सामुदायिक बिकासमा सक्रिय छौं – सोनकर

असल शासन प्रतिनिधि

मोहनलाल सोनकर, अध्यक्ष
समर्पण नेपाल

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?

– २०६१ सालमा जिल्ला प्रशासन कार्यालयमा बिधिवत रुपमा दर्ता भएर बाँके जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको एक गैर सरकारी संस्था हो समर्पण । बिपन्न समुदाय र राज्यका सेवा समुदायबाट पछाडी पारिएका समुदायका लागि बिभिन्न जनचेतनामुलक तालिम दिनुका साथै स्वरोजगार मुलक र आयमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । जनचेतना मुलक कार्यक्रमका साथै सुशासन र सरसफाईका लगि पनि कार्यक्रमहरु गर्दै आईरहेका छौं । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ र १३ मा सरसफाईको अभियाननै बनाएर कार्यक्रम गरेका छौं भने बिपन्न बर्गका समुदायका ब्यक्तिहरुलाई सिपमुलक तालिमहरु दिएर ब्यवसाय गर्न चाहेकाहरुको लागि सिलाई कटाईको पसल स्थापना गर्नमा सहयोगका साथै ब्यवसायिक कृषि तालिमहरु दिएर बाख्रा पालन, कुखुरा पालन, बङुर पालन समेमतको तालिम दिएर स्वरोजगार बन्न चाहने आफैले तालिम पश्चात ब्यवसाय गर्छु भन्नेहरुको लागि सहयोग पनि गर्दै आएका छौं । त्यति मात्र नभएर बिभिन्न समुदायमा भौतिक निर्माण कार्यहरु पनि गर्दै आएका छौं जसमा नरैनापुरमा सडक ग्रभेल, साइगाँउ र बेलभार जोड्ने बाटो ग्राभेल, शम्सेरगञ्जमा बाटो ग्राभेल, फत्तेपुरुमा सिचाई को बोरिङ समेतको ब्यवस्था गरेका छौं ।

शमसेरगन्जमा चाउमिन बनाउने तालिम दिएर उनीहरुलाई चाउमिन बनाउने मेसिन उपलब्ध गराएका थियौं जुन हाल सम्म नि चाउमिन उत्पादन गरिरहनु भएको छ । पिछडिएको समुदाय जो कुनै पनि धर्म जात जाती बर्ग होश कुनै भेदभाव नगरी स्वरोजगार बनाउन कटिबद्ध यस समर्पण नेपालले अचार बनाउने तालिम, च्याउ उत्पादन तालिम,तरकारी को बीउ बिजन सम्बन्धि तालिम दिनुका साथै साथै नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १५ मा घरेलु हिंसा सम्बन्धी जनचेतना मुलक तालिम दिएका थियौं भने १५ खजुर गाँउपालिका अन्तर्गत टोल बिकास संस्थाहरु लाई पालिकाको समन्यमा टोल बिकास सस्थालाई टोल ब्यवथापन र टोल बिकास सञ्चालन सम्बन्धि तालिम दिएका छोैं । नेपालगञ्ज उपमहानगरपालिका र युनिसेफको सहयोगमा श्रमिक बालबालिकाहरुलाई उद्धार गरेर अभिबावकलाई बुझाई अभिभावकहरु समेतलाई स्वरोजगार मुलक तालिम दिदै आएका छोैं ।

२. यहाँहरुको सहकार्य कुन कुन सँस्था र निकायहरुसँग रहेको छ ?
– स्थानीय पालिकाहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौं ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– बिपन्न समुदायहरुका लागि बाँके जिल्लाका सबै पालिकाहरुमा काम गर्दै आईरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– उल्लेखित कार्यहरु भन्नुपर्दा हाम्रै संस्थाबाट स्वरोजगार तथा आय आर्जनमुलक तालिम सिकेर हाल उनीहरु आआफ्नो ब्यपार ब्यवसाय गर्दै आएका छन् । कृषि सम्बन्धि तालिम सिकाएकाहरुले बिभिन्न पशु पालन गरेर जिबिको पार्जन गरिरहनु भएको छ । यसै समर्पण नेपाल बाट नै बिभिन्न पैरबी गरेर बिभिन्न तालिमहरु लिई केही ब्यक्तिहरु अहिले स्थानिय जनप्रतिनिधी समेत बनिसकेका छन् भने कोही अन्य संस्थामा आबद्ध भएर रोजगार गरीरहेका छन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– आर्थिकको चुनातीका साथै राज्यको निकायबाट संघ संस्था प्रति हेर्ने नजरमा फरक हुँदा समुदाय स्थरमा काम गर्न निकै चुनौती रहेको छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– समुदाय स्तरमा रहेका बेरोजगारी समस्या समाधान तर्फ संस्थाले सकेसम्म उनीहरुलाई बिभिन्न सिप सिकाएर आत्मनिर्भर गराउन तर्फ लाग्ने योजना रहेका छ भने हाल बाँके जिल्ला भित्र मात्र काम गरिरहेकाले अबका दिनका जिल्ला बाहिर पनि कार्य क्षेत्र बढाएर काम गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
– स्थानीय सरकारले बिभिन्न संघ सस्थाहरु प्रती हेर्ने नजर सकारात्मक हुन जरुरी छ । हाल घरेलु हिंसाका घटणाहरुमा कमि आएकाले अब स्थानीय सरकार र संघ संस्थाहरु नेपालगञ्जमा बढ्दै गईरहेको लागु पदार्थ दुब्र्यशनी बिरुद्ध लाग्न जरुरी छ ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech