भुकुम्प प्रभावितप्रति उत्तरदायि हुन जाजरकोटमा एकदिने कार्यशाला गोष्ठि

असल शासन प्रतिनिधि

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नंं. १ को रामिडाँडा केन्द्रविन्दु बनाई कार्तिक १७ गते गएको भुकम्पपबाट प्रभावितहरु प्रति उत्तरदायि गराउने उद्धेश्ले जाजरकोटमा एकदिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । युनिसेफ नेपालको आयोजनामा भेरी नगरपालिका वडा नं. ४ को खलंगामा सम्पन्न गोष्ठिमा बास नेपालबाट भुकुम्प प्रभावित समुदायमा काम गरिरहेका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक सुनिल राज शर्माको विशेष उपस्थितिमा सम्पन्न गोष्ठिमा युनिसेफका सामाजिक व्यवहार परिर्वतन परियोजनाका प्रमुख हम्बर्डो जेमी, राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रका डा. भक्त बहादुर के.सि. इस्वर रौनियार, कृष्ण प्रसाद पन्थि, लिला खनाल युनिसेफ नेपालका प्रकाश आचार्य र पुजा झाको उपस्थिती रहेको थियो ।

गोष्ठिमा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक सुनिल राज शर्माले सामाजि व्यवहार परिर्वतनका लागि समाज केन्द्रित तथा मानव केन्द्रित भएर काम गर्न आवश्यक रहेको र केवल समस्या मात्र पहिचान नगरी समाधान तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । समाज प्रतिको आफ्नो उत्तरदायित्व र समाजका मानिसको ज्ञान हाँसिल गर्दै सोही बमोजिम व्यवहार परिर्वतनका लागि काम गर्नु पर्नेमा जोड दिए ।
गोष्ठिमा युनेसेफका सामाजि व्यवहार परिवर्तन कार्यक्रमका प्रमुख हम्बर्डो जेमीले विषम परिस्थितिमा काम गरिरहेका स्वयंसवेकहरुलाई भित्रि हृदयबाट धन्यवाद दिँदै अहिले गरिएको काम भोली यही देशका सन्ततीको लागि हाम्रै सन्तानको लागि भएकोले यस्तो काम गर्न पाउनु गर्भको कुरा भएको बताए ।
गोष्ठिामा बोल्ने स्वयंसेवकहरुले भुकुम्प पश्चात गएको पहिरो तथा पानीका मुहानमा पुगेको क्षतीले पिउने पानीको समस्या रहेको, बालबालिकाहरुलाई मनोपरामर्शको आवश्यकता रहेको, खुल्ला दिशा पिसावको कारणले झाडापखाला र टाइफाईड फैलिन सक्ने सम्भावाना रहेको, जाडो बढ्दै गएकोल वितरण गरेको त्रिपालहरुले मात्र जाडो छल्न नसक्ने अवस्था भएको जस्ता विद्यमान समस्या राखेका थिए भने यस्ता समस्या आउन नदिन आफुहरुले जहाँ समस्या देखिन्छ त्यसको तत्काल समाधानका लागि पहल गर्ने गरेको बताए ।

स्वयंसेवकहरुले विभिन्न विद्यालयमा बालबालिकाहरुलाई मनोपरामर्श गरिरहको, पानी उमालेर पिउने बानीको विकास गर्न लगाई रहेको, अस्थाई शौचालय निमार्णमा सहयोग गरिरहेको, खोपबाट छुटेका बालबालिकालाई खोप लगाउने कार्य गरिरहेको बताए भने कुनै समुदायमा जाँदा समस्या मात्र पहिचान नगरी त्यसको समाधान समेत आफुहरुले खोज्ने गरेको बताए ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रका लिला खनालले यही पौष ५ गते देखि ९ गते सम्म पहिलो चरणको र १० गते देखि १४ गते सम्म दोस्रो चरणको दादुरा रुबेला खोप संचालन हुने भएकोले त्यसमा सम्पूर्ण स्वयंसेवक लाग्नु पर्नेमा जोड दिइन् । गोष्ठीको छलफलमा बोल्दै डा. भक्त बहादुर के.सि.ले जोखिम संचारको प्रभावकारीताको लागि एकरुपतासँग समान मापदण्डमा कार्य गरिनु पर्ने बताए ।

गोष्ठिमा युनिसेफका प्रकाश आचार्यले पानी शुद्धिकरण गर्ने विधि तथा अक्वा ट्वाबको प्रयोग बारे जानकारी गराउनुका साथै रिका अनलाइन टुल्सको बारेमा प्रशिक्षण प्रदान गरेका थिए भने युनिसेफका शेरसिंह थारुले बालबालिकाहरु कुपोषित भए नभएको कसरी मापन गर्ने र कुपोषणबाट बचाउन के गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
गोष्ठिको सहजिकरण बास नेपालका अभिलेखकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech