६ प्रश्नमा दोलख बहादुर डाँगी

माधव कार्की

दोलख बहादुर डाँगी
उप–निर्देशक, नेपाल रेडक्रस सोसाईटी बाँके शाखा

१. तपाईको जीवनको आर्दश के हो ?
– मेरो जीवनको दर्शन सम्मान र बिश्वास हो । मेरो जीवनको आदर्श तथा प्रेरणाको श्रोत मेरो बुवा हुनुहुन्छ ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– म यहाँ सम्म आईपुग्न म आबद्ध संस्था रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्यूनाको जीवनीबाट धेरै प्रेरणा मिल्यो । युरोपको एक प्रतिष्ठित ब्यापारी र बैंकर भईकन पनि एउटा युद्धको प्रत्यक्षदर्शी हुँदै तत्कालिन अवस्थामा उहाँले युद्धबाट घाईतेहरुलाई स्थानीय समुदायको सहभागितामा गरेको सहयोग र त्यसबाट उहाँमा उत्पन्न विचार र सोही विचारबाट स्थापना भएको मानवतावादी विश्वब्यापी संस्थामा आबद्ध हुने प्रेरणा मिल्यो र जो ब्यक्ति पछि शान्तिको लागि पहिलो नोवेल पुरस्कार विजेता समेत हुनु भयो ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– ब्यक्तिगत रुपमा मैले समाजका लागि केहि गरेको जस्तो लाग्दैन तर सामाजिक क्षेत्रमा क्रियाशिल नेपालको अग्रणी संस्था नेपाल रेडक्रसमा आबद्ध रहेर संस्थाले मलाई दिएको जिम्मेवारी अनुसार सामाजिक क्षेत्रमा सानो तिनो योगदान गरिएकै जस्तो लाग्दछ । विपद् ब्यवस्थापनको क्षेत्रमा अहिले सरकार स्वंय र अन्य सामाजिक संघसंस्था धेरै क्रियाशिल रहेका छन, जुन समयमा म यो संस्थामा आबद्ध भए त्यसबेला विपद् ब्यवस्थापनको क्षेत्रमा रेडक्रसले मात्र सबै काम गर्नुपर्ने अवस्था थियो । त्यस समयमा बगौडा क्षेत्रमा जाँदा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो र प्राय हरेक वर्ष त्यस क्षेत्रमा हुने आगलागीका घटनाहरुमा राहत प्रतिकार्यका कामहरु गर्न जान्थ्यौ र प्रभावित समुदायको तत्कालिन आवश्यकता सम्बोधन गर्न संस्थाको क्षमता अनुसार सक्दो प्रयास गथ्र्यौ र अहिले पनि समुदाय उत्थान शिलता अभिबृद्धको लागि विभिन्न गतिबिधिहरुमा संलग्न भैरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– सन् २००५ मा पाकिस्तानमा गएको विनासकारी भूकम्पबाट प्रभावितहरुको सहायताको लागि म भूकम्पगएको दोश्रो हप्तामा त्यहाँ पुगेको थिए । हाम्रो टोली पाकिस्तानको अत्यन्त विकट उत्तरी क्षेत्रमा खटिएका थियौं । जाडोको मौसम त्यसैमा अत्यन्त गरिब समुदायको वस्तीमा कुनै पनि सरकारी राहत पुगीसकेको थिएन र भूकम्पबाट प्रभावितहरुको लागि पाकिस्तानी आर्मी बाहेक कुनैपनि संघ संस्था त्यहाँ उपस्थित थिएन । सेनाका अधिकारीहरुसँग समन्वय गरेर म आफ्नो वासस्थान फकिर्ने क्रममा हाम्रो गाडी रोकिएको स्थानमा एकजना सामाजिक ब्यक्तित्व सायद उहाँ राजनीतिज्ञ पनि हो, पर्खी बस्नु भएको रहेछ र उहाँले एउटा चिट्ठी थमाउनु भयो र भन्नु भयो यो वेलुकी पढ्नु होला र कृपया हाम्रो अनुरोधलाई स्वीकार गर्नुहोला र चिट्ठीको मुलभावना “रेडक्रस आपैmले राहत वितरण गरोस अरु मार्पmत नगरोस्” भन्ने थियो । यसको साथै पत्रमा उल्लेख गरिएका अन्य प्रभावित समुदायका प्रतिनिधिमुलक भावनाहरुले मलाई भावकु वनायो कि जुन म जीवनमा कहिल्यै पनि विर्सन सक्दिन र जीवन प्रयन्त अविस्मरणीय रही रहने छ ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– निर्णय प्रक्रियामा सरोकारवाला सबैको सहभागिता, कार्यान्वयनमा एकरुपता, सबै पक्षको जवाफदेहिता र पारदर्शीता सुनिश्चितभयो र सबैजनाअनुशासनअथवा स्वअधिनमा रहन सकियो भने सुशासित समाज विकास हुन्छ होला भन्ने मलाई लाग्दछ ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– म जवसम्म सामाजिक रुपमा जुनसुकै क्षेत्रमा पनि क्रियाशिल रहन्छु पूर्ण जवाफदेहिताका साथ प्रस्तुत हुने मेरो प्रयास छ ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech