आफन्त मानव बेचबिखन बिरुद्ध सक्रिय

माधव कार्की

सुनिता सारु, जिल्ला संयोजक
आफन्त नेपाल, बाँके

तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६४ सालमा स्थापना भएको आफन्त नेपालको केन्द्रीय कार्यालय ललितपुरमा छ । यस संस्थाको शाखा कार्यालयको रुपमा २०६६ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएर बाँके जिल्लामा मानव बेचबिखन बिरुद्धका कार्यहरु गर्दै आईरहेको छ । विशेष गरेर मानव बेचबेखिन तथा लैङिक हिंसा अन्त्यको लागि सिमा नाकामा सिमा निगरानी गर्ने मानव किन्ने र बेच्ने उद्धेश्यले सिमा नाका देखी भारत जाने दिदी बहिनिहरुलाई निगरानी गर्दै उनीहरुलाई सोधपुछ गर्नुका साथै परामर्श प्रदान गर्दै आएको छ । कुनै प्रकारले प्रलोभनमा पारी, झुक्याई, जालसाझी गरी, कोहि भागेर वा ललाई फकाई गरेर सिमानाकाबाट भारत जान लागेमा उनीहरुलाई रोकेर राख्ने र परिवारको जिम्मा लगाउने काम आफन्त नेपालले गर्दै आएको छ । मानव बेच बिखन, घरेलु हिंसा जबरजस्ती करणीको मुद्धा चलाउनु पर्ने अबस्थामा उनीहरुको लागि पैरबी गर्ने देखी बोर्डरमा चेकजाँच गदै गर्दा बिचल्लीमा परेका दिदी बहिनीहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार मुलक बनाउन आफन्त नेपालले चितवनमा सञ्चालन गरेको सेफ हाउसमा पठाएर सहयोग गर्ने काम गर्दछ । सिमा नाका बाट उद्धार गरिएका बिद्यालय पढ्न चाहने दिदिबहिनीहरुलाई सस्थाकै आर्थिक सहयोगमा कक्षा १२ सम्म निशुल्क पठनपाठनको लागि ब्यवस्था गर्दै आएका छौं भने समुदाय स्तर र बिभिन्न बिद्यालयमा किशोर किशोरीहरको लागि समुह गठन गरेर मानव बेचबिखनका बिरुद्ध जनचेतनामुलक तालिमहरु दिदै आएका छा महिला समूह गठन गरेर सचेतन मुलक कार्यक्रमका साथै उनीहरुलाई तालिम दिने गर्दछौं ।

यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
Our daughter international सँगको सहकार्य का साथै नेपाल प्रहरी, जिल्ला प्रसासन कार्यालय, स्थानीय सरकार लगायतसँग सहकार्य रहेको छ ।

यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– कुनै पनि उद्धेश्यले मानिस बेच्ने वा किन्ने, कुनै पनि फाईदा लिई बेश्याबृतिमा लगाउने, प्रचलित कानुन बमोजिम बाहेक मानिसको अंग झिक्ने जस्ता कार्यहरुको अलवा विशेष गरि नेपाल देखि भारत जाने बालबालिकाका साथै किशोरी समुहका १५ देखी ३० बर्ष सम्मका दिदी बहिनीहरुका लागि सिमा नाकामा काम गर्दै आईरहेका छौं ।

हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– आफन्त नेपालले सिमा नाकाबाट उद्दार गरेका दिदि बहिनीहरु संस्थाकै सचेतनामुलक तालिम तथा पैरबी गर्दा हाल आएर बिभिन्न संघ संस्थामा काम गर्दै आईरहेका छन् । सिमाबाटै उद्धार गरी बिद्यालयमा पठनपाठनको अवसर पाएका किशोरीहरु हाल आएर ल पढीरहेका छन्, कोही आफ्नै ब्यवसाय गर्दै आएका छन् ।

सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
चुनौतीमा बिभिन्न प्रलोभनमा परि होटेल ब्यवसायका मान्छेहरु र आफनो मान्छेहर मिलेर भारत लिने गर्दछन् जुन हामीले चेकजाँजको क्रममा खानतलासी गर्दा हामीहरुले उद्धार गर्दछौं पछि तिनै आफन्त र बिभिन्न दलालहरुले फोन गरेर धम्की समेत दिने गरेका छन् ।

आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– जुन काम गरिरहेका छौं त्यसैलाई निरन्तरता दिने र दुःखमा परेका दिदी बहिनीहरुको दु;खमा साथ दिएर उनीहरुको जीवन रुपान्तरण गर्न सहयोग गर्ने योजना रहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
– धन्यबाद छ असल शासन मिडियालाई जस्ले हाम्रो कामलाई मध्यनजर गरी संस्थाबाट भएका गतिबिधिहरुलाई समाजमा ल्यााउने काम गर्नु भएको छ ।

 

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech