार हुन् ।

पछिल्लो समय बिभिन्न कारणले धरासायी बन्दै गएको व्यापार व्यावसायलाई नजिकबाट अनुभव गरेका र उद्योगी, व्यवसायीका समस्याहरुलाई बुझेका धामीले भाद्र २ गते सम्पन्न हुने नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफुलाई सबैको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको बलियो उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

धामीले नेतृत्व गरेको समावेशी समुहमा उम्मेदवारहरु अनुभवी, योग्य र सबै क्षेत्रको प्रतिनिधित्व गर्ने ब्यक्तिहरु रहेकाले आफ्नो जित सुनिश्चित भएको उनको दावी छ । अव्यवस्थित अवस्थामा रहेको भन्सार व्यवस्थापन गर्ने, व्यावसायिक हकहितका लागि पेशालाइ मर्यादित बनाउने, राजश्व अनुसन्धानलाई सुधार गर्ने लगायतका १७ स उल्लेख भएको १७ बुँदे प्रतिबद्धता लिएर चुनावी मैदानमा हुमिएको समावेशी प्यानलको मुख्य एजेण्डा भन्सार व्यवस्थापन रहेको छ ।

 

 

 

  • २९ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech