छोटो उमेरमा नै २१ औं पटक रक्तदान

अनुभव

आर्जु बम

मानव सेवानै सर्वोत्तम कार्य हो भन्ने बिचारबाट म प्रभावित छु । मानव सेवाको उत्कृष्ट कार्य रक्तदान हो । जसलाई जीवन दान पनि भनिन्छ । यसलाई मानव जीवनमा सबै भन्दा
ठुलो धर्मको रुपमा लिईन्छ । सानैबाट अरुलाई सहयोग गर्न तत्पर रहने मेरो बानी छ । मेरो यहि बानीलाई निरन्तरता दिदै सेवामा अग्रसर रहँदै आएको छु ।

जीवनको अन्तीम सास रहुन्जेल सहयोग गर्न सकिन्छ कि भन्ने सोचले म सानै उमेर बाट रक्तदान गर्न थाले । जस अनुरुप अहिले सम्म २१औँ पटक रक्तदान गरिसकेको छु । यसबाट मलाई गर्बको महसुस हुन्छ । मेरो रगतबाट कम्तीमा २१ जनाले नयाँ जीवन पाएका छन् भन्ने लाग्दछ ।

पहिलो पटक रक्तदान गर्दा सबै कुरा मलाई थाह थिएन । दिदिको कार्यालयमा आउने जाने क्रममा दिदिको अफिसबाट रक्तदान कार्यक्रमको आयोजना हुँदैछ भन्ने जानकारी पाएँ । कस्तो हुँदो रहेछ रक्तदान गरे पछि, किन दिने रहेछन् रगत भन्ने लाग्यो र रगत दिने उद्देश्यले म म रक्तदान गर्ने स्थानमा गएर आफू रगत दिन ईच्छुक भएको बताएँ । मेरो उमेर सोधियो मैले १८ वर्ष भनेपछि तौल चेकजाँच गरियो, म ४२ केजिको थिए । कम तौल भएको भनेर मलाई रगत नदिन भनेपनि मेरो आग्रह बमोजिम मेरो पहिलो पटक रगत तानियो, मलाई आनन्दको अनुभुती भयो । त्यस पछि रक्तदानका बारेमा अध्ययन गर्ने क्रममा हाम्रो १ युनिट रगतले कम्तीमा एक जनाको ज्यान बचाउन सकिने, यसले हाम्रो मुटुलाई पनि स्वस्थ बनाईराख्न सहयोग गर्ने कुरा थाह पाएँ । हाम्रो शरीरको हाड भित्र रहेको मासुले सेतो र रातो रक्त कोष
नियमित रुपले उत्पादन गर्छ । हरेक समय पुरानो रगत मरिरहेको हुन्छ । त्यो रगत खेर जान्छ । त्यो शरीरमा
भएर पनि काम नलाग्ने हुन्छ । त्यसैले रक्तदान गरेमा त्यसले कुनै पनि बेफाइदा गर्दैन । रक्तदान गरेको रगत तिन
महिना भित्र पुर्ण रुपले शरीरमा प्राकृतिक रुपले परिपुर्ति हुन्छ ।

समाजमा १०० पटक भन्दा बढि रक्तदान गर्ने व्यक्तिहरु पनि छन तर नेपालमा रक्तदान गर्न डराउने बढि छन् । नेपालको कुल जनसंख्यामा ०.८ प्रतिशतले मात्र
रक्तदान गर्दछन् ।
यसरी जब जब म रगत दान गर्दछु, आफुले आफुलाई अत्यधिक सन्तुष्ट भएको महसुस हुन्छ । मैले सानै उमेरमा २१ पटक रक्तदान गर्न पाउँदा हर्षित छु ।

तपाईंको रगतले कैयौँ गर्भवति आमाहरुको जीवनलाई नयाँ जीवन दिन सहयोग गर्दछ ।
जीवनको अन्तिम घडिमा पुगेर छटपटाएका व्यक्तिहरु तपाईंको रगतले बाच्न सक्छन् त्यसैले नियमित रक्तदान गरौं, पूण्य कमाऔं ।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech