सामाजिक सद्भावका शुत्रहरु

श्रबण कुमार पोख्रेल

सदभावको शहरको पहिचान बनाएको नेपालगंज , बांकेको बिद्यमान सदभावको जगलाई थप बलियो , गुणस्तरिय , दिगो र अनुभुतियोग्य तुल्याउन खास गरि नयाँ पुस्ताका युवा / धार्मिक युवा , किशोर किशोरी लक्षित गरि “सामाजिक सदभावका लागि अन्तर संवाद ” (नमस्कार शाहजीको सुझाव अनुसारको नाम) को अवधारणा यश अघि नै सुझाव/सल्लाहको लागि सार्वजनिक गरिसकेको थिए !

बहुजातिय , बहुभाषिक , बहुधार्मिक , बहुसांस्कृतिक समाजको बिशेषता बोकेको हाम्रो सामाजिक यथार्थताको जगलाई बलियो बनाउन संबिधानले समेत परिकल्पना गरेको शुत्रहरुको मर्म नयाँ पुस्ताको मस्तिष्कमा बिकास गर्न सकियो भने अगामी पुस्ताको सोंच, भनाई र गराईमा नै “सद्भाव”को फूल फुलाउन सकिन्छ !
शुत्रहरु :

– बिबिधता बिचको एकता : २०६८ कै जनगणनालाई आधार मान्ने हो भने पनि हाम्रो सानो देशमा समेत १२५ प्रकारका जात,जाती रहेका छ्न । १२३ प्रकारका जिवित भाषा बोलिन्छ ! १० भन्दा बढी प्रकारका धर्मावलम्बी छ्न , ३६५ दिन नै कुनै न कुनै संस्कृतिक पर्व , जात्रा महोत्सव हुने गर्दछ ! त्यसैले ” बिभाजन” होइन “एकता”मा मात्रै बिबिधताको कुशल ब्य्वस्थापन हुन्छ , बिबिधता नै हाम्रो पुजि हो भन्ने सोंच नयाँ पुस्ताको मस्तिष्कमा रोप्नु पर्दछ ।

– सामाजिक सांस्कृतिक ऐक्यबद्धता : समाज भित्र मनाईने सवै सामाजिक , सांस्कृतिक कार्य , चाड पर्व , परम्पराहरु हामी सवैको साझा हो भन्ने ऐक्यबद्वताको भावना , बिबिध सामाजिक सांस्कृतिक गतिविधि प्रती सम्मान र आदर गर्ने culture र स्वस्फूर्त सहभागितालाई प्रोत्साहित गर्ने प्रेरणा नयाँ युवा पुस्तामा भर्न ढिला गर्नु हुदैन !

– सहिष्णुता : समाजमा केही न केही बिभाजक प्रबृती रहन्छ नै ! त्यो प्रबृत्तिले जाती , धर्म , संस्कृतिको बिबिधतालाई शत्रुता , तिक्तता , द्वेस ,आक्रोश , घृणा , तिरस्कार , जस्ता अतिवादपुर्ण बिकृत सोंच बिकासको माध्यम बाट समाजलाई बिभाजन तर्फ धकेल्ने प्रयत्न गर्दछ नै ! अत: उच्च तहको सहिष्णुता (tolerance ) को बिकास मार्फत यस्को ब्यवस्थापन गर्न सकिने भएकोले सहिष्णुताको संस्कृती पनि युवा मनहरुमा जगाउनु पर्दछ । आक्रोश र उत्तेजनाको ओखती “सहिष्णुता/संयमता ” पनि हो भन्ने नयाँ पुस्ताका युवामा संचारित हुन जरुरी छ।

– सद्भाव : मुल कुरा यहि हो ! सबै जाती , संप्रदाय , भाषा , धर्म , संस्कृतिको अस्तित्वलाई मनै बाट स्विकार गर्ने , आदर सम्मान गर्ने र सवै प्रती असल भावको संचारित गर्न सक्ने सोंच सहितको युवा पुस्ता तयार गर्न अवको बिबिधतायुक्त समाजले ढिला गर्नु हुदैन !!

यिनै मुल अन्तरबस्तुलाई समेटेर नयाँ पुस्ताका युवाहरुको thinking, saying & doing मा “बिबिधता “हाम्रो समाजको यथार्थता हो, यस्लाई मनै देखि स्विकार गरेर “diversity is not problem, it is our capital” भन्ने तहको schooling गर्न सकियो भने सदभावको जग सांच्ची नै बलियो हुन सक्दछ ! यस्का लागि नयाँ पुस्ताका युवा/ किशोर किशोरी लक्षित “सामाजिक सद्भाव संवाद ” एक उपकरण हुनसक्दछ भन्ने बिस्वास लिएको छु।
अवधारणा, संचालन गर्ने, सहजिकरण गर्ने निकाय वा यस्को modality वारे थप बहस गर्न सकिन्छ नै ।

(बाँकेका प्रजिअ पोख्रेलद्वारा लिखित यो सामाग्री District Administration Banke को फेसबुक पेजबाट साभार गरिएको हो – सम्पादक)

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech