गणेश प्रशाद भट्टराई
स्वर्गद्धवारी सामाजिक विकास केन्द्र, बाँके
१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– यस संस्थालाई २०७८ साल असार ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर बिधिबत रुपमा क्रियाशिल यस संस्थाले समाजमा आमा बुवा नभएका, मधेशी, मुस्लिम समुदायका छोरीहरुलाई शिक्षाको पहुँचसम्म पुर्याउन सहयोग गरिरहेका छौं भने गत बर्ष राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा राप्तीसोनारीमा बाघबाट बच्ने उपायबारे सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेका छौं ।
२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– स्थानिय सरकारसँग सहकार्य रहँदै आएको छ ।
३. यहाँहरुले कसका लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– आमा बुवा नभएका छोरा छोरीलाई शिक्षा स्वास्थ्य र कृषिको क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले बाँके जिल्लामा काम गर्दै आएका छौं ।
४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन् ?
संस्था स्थापना भएको धेरै बर्ष नभएतापनि हामीले छोरीहरुलाई पठनपाठन होस भन्ने हेतुले यस सस्थाले नेपालगञ्ज भुजईगाँउ स्थित छोरी नन्दनी धोवीलाई आदर्श माबि राँझा र छोरा कल्लु धोवीलाई पाटेश्वरी बिद्यालयमा पढ्ने बातावरण मिलाएका छौं ।
५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
संस्था सञ्चालन गर्दा त मुख्य चुनौती त आर्थिक पाटो नै हो । हामीले स्थानिय सरकारको उद्धेशय अनुरुप नै छोरी पढाउ भन्ने उद्धेश्यका साथ बिभिन्न समुदायका छोरीहरुलाई बिद्यालयमा पठन पाठन ब्यवस्था गराईसके पछि उनिहरु बिचमै छोडेर भाग्ने गर्नाले पनि निकै चुनौती रहेको छ । साथै हामीले सहयोग गर्ने बर्गलाई छनौट गर्दा पनि स्थानिय स्तरबाट र ब्यवस्थापन समितिबाट बाधा अड्चन आउनाले निकै चुनौती हुने गरेको छ ।
६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
संस्थागत बिधानमा रहेर जुन लक्ष्य र उद्धेश्यका साथ काम गर्नुका साथै बाँके जिल्लामा रहेका अन्य संघ संस्थाले गरेका कामहरु भन्दा अलि फरक कार्यक्रमहरु गर्ने र नरैनापुर गाउँपालिकामा रहेका मुस्लिम समुदायका बालबालिकाहरुलाई कक्षा १ देखी १२ सम्म पठनपाठन गराउन सकिन्छ भन्ने बारेमा र त्यहाँका मदरसाहरुलाई पनि सहयोग गर्ने योजना रहेको छ । साथै कृषिमा प्रभावकारीता बढाउन कृषि आधुनिकीकरण औजार,मल बिउ प्रदान गर्ने योजना रहेको छ ।
७. अन्त्यमा के भन्नुहुन्छ ?
काम गरेको क्षेत्रमा समस्या नआउनको लागि सम्बन्धित पक्षबाट कुनै पनि बाधा अड्चन नभईदिए संघ संस्थाहरुलाई समुदायमा काम गर्न निकै सहज हुने थियो ।











