योजना तर्जुमा प्रक्रियामा समावेशीता बिषयक अन्तरक्रिया कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगञ्ज /एकाउन्टबिलिटी ल्याव र बास नेपालको सयुक्त आयोजनामा योजना तर्जुमा प्रक्रियामा समावेशीता बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

बुधवार भृकुटीनगर स्थित सुशासन हलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला ब्यक्तिहरु नेपालगञ्ज उपमहानगरपालिकका योजना अधिकृत देखी लिएर बिभिन्न वडाका जनप्रतिनिधिहरुको सहभागीता रहेका थियो भने कार्यक्रममा बिभिन्न समुदाय तथा बाल क्लव र युवा क्लवका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र राना, ववडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर १४ अध्यक्ष मजहर अलि साई, वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष मिना नेपाली, वडा नम्बर २ का कार्यबाहक अधयक्ष गिता देबी राना, वडा नम्बर १४ का वडा सदस्य सन्तोष कुमार मिश्रा र गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाह र गैर सरकारी संस्था महासंघ बाँकेकी कोषाध्यक्ष निर्मला सुनार सरोकारवाला ब्यक्ति रहेकाउक्त अन्र्तक्रिया कार्यक्रममा लामो समय देखी स्थानिय पालिकाहरुको लैङिक समानता तथा समाबेशिताका बिषयमा जेसि अडिट तथा सामाजिक परिक्षण गर्दै आएका बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले आफ्ना भनाई राखेका थिए । साथै भण्डारीले जेसि अडिट गर्दा विभिन्न जात जाती अपाङ तथा समुदायका सबै प्रकारका मानिसहरु सङ बसेर उनिहरुका समस्याहरु पहिचान गरेर स्थानिय सरकार सँग सहजीकरण गरिने बताए ।

अन्र्तक्रिया कार्यक्रमलाई बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले खुल्ला छलफलमा सहजिकरण गरेका थिए भने कार्यक्रममा सहभागीहरुबाट सहभागीको तर्फ बाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की सुनिता चिडिमारले आफ्नो वडामा १३ वडा टोल बिकास समितीहरु रहेको र टोल बिकास समितीबाट छलफल गरेर नै समाबेशिता लाई मध्यनजर गरेर योजना बनाउने गरेको बताईन् । त्यस्तै वडा नम्बर १२ कै रामु चिडिमारले आफ्नो वडा तथा टोलबासीहरुको छलफल बाट नै आफ्नो गाउँमा मन्दिर बनाउने योजना बनाएको सोही अनुरुप पालिकाले योजना दिएको बताए । सहभागीहरुकै तर्फबाट कोहलपुर युवा क्लवका रमेस ओडले पालिका तथा ववडाले समुदाय स्तरमा बाल क्लव र युवा क्लवहरु गठन गर्ने तर उनीहरलाई केही काम नदिदा उनीहररु भुमिका बिहिन भएको बताए । साथै उनले बाल क्लव युवा क्लव गठन गर्दा कसरी गर्नु भएको छ ? उनिहरुको वृद्धि बिकास गर्न के योजना रहेको छ ?भन्ने बारेमा सरोकारवाला लाई प्रश्ण राखेका थिए ।
कार्यक्रममा बोल्दै अर्की सहभागीले फातिमा फाउन्डेसन बाट आफुहरु वडामा गएर विभिन्न जात जाती अपाङ तथा मुस्लिमहरुको लागि केही बजेट छ कि भनेर गएर सोध्दा जनप्रतिनिधिहरु आफुलाई केही थाहा नभएको अनभिज्ञता ब्यक्त गर्ने गरेको कुरा राखिन् ।

सरोकारवाला ब्यक्ति र सहभागीहरु बिच छलफल चलेको उक्त कार्यक्रममा सरोकारवाला ब्यक्तिहरुको तर्फबाट नेपालगञ्ज उपहानगरपालिका योजना अधिकृत तेजेन्द्र रानालेले राष्ट्रिय योजना आयोगबाट दिग्दर्शन २०७८ प्रकासन गरेको हुन्छ सोही अनुसार काम हुँदै आएको बताए । त्यस्तै वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले आफ्नो वडामा १९ वटा टोल बिकास समिती, ७ वटा आमा समुहका साथै जेष्ठ नागरिक समिति र बाल क्लव,युवा क्लब र महिला बेच बिखन विरुद्धका कार्यक्रम गर्न छुटै समिति बनाएर काम गरिरहेको बताए । साथै युवा क्लव र बाल क्ल्व लाई विभिन्न जनचेतना मुलक काम को लागि सहकार्य गर्दै आईरहेको पनि बताए ।

वडा नम्बर १४ का वडा सदस्य सन्तोष कुमार मिश्राले आफ्नो वडामा टोल बिकास समिति लगायत बिभिन्न समितीहरु गठन गरेर सोही अनुसार नै छलफल गरेर योजनातर्जुमा गर्दै आएको बताए । वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष मिना नेपालीले आफ्नो वडामा ४ ओटा टोल बिकास समिती गठन भएको र कुनै पनि काम गर्दा टोल बिकास समिती हरुबाटै काम गर्ने गर्दछौ । बजेट आउदा सबै टोलबासी लाई एकै ठाउमा भेला गरेर काम गर्ने गरेको बताईन् ।

त्यस्तै सरोकारवाला ब्यक्तिबाटै गैसस महाँसंबाँकेकी कोषाध्यक्ष निर्मला सुनारले आफ्नो संस्थाबाट पनि समुदाय स्तरमा गएर योजना तर्जुमा बैठमा मा सहभागी हुन्छ या हुदैन भन्ने वारेमा जानकारी तथा पैरबी गर्दै आएको बताईन् ।
५४ जना सहभागी रहेका उक्त अन्र्तक्रिया कार्यक्रम करिब ३ घण्टा चलेको थियो भने उक्त अन्र्तक्रिया कार्यक्रममा एकान्टबिलिटि ल्यावकी मिना घर्तिमगरले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रम एकाउन्टबिलिटीकी सरिता बिश्वकर्माले सञ्चालन गरेकी थिईन् ।

  • १७ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech