मुक्त कम्लहरीहरुका लागि छात्रबृत्ति दिईयोस्

माधव कार्की

सुमिता थारु
अध्यक्ष, मुक्त कम्लहरी बिकास मंच, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६७ कार्तिक १७ जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भई काम गर्दै आएको मुक्त कम्लहरी बिकास मंञ्चले मुक्त कम्लहरीहरुको जिपिकोपार्जनको लागि सिपमुलक तथा आयमुलक तालिमहरु दिदै आएको छ । राप्तीसोनारी गाउँ पालिका ४ गौरी गाउँमा कार्यालय स्थापना गरेर मुक्त कम्लहरी बिकास मन्चले स्कूलमा अध्यनरत मुक्त कमलरीहरुको लागि छात्रावृतिको लागि सम्बन्धित निकायमा सम्वन्य गर्दैआएको छ । यसैगरी कम्लहरीहरुमा साना साना समस्या पर्दा साहुको अगाडी हात फैलाउन जान नपरोस् भन्ने उद्धेश्यले सहकारी दर्ता गरी त्यही मार्फत बचत गर्ने र सस्तो ब्याज दरमा आश्यक परेको बेला ऋण लिई जीवन यापनमा सहज बनाउँदै आईरहेका छौं भने सबैलाई सहज र सरल होस् भनेर कमलरी बिकास मञ्च संस्थामार्फत घुम्तीकोष संचालन गरिएको छ ।

२. यहाँहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– मुक्त कम्लहरी बिकास मन्चको स्थानिय पालिकारुसँग मात्र सहकार्य रहेको छ

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– मुक्त कम्लहरी तथा तिनका परिवारहरुको लागि काम गर्दै आईरहेका छौं ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– विगत १० वर्ष देखि हामी ले कमलरीहरुको अभिभावकहरुलाई आर्थिक अवस्था सुधार गर्नका लागि बैदेसिक रोजगारमा पठाउने काम भयो । नेपाल युथ फाउन्डेशन नेपालको सहयोगमा प्राविधिक शिक्षा पढ्नमा सहयोग भएपछि हाल धेरै कमलरीहरु स्वरोजगार बनेका छन ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– कम्लहरी शब्दलेनै हामीलाई सरकारी कार्यलयमा होस या अन्य कुनै ठाउँमा जादा म मुक्त कमलरीको प्रतिनिधि हो भन्ने गर्नाले निकै हतोत्साहित बनाउँछ । नेपाल सरकारले कमलरी मुक्त घोषणा गरिसकेपछि उद्वार गर्ने संस्था पनि ब्याक भए । त्यस पछि कमलरीहरु आफ्नो हकको लागि आफै अगाडी सर्नु पर्दा आर्थिक को अभाव एक तिर छ भने अगुवाई गर्नको लागि जनशक्ति को अभाव अर्कोतिर देखिएछि । उनीहरु घर न घाटको अवस्थामा भएका छन् । कोही पढ्न इच्छुक साथी +२ पास भए पनि बाध्य भएर पढाइ छोड्नु परेको छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– अब को योजना हाम्रो सबैभन्दा पहिले त कम्लहरीको परिचय पत्र न पाएको साथीहरूलाई परिचयपत्रको लागि सम्बन्धित कार्यालयमा समन्वय गर्ने र मुक्त कमलरीहरुको पुनःस्थापनाको लागि सरकारले सम्झौता गरे बमोजिमको कार्य कार्यन्वयनको लागि पहल गर्ने कामका साथै कमलह्रीको शिक्षा , स्वास्थ्यको लागि सम्बन्धित निकायमा पहल गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– मुक्त कम्लहरीहरु पनि यही देशको नागरिक भएकोले उनीहरु पनि आमनागरिक सरह जिउन पाउने मौलिक हक भएको हुनाले उहाँहरुको जीवन यापनको लागि नेपाल सरकारले उनीहरुहरुको क्षमता अनुसारको सीप र ब्याबसाय संचालनको लागि पुँजि उपलब्ध गराई दिए राम्रो हुने थियो । पढेका मुक्त कम्लहरीहरुको रोजगारीको हकमा उनीहरुको लागि छुट्टै कोटा ब्यवस्था गरिनुपर्ने र पढिरहेका कमलरीहरुको लागि समयमै छात्रा वृति स्नातक सम्मको लागि छात्रवृत्ति ब्यवस्था गरिदिए राम्रो हुने थियो ।

 

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech